By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: लोक सेवा सफलताको लागि तयारी रणनीति टिप्सहरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > लोक सेवा सफलताको लागि तयारी रणनीति टिप्सहरु
काठमाडौँ - KTMलेख

लोक सेवा सफलताको लागि तयारी रणनीति टिप्सहरु

साझासवाल
Last updated: April 22, 2020 11:07 am
साझासवाल
7 Min Read
Share

बैशाख १०, काठमाडौं । लोकसेवा आयोग तयारीका लागि सन्दर्भ सामग्रीको अध्ययन निकै महत्वपूर्ण मानिन्छ तर अध्ययन गर्ने कुरामा ख्याल गर्न सकिएन भने पढेको कुराले खास महत्व राख्न सक्दैन । लोकसेवाले विशेषगरी बढी प्रतिष्पर्धा हुने पदहरुको लागि प्रथम पत्रको परीक्षाको व्यवस्था गरेको छ। हजारौंको संख्यामा आवेदन पर्ने भएकोले पनि यस्ता परीक्षाबाट न्यून संख्यामा प्रतिश्प्रधि छनौट गरि लिखित परीक्षा संचालन हुने गरेको पाइन्छ ।  तर प्रारम्भिक चरणबाट नै बाहिरिनुपर्ने बाध्यता धेरै प्रतिश्प्रधिको लागि चुनौतिको रुपमा रहेको छ । 

सामान्य ज्ञान, आइक्यु र अंग्रेजीको अध्ययन मार्फत प्रथम पत्रमा राम्रो अंक ल्याई पास गर्नका लागि तयारी के के गर्न्रे ? विषयमा आजको अंकमा उप सचिवको आन्तरिक परीक्षा पहिलो प्रयासमै उत्तीर्ण भएका तथा सह सचिवको आन्तरिक परीक्षामा प्रथम स्थान हासिल गर्न सफल भएका दामोदर रेग्मीको अनुभव प्रस्तुत गर्न गईरहेका छौं । दामोदर रेग्मीका लोक सेवा उपयोगी संघीय शासन प्रणाली सुशासन र विकास तथा नेपालमा संघीययताका अवसर र चुनौतीहरु नामक दुइ पुस्तकहरु प्रकाशित भैसकेका छन् र विभिन्न अनलाइन तथा जर्नलहरुमा नियमित रुपमा लेखहरु प्रकाशित हुने गर्दछन् जसको उल्लेखनीय रुपमा लाइक र शेयर हुने गरेको छ।  प्रशासन र संघीयताका विषयका विश्लेषक तथा कुशल प्रशिक्षक एवं लेखक सह सचिव दामोदर रेग्मीको लोक सेवा सफलताको लागि तयारी रणनीति सम्बन्धी टिप्सहरु ।

लोकसेवा आयोगले लिने विभिन्न परीक्षाका लागि सन्दर्भ सामग्री कसरी पहिचान गर्ने ?

सन्दर्भ सामग्रीको छनौट गर्नुपूर्व कुन पदको परीक्षा दिदैछौ सो को पाठ्यक्रम के छ सो जानकारी हुनु पर्दछ । यसपछि सो पाठ्यक्रममा समावेश भएका सवै विषय रहेका जुनसुकै पुस्तकहरुलाई आफ्नो मूल पाठ्यसामग्री वनाउन सकिन्छ  । शुरुमा पढिने यी पुस्तकहरु छोटो छरितो र सरल भाषामा भएको भएमा विषय र अवधारणा बुझ्न सजिलो हुन्छ । शुरुको यो पढाइले हामीलाई पाठ्यक्रमको समग्र विषयसंग परिचित गराइदिन्छ । यसर्थ यो  चरण अति महत्वपूर्ण चरण हो ।यो पढाइले हामीलाई एक तहको क्षमता विकास गरिदिन्छ । तर यो चरणको पढाइले मात्र हामीमा निखारता आइ सकेको हुदैन र प्रतिस्पर्धाको लागि पूर्ण बनाएको हुदैन । यसर्थ अव आधिकारिक किताव जसमा पाठ्यक्रमका विषयहरुलाइ सैध्दान्तिक पक्ष अन्तरार्ष्ट्रिय र  राष्ट्रिय  परिवेशमा प्रयोगको अवस्था प्रवृत्ति अवसर र चुनौतीहरु लगायतका पक्षमा वर्णनात्मक प्रस्तुति रहेका पुस्तक पढ्नु पर्दछ । दोश्रो चरणको

यो पढाइले हामीमा आत्म विश्वास बढाइदिन्छ । यसपछि सफलता प्राप्तिको लागि अन्य प्रतिस्पर्धी भन्दा राम्रो र फरक बन्नु आवश्यक हुन्छ । यसको लागि सम्बन्धित संस्थाका वेवसाइट प्रतिवेदन जर्नल विभिन्न सर्च इन्जिनवाट नयां सामग्री खोज्ने चित्रमय प्रस्तुति खोज्ने गर्नु पर्दछ । तेश्रो तहको पढाइले हामीलाई अरु प्रतिस्पर्धी भन्दा भिन्न आकर्षक र सवल वनाइदिन्छ । पढाइमा यी तीन तहको श्रृंखलाबध्द संयोजनको आवश्यकता रहन्छ ।

बजारमा लोकसेवा परीक्षालाई लक्षित गरि विभिन्न लेखकद्वारा लेखिएका पुस्तक पाइन्छन् ति मध्ये सहि र उपयुक्त पुस्तक हो भनेर कसरी छनौट गर्ने ?

पुस्तक बजारमा लोकसेवा परीक्षालाई लक्षित गरेर लेखिएका थुप्रै पुस्तकहरु पाइन्छन्  । बजारका पुस्तकलाई कुन सही र उपयुक्त भनिहाल्न मिल्दैन किनकी एउटा पुस्तक निकाल्न लेखकले धेरै समय र परिश्रमको लगानी गरेको हुन्छ ।तथापि उचित सन्दर्भ सामग्री प्रयोग भएका सामयिक विषयको छनौट र परीक्षाको  प्रस्तुतिमा ध्यान दिएर लेखिएका लेखकहरुको पुस्तक छनौट गर्दा राम्रो हुन्छ । परीक्षाको समयलाई मात्र लक्ष्य बनाएर तथा नाफाको उद्येश्यवाट मात्र प्रेरित पुस्तकमा कम ध्यान दिदा राम्रो हुन्छ । पुस्तक यस्तो किनौ जो परीक्षाका अतिरिक्त अन्य समय र सन्दर्भमा समेत उपयोगी बनोस ।जसले परीक्षामा उत्तीर्ण गराउनुको साथै पछि पनि काम लागोस ।

लोकसेवा तयारीका लागि ट्युसन सेन्टरमा गएर अध्ययन गर्नु आवश्यक हुन्छ ?

ट्युसन सेन्टर अर्का तहका सहयोगी हुन् । ट्युसनको काम हाम्रो ज्ञान वा क्षमताको तहमा अभिवृध्दि गराउने हो । जसरी हामी स्कुल वा कलेजमा आफ्नो पढाइले नपुगेको अवस्थामा ट्युसनमा जाने गर्दछौ यहाँ पनि यस्तै हुने गर्दछ । ट्युसनमा जानु अघि कम्तीमा पहिलो एक चरणको पढाइ सकाएर जाँदा राम्रो हुन्छ अर्थात पाठ्यक्रमको विषयसंग केही हदसम्म परिचित भएपछि। यसको अतिरिक्त ट्युसनले हामीलाइ अन्य प्रतिस्पर्धीहरुको समूहमा रहेर आफ्नो र अन्य प्रतिस्पर्धी का क्षमता  वीच तुलना गर्न सक्ने बनाइदिन्छ ।यस कारणले पनि पाठ्यवस्तुको पूर्वज्ञान आवश्यक छ । यसले परीक्षामा सामेल हुनुपूर्व आफ्नो रणनीति निर्माणमा सहयोग गर्दछ  ।

सामान्य ज्ञान अध्ययन प्रभावकारी बनाउन के के गर्नुपर्छ ? 

सामान्य ज्ञानले स‌ंकलन अध्ययन र स्मरण यी तीन पक्षमा संयोजनको माग गर्दछ । कितावमा स‌ंकलन गरिएका विषयले मात्र सामान्य ज्ञानको पढाइ पुग्दैन । कितावमा भएका कुराको अतिरिक्त नयाँ कुरा आउनासाथ टिपोट गरिहाल्नु पर्दछ । टिपोटहरुलाइ दैनिक रुपमा अध्ययन गर्ने र कुन तरिका वाट स्मरण गर्न सकिन्छ आफू अनुकूल विधिको प्रयोग व्दारा स्मरण गर्नु आवश्यक हुन्छ ।

आइक्यु र अंग्रेजीको अध्ययन तथा प्रश्न समाधान गर्न के के कुरामा ध्यान दिनुपर्छ ?

आइक्यु व्यक्तिको बौध्दिकता र क्षमता मापनको अर्को महत्वपूर्ण विधि हो ।जसरी सामान्य ज्ञानले कुनै पनि विषयका सूक्ष्म विषय जाने नजानेको वारे मापन गर्न सकिन्छ त्यसै गरि आइक्यु ले यी सूक्ष्म विषयको सकारात्मक नकारात्मक अन्तरसम्बन्ध को ज्ञानको माग गर्दछ । आइक्यु र स्मरण शक्तिमा सकारात्मक सम्बन्ध रहेको हुन्छ । आइक्युले सूक्ष्म विषय र सूक्ष्म उत्तरहरु वीच पनि विश्लेषण खोज्दछ । सामान्य ज्ञान पढ्दा यो आयाम रहेर पढियो भने आइक्युको तयारीमा समेत सहयोग पुग्दछ । अर्को माध्यम भनेको आइक्युका पुस्तकहरु हुन् । अंग्रेजीमा व्याकरणको ज्ञान,  फ्रेज,  विषयवस्तुलाई जनाउन प्रयोग हुने विशेष शव्दावलीमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । 

परीक्षाको छोटो समयमा धेरै प्रश्नको सहि जवाफमा चिन्ह लगाउनुपर्छ, यस्तो बेला समय व्यवस्थापन कसरी गर्ने ?

यसमा समयको व्यवस्थापन तीन किसिमवाट गरिनु पर्दछ । पहिलो सवै उत्तरहरु तोकिएको समयमा सक्ने पूर्व योजना । दोश्रो एउटा प्रश्नको लागि विनियोजन हुने समयको उपयोग । तेश्रो जानेका प्रश्नको उत्तर  विनियोजित समय पूर्व दिइ वचत हुने समयलाइ नजानेको वा थप स्मरण गर्नु पर्ने प्रश्नमा वचत समयको उपयोग । 

प्राय : प्रथम चरणको परीक्षा १०० अंकको हुने गर्दछ, यसमा पास हुन ४० अनिवार्य ल्याउनुपर्छ तर ४० ल्याएर पास हुँदैमा प्रतिष्पर्धामा जान सकिन्छ र ? 

प्रथम चरणको परीक्षाको उत्तीर्णांक ४० हो प्रथम चरणाको लागि यो लक्ष्मणरेखा हो । यो चरणमा सफलताको लागि यो नम्बर आवश्यक र अपरिहार्य हो । तर तत्पश्चातका परीक्षामा यो उत्तीर्णांकको लक्ष्मणरेखा पार गर्नेहरुवीच माग गरिएको स‌ंख्या भित्र पर्ने उम्मेदवारहरु मात्र छनौटमा पर्दछन् । यस चरणमा दुइ वटा लक्ष्मण रेखा पार गर्नु पर्दछ पहिलो उत्तीर्णांकको लक्ष्मणरेखा र दोश्रो माग गरिएको स‌ंख्या भित्र पर्ने । यी दुवैको लागि माथि भनिएजस्तै गरि पुस्तकको छनौट र कम्तीमा ३ तहको पढाइको रणनीति लिनु आवश्यक हुन्छ ।यी सवै तयारीको अतिरक्त आफुमा आत्मविश्वास समेत बढाउदै जानु आवश्यक हुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article र्‍यापीड टेस्ट कीट: संक्रमण पुष्टि भएका व्यक्तिलाई पनि ‘नेगेटिभ’ देखायो !
Next Article नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMप्रवास

भारतको महाराष्ट्रमा स्वाइफ्फुबाट मर्नेको संख्या ३ सय नाघ्यो

57 years ago
काठमाडौँ - KTMराजनीति

माओवादी अध्यक्ष दाहालसँग गृहमन्त्रीको भेट

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

1 year ago
काठमाडौँ - KTMतनहुँ - TNHसमाज

जिपको ठक्करबाट एकको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?