2026-09-04 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक नेपाली युवाद्वारा भारतका प्रधानमन्त्रीलाई खुला पत्र

सम्माननीय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू,

भारत सरकार,

नयाँ दिल्ली, भारत,

नमस्कार !

मलाई आशा छ कि भरतीय प्रधानमन्त्रीज्यू, आफ्नो अति नै व्यस्त कार्यतालिकाको बावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ । 

नेपाल र भारत सरकार शताब्दियौंदेखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदै उक्त समयदेखि नै दुवै मुलुकका जनस्तरमा पनि आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध रहिआएको कुरा सर्बबिधीतनै छ ।

भारतीय प्रधानमन्त्रीज्यू, म यहाँलाई स्मरण गराउन चाहन्छु कि, नेपाल भ्रमणको बेला संसदमा सम्बोधन गर्दा नेपाली भाषाको प्रयोग गर्दै बोल्नु भएको थियो । उक्त समयमा नेपाल र भारत पहिलेदेखिकै भाई-भाईको सम्बन्ध रहिआएको तथा दुवै देशको जनस्तरमा पनि रोजगार र विहावारीका सम्बन्धहरु चलिआएको कुरा बताउनु भएको थियो । साथै उक्त भ्रमणको समय यहाँको बौधिकताको बयान गर्दै आम नेपाली जनता खुसि भइ यहाँको स्वागत र बिदाईमा कुनै कमि नगरेको कुरा आजको दिनमा पनि कोही नेपालीले विर्सेका छैनन् । 

भारतीय प्रधानमन्त्रीज्यू, नेपाललेनै आफ्ना हजारौ बहादुर जनतालाई भारतमा संकट नहोस् भनि भारतीय सेनामा भर्ति गर्न पठाई रहदाको अवस्थामा भारतद्वारानै आफ्नो भुमि अतिक्रमण भएको सुन्दा कस्तो हुन्छौं होला ? अझ, हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वनै भयाभित भइरहेको समयमा अचानक भारतीय रक्षामन्त्री श्री राजनाथ सिंहज्यू ले मे ८ का दिन भिडियो कन्फ्रेन्स मार्फत नेपाली भूमिको लिपुलेकबाट मानसरोवर जाने सडक उद्घाटन गर्नु भएको समाचार सुन्नासाथ म लगायत सम्पूर्ण नेपाली जनता अचम्मित भएका छौं । साथै हिजोको दिनमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेपाली जनतामाझ रहिआएको लोकप्रियतामा कमि हुदै भारतप्रति हेर्ने सकरात्मक दृष्टीकोण आम नेपाली जनमानसमा परिवर्तन हुदै गइरहेको कुरा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउन चाहन्छु ।

म एक सामान्य नेपाली नागरिकको हैसियतले उक्त नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले कब्जा जमाइरहेको साथै गुन्जी, नाविढांङ्ग र कालापानीमा स्थायी क्याम्प राखेर भारतीय सेना पनि बसिरहेको छ भन्ने कुरा बिभिन्न पत्र-प्रत्रिका तथा टेलिभिजनहरुले समाचार प्रशारण गरिरहेको सुनीरहदा आम नेपाली जनता यस्तो महामारीको बेलामा पनि सडकमा ओर्लेर देशको सार्वभौमसत्ता, स्वाभिमान र अस्मिताको रक्षा गर्नका निम्ति सम्पूर्ण नेपाली एक भई भारतको बिरोध गरिरहेको देख्दा भावुक भई भारतीय प्रधानमन्त्रीज्यूलाई यस पत्र लेखिरहेको छु।

त्यसैले अन्तमा म प्रधानमन्त्रीज्यूलाई हाम्रो नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित समेटी भारतले त्रुटिपूर्ण छापेको राजनीतिक नक्सा सच्याउनु हुन, हाम्रो नेपाली भुमि गुन्जी, नाविढांङ्ग र कालापानीबाट भारतीय सैनिक बल फिर्ता लैजानु हुन र भारतद्वारा नेपाली भूमिको अतिक्रमण गर्ने कार्य बन्द गराउनु हुन हार्दिक अनुरोध गर्दछु । साथै नेपाल र भारतको सम्बन्धलाई पुन: सुदृढ गर्दै दुई देश बीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आर्थिक र विकासका कार्यमा जोड दिदै विश्वकै समृद्ध देश बन्न उल्लेखनिय भूमिका निर्वाह गर्दिनुहुन भनि तपाइँ भारतीय प्रधानमन्त्रीज्यू सामु विशेष आग्रह गर्दछु।

तपाईंको शुभेच्छुक,

विनय तिमल्सिना

नेपाली युवा

ठेगाना: काठमाडौँ, नेपाल

मोवाइल: +९७७-९८५११७१०८६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ