2026-08-15 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामी मर्दैनौ, ढुक्क हुनुस् !’

मेघराज सापकोटा (यूएई) । कोरोना भाईरस (कोभिड-१९) का कारण हाल विश्वमा महामारी फैलिएको छ । झण्डै १५ लाख मनिसहरु यसबाट संक्रमित भएका छन् भने ८३ हजार भन्दा बढीको मृत्‍यु भएको तथ्यांक छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको यो महामारी रोगले अहिले विश्वका अधिकाँश मुलुकहरुलाई चपेटामा पारेको छ ।

नेपाल सहित सबै देशहरुमा यसको आतंक फैलिएको छ । नेपालमा अन्य देशको तुलानामा निकै नै कम संक्रमण देखिएको छ । संख्यात्मक रुपमा ९ जना संक्रमित हुनु भनेको अन्य देशको तुलनामा निकै नै कम हो । यस अर्थमा नेपाल अहिलेसम्म भाग्यमानी नै छ ।

नेपाल बाहिर पनि ५० लाख भन्दा बढी नेपालीहरु बसोबास गर्छन् । खाडी मुलुक र मलेसियामा मात्र २० लाख नेपालीहरु बैदेशिक रोजगारीमा छन् । यी मुलुकहरुमा अन्य देशका भन्दा न्यून आय आर्जन गर्ने र ३डी काम गर्ने (डर्टी, ड्यान्जरस र डिफिकल्ट) काम गर्ने गर्दछन् । यूरोप र अमेरिकामा बसोबास गर्ने नेपालीहरु उतैको नागरिकता लिने भएकोले पनि उनिहरुलाई घरको त्यति धेरै चिन्ता देखिन्न जति बैदेशिक रोजगारीमा गएका यी मुलुकहरुमा बस्ने नेपालीहरुलाई छ । उनीहरु चिन्तित छन् । यसको अलवा अध्ययनको लागि अस्ट्रेलिया सहित विश्वका अन्य मुलुकमा गएका विद्यार्थीहरु बढी समस्यामा परेको पाईन्छ ।

यो महामारीले जति मान्छेहरु मरिरहेका छन् त्यो भन्दा बढी मानसिक तनाव भोगिरहेका छन । जनचेतनाको कमी र सामाजिक संजालमा फैलिरहेका फेक भिडियोहरुले मनिसहरुलाई चिन्तित बनाएको छ ।

म बिगत १३ बर्ष देखी यूएईमा कार्यरत छु । यूएईमा नेपाली दुतावासको तथ्यांक अनुसार २ लाख नेपालीहरु रहेका छन् । यूएईको दुवई शहर गत ५ तारिक देखि लकडाउनको अवस्थामा छ । सबै भन्दा बढी नेपालीहरु बसोबास गर्ने शहर पनि यही हो । यही माहामारीको कारण धेरै नेपालीहरु अहिले आँसिक बेरोजगार बन्नु परेको छ । केही बेतलबी बिदा र केही वार्षिक बिदामा छन । कम्पनीहरु बन्द भएका कारण र खुलेका पनि व्यापार मन्दी भएको कारणले कामदारहरुलाई तलब खुवाउने अवस्थामा छैनन् । २०० भन्दा बढी नेपालीका व्यवसाय पनि जोखिममा परेका छन् ।

यही कारणले धेरै नेपालीहरुलाई मानसिक तनाव र असर परेको अनुभब गरेको छु । धेरै नेपालीहरु सामान्य रुघाखोकी लाग्दा पनि धेरै तनाब लिने गर्छन् । अझ नेपाल जान नपाएर झन धेरै दु:खी बनेका छन् । 

मलाई यो केही दिनहरुको अन्तरालमा ८-१० जना साथीहरुले फोन गर्नुभो । फोन त धेरैले गर्नु भो ८-१० जना साथीहरुको समस्या चाँही एउटै किसिमको रहेछ । उहाँहरुलाई कोरोना भाईरस लागेर मर्छु कि भन्ने डर छ । त्यो डरले मानसिक तनाव बढेको छ । रातको समय निन्द्रा लाग्दैन । नेपाल जान मन लाग्छ । मरे पनि नेपालमै परिवारको साथमा मर्ने भन्नुहुन्छ। मानसिक समस्या देखिन थालेको अनुभव गर्नुभएको छ ।

एक जना साथीले चाँही भन्नुभो, कुदेर नेपाल जान मन छ । तर नेपालमा पनि मसिना छोराछोरीहरु छन् । बुढाबुढी आमाबाउ छन् । झन उहाँहरुलाई सार्ने हुँ कि ! डर छ । रात दिन मनमा यही कुरा खेल्छ । हिजो त झिपिक्क आँखा बन्द भएनन् । रात कसरी बित्यो पत्तो भएन ।

एक जना साथी हदै भएर डाक्टरको जानु भयो । खाली डिप्रेसन भयो मात्र भन्नुहुन्छ । निन्द्रा नलागेर नसुतेको कयौ रात भयो भन्नुहुन्छ ।

यो हुनुमा सामाजिक संजालमा अनावश्यक हल्लाहरु सुन्नुले ठुलो भूमिका खेलेको पाईयो । कोरोना भाईरसको बारेमा धेरै ज्ञान छैन तर यसले धेरै मान्छे मारेको तथ्य चाँही उहाँलाई थाहा छ । यसले पनि मनमा भय उत्पन्न गरेको छ ।

यो भाईरस लाग्दैमा मरिहालिदैन । धेरैले त थाहा नपाईनै भित्र भित्र ठीक भईसकेका हुन्छन् । जसको रोग प्रतिरोधात्मक क्षमता बढी छ उनिहरुलाई सामान्य असर मात्र पार्छ । भाईरस लागेर मर्नेको सँख्या ५ प्रतिशत भन्दा पनि कम छ । पहिले नै क्रोनिक डिजिज भएकाहरु जस्तो मुटुको समस्या, डाईबिटिज, म्रिगौला सम्बन्धी र अन्य रोगहरु भएकाहरु तथा बुढाबुढीहरु यसबाट बढी पीडित हुन्छन् । उनिहरुको मृत्‍यु हुने सम्भावना बढी हुन्छ । त्यसकारण उनिहरुले बढी सतर्कता अपनाउनु पर्छ ।

नत्र सामान्य अवस्थामा श्वस्थ र जवान मानिसहरु यसबाट यति धेरै आत्तिहाल्नु पर्दैन । श्वास्थ्यका नियमहरु पालाना गरौ । बेला बेलामा साबन पानीले हात धोऔ । सेनिटाइजर प्रयोग गरौ । एक आपसमा १-२ मिटरको दुरी राखेर मात्र कुराकानी गरौ । अति आवश्यक बाहेक घर बाहिर ननिस्कौ । निस्कँदा पनि मास्क र पन्जा प्रयोग गरौ ।

सबै भन्दा ठुलो कुरा त मनोबल हो । मनोबल उच्च राखौ । हामी मर्दैनौ ।

यति भने पछी उहाँहरुको आवाज थोरै परिवर्तन भयो । र भन्नु भयो, आज चाँही मज्जाले सुतिन्छ । बेला बेलामा फोन गर्दै गर्छु है । तपाईंलाई कल गरे पछी ढुक्क भयो ।

यो मेरो अनुभब हो । मान्छे डरले अनावश्यक तनाब लिईरहेका छन् ।

तपाई जती यात्रा गर्नु हुन्छ यो सर्ने चान्स उत्ति नै गुणा बढी हुन्छ । तसर्थ जहाँ हुनुहुन्छ त्यही बसौ । सधैं यस्तै अवस्था रहिरहन्छ भन्ने हैन, केही समय पछी सब ठीक हुन्छ । जहाँ जुन देशमा छौं केही समय त्यहीँ बसौं । अत्ति नै आवश्यक बाहेक अहिले नै नेपाल जाने कुरा नगरौं । तपाई हामी यहीँ स्वस्थ छौं ।

सामाजिक अभियन्ताहरुले पनि आम मज़दूरहरुको मनोबल उच्च बनाईराख्न सहयोग गरौं । अनावश्यक भिडियोहरु हेर्ने र शेयर गर्ने नगरौं । मान्छे अत्याउने अनावश्यक कुरा नगरौं ।

तपाई हामीले कोरोना भाईरस लागेर विदेशमा मर्नु पर्दैन । ढुक्क हुनुस् । भनेर सम्झाइदिने कि !  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त