2026-10-17 09:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार : कोरिया जान अन्तिम चरणमा पुगेका युवाहरुको लागि हवाई उडान कहिले हुन्छ ?

जेठ २६, काठमाडौँ | नमस्कार। नेपाली युवाको आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरिया इपिएस भाषा परीक्षा पास गरि रोजगारीको शिलशिलामा रोजगारदातासंग श्रम सम्झौता भएर अन्तिम चरण मा पुगेका हजारौं युवायुवति अन्योलमा परेका छन् । दक्षिण कोरिया जान इपिएस भाषा परीक्षा पास गर्नु पर्ने हुन्छ । जसको मान्य अबधी दुई बर्ष को रहेने गर्दछ । 

कोरियामा गएर काम गर्ने सपना बुनेका युवाहरुलाइ कोरिया पुगेर काम गर्न त्यति सहज परिस्थिति भने हुदैन इपिएस भाषा परिक्षा पास गरेर लामो समय को पर्खाइ पछि रोजगार दाता ले छनोट गरेको अबस्थामा मात्रा कोरिया जान पाउने नियम छ । 

नेपाल सरकार र कोरिया सरकार को जि टु जि सिस्टम भएपनी सबै कामदार छनोट देखि कोरिया पुग्ने बेला सम्म रोजगारदाताको हात मा भर पर्छ ।  तर उसलाई आवाश्यक परेको समयमा कामदार नपुग्दा श्रम सम्झौता क्यासिल गर्ने अधिकार रोजगार दातासग हुन्छ । र धेरै को क्यासिल भएर रोजगार गुमाइरहेका छन् । यस प्रती नेपाल सरकारले ध्यान नदिने हो भने हजारौं  युवायुवती को रोजगार गुम्ने निश्चित  छ । 

उच्च प्रतिस्पर्धा बाट भाषा परीक्षा पास गरि कोरियामा गएर रोजगार गर्ने युवायुवतीको सपना सुनिस्चित  गर्न नेपाल सरकार र कोरिया सरकार बीच  सम्झौता  हुनु जरुरी देखिन्छ। कोरिया जान भनि युवायुवती ले कोरियन भाषा पढ्ने गर्दछन् । कति साहुसंग  पैसा लिएर बिहान को समय मा झोला बोकि जाडो गर्मी नभनी दुख गरेर त्यत्रो प्रतिस्पर्धा को साथ मा पास गर्छन् । अनि कोरिया जान सपना बुन्छन् । 

रोजगारदाताले कहिले छनोट गर्ला ? भन्ने युवायुवतिको आकाङ्क्षा रहन्छ । कतिपए युवायुवतिहरु रोजगारदाता को छनोट मा नपरी त्यतिकै रोजगार गुमाइरहेका  छन् । उनीहरु को २ बर्षको अवधि सकिएको छ । यस्तो बेवारिसे तरिका बाट इपिएस प्रणाली रहेको अवस्थामा आवाश्यक अनुसार  पास गरेर कोरिया गएर रोजगार गर्ने वातावरण सर्जना नगरिदिने हो भने इपिएस प्रणाली  प्रती प्रश्न उठाउन सक्छन । यस सम्बन्धि नेपाल सरकार ले केही सोच्ने हो कि । 

अहिले उडानको अन्तिम चरण मा पुगेका लगभग  १५ सय अनि फेरि रोजगारदाताले श्रम सम्झौता पठाएर पनि लेबर क्याट्राक साइन देखि सिसिभिआइ भर्न बाकी १४ सयको हाराहारीमा रहेका युवायुवतीहरु को रोजगारी गुम्न नदिने गरि इपिएस शाखा ले काम गर्नु आवाश्यक छ । 

हामी ले कसैको रोजगार गुम्न दिदैनौ भनेर इपिएस ले भने पनि आवाश्यक परेको समय मा कामदार नपुग्दा रोजगारी गुमाउने कुरा छर्लङ्ग छ । केही समय अगाडि मन्त्रीपरिषदबाट दक्षिण कोरिया जाने युवायुवतीको लागि अनुमती दिएको थियो । पछि बिदामा आएकाहरुको लागि भनेर भने पनि त्यो चरण पनि खासै प्रभाकारी ढंगको देखिएन । 

अब नेपाल सरकार,  श्रम मन्त्रालय , वैदेशिक रोजगार विभाग, इपिएस कार्यलयको आपासी छलफलको आधारमा छलफल गरेर नपठाउने हो भने हजारौं युवाको रोजगार देखि देशमा आउने रेमिटेन्स पनि सम्म घट्ने देखिन्छ ।नेपाल सरकारले जापन, अमेरिका, हन्कङको लागि उडान भरिसकेको छ । साथमा नेपाल को एक मात्रा अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय एयरर्पोट  मा सामाजिक दुरि कायम  रहने गरि सुरक्षित नीति अबलंबन गरि सकेको छ । अब कोरिया जान अन्तिम चरण मा पुगेका युवाहरु लाई प्रक्रिया पुर्याएर नपठाउने हो भने हजारौ युवा अन्योलमा पर्ने निश्चित छ । जापान, हन्कङ  देशको लागि उडान भर्दा कोरिया जान तयार युवायुवतीलाई मुख दर्शन बनाउने हो भने युवायुवतीको रोजगारी गुम्ने सुनिस्चित छ । यसप्रति नेपाल सरकारले केही सोच्नु जरुरी छ ।

 बिमल भुसाल, पैयु गाउँपालिका, पर्वत 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु