2026-10-17 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस कारण नीजि कम्पनिलाई तेल ढुवानी गर्न दिनु हुँदैन

मिन बहादुर पण्डित | सरकारले आठ वटा निजी कम्पनीलाई पेट्रोलियम पदार्थ आयात र विक्री गर्नाका लागि प्रारम्भिक अनुमति दिएको छ । यो घोर आप्पत्तिको बिषय हो । नेपाल आयल नीगमले प्रति महिना ८४ करोड कमाइ रहेको छ । यो भनेको बर्षको लगभग १० अरब हुन् आउँछ । एक बर्षमै यत्रो ठुलो नाफा हुने देखे पछि व्यापारीले बैंक बाट लोन लियर भए पनि कारोबार गर्न चाहन्छन, यो अस्वभाविक पनि होइन । १ करोड घुस दिएरै भए पनि लाइसन लिनेछन् । किनकि बर्षमा ५० करोड देखि १ अरब नाफा हुने पक्का छ । बर्षमै यत्रो कमाइ हुने यो चान-चुने कुरा होइन । तेल माफियाहरुले लाइसन पाएभने प्रतिष्पर्धा गर्न नसकेर नाफा घट्दै-घट्दै गएर कुनै दिन आयल निगम टाठ पल्टने सक्छ । किनकि अनेक दाउपेच गरेर निजी कम्पनीहरुले आयल निगमलाई धरासाही बानाइदिने छन् ।

निजि कम्पनिलाई सिमेन्ट उद्योग खोल्ने लाइसन दिएर हिमाल सिमेन्ट बन्द भयो । यस्ता थुप्रै सरकारी उद्योगहरु व्यापारीको जाल झेलमा परेर बन्द भएका छन् । नाकाबन्दीका बेला बाहेक अरु बेला खासै ढुवानीमा समस्या छैन । यदी कुनै समस्याहरु छन् भने , १०/२० वटा ट्यांकर थप्न सकिन्छ, व्यवस्थापन सुधार्न सकिन्छ, मेनपावर थप्न सकिन्छ । किनकि महिनामै ८४ करोड नाफा कमाउनेलाई जाबो २० वटा ट्यांकर किन्न के गारो ?

दुइ-चार ठाउँमा तेल भण्डार गर्ने ठाउँ बनाउन के गाह्रो ? इच्छा सक्ति हुनु पर्यो । गर्छु भनेर काम सुरु गर्नपर्यो । हरेक राष्ट्रको देश बिकाश गर्ने आम्दामीका बिभिन्न श्रोतहरु हुन्छन् । जनतासँग 

लिएको कर र बैदेसिक सहयोगले मात्र सरकार चल्न सक्दैन । सरकारी कर्मचारी, आर्मी, प्रहरी, शिक्षकको तलब र स्वास्थमा राज्यको ठुलो खर्च हुन्छ । त्यसपछि बाटो-घाटो सिंचाई आदि बिकाश निर्माणका कुरा आउँछन । त्यसैले सरकारसंग धेरै भन्दा धेरै आम्दानीको श्रोतहरु भयो भने मात्र देश बिकाश गर्न सजिलो हुन्छ  । सरकारको मातहतमा रहने नेपाल एरलाइन्स, खानेपानी संस्थान, बिधुत प्राधिकरण , टेलिकम, आयल निगम आदि सरखारका ठुलो आम्दानीका स्रोतहरु हुन् । एद्धेपी गलत नीति र कम्जोर व्यवस्थापनका कारण कयौ सरकारी संस्थान घाटामा गएका छन् ।

यसैकारण फाइदामा रहेका संस्थान डुब्ने गरि किन अरुलाई लाइसन दिने ? यदि निजि कम्पनिले पनि भारतीय आयल निगमबाटै तेल किनेर बेच्ने हो भने जनतालाई मुल्यमा खासै सस्तो नपर्ला । यदि त्यसो हो भने सरकारी ढुकुटीमा जाने पैसा किन व्यापारीलाई मोटाउन दिने ? अहिले बर्षको १० अरब कमाइरहेको निगमले अर्को बर्ष ५ अर्ब पनि कमाउन सकेन भने त्यसको जिम्मेवार लाइसन दिनेहरु नै हुनेछन । नाकाबन्दि भएमा निजि कम्पनिले पनि कतैबाट तेल ल्याउन सक्दैनन् । त्यसैले निजी कम्पनिलाई दिएको लाइसेन खारेज गरेर व्यवस्थापन सुधार्न ध्यान दीइयोस । राष्ट्रको दिर्घकालिन हितमा राखेर नीति निर्माण गरियोस । 

देश गरिब बनाउने हो कि धनि बनाउने हो त्यो त नीति निर्माणले निर्धारण गर्छ । निजि कम्पनिलाइ लाइसन दिदैमा प्रगतिशील बिकाशको बाटो अबलम्बन हुँदैन । निजि कम्पनिले राज्यका अरु क्षेत्रमा लगानी गर्ने बाताबरण बनोस । निजी कम्पनिले २५ करोड लगानी गरि पेट्रोल ढुवानी गरेर बर्षको २५ करोड कमाउन चाहने अनि कसरी हुन्छ, देश बिकाश गर्ने बजेट जम्मा ?

आठ ओटा तेल ढुवानी कम्पनी मिलेर "नेपाल तेल ढुवानी संघ" गठन गर्ने छन् । अनि मिलेमतोमा पोलिसी बनाउने छन्, अनि आयल निगमले ८ ओटा कम्पनिसंग प्रतिषपर्धा गर्न सक्दैन र बिस्तारै धरासाही हुँदै जानेछ । पेट्रोल ढुवानीमा प्रतिष्पर्धा गरेर त्यति फरक पर्ने ठाउँ छैन । सुरुमा आफुलाई राम्रो देखाउन पेट्रोलको दर एक-दुई रुपया सस्तो गर्नेछन् । तर यसले देशलाई भने

ठूलो घाटा हुनेछ । के ठाउँ छ र प्रतिष्पर्धा गरेर सस्तो हुने ? प्रतिष्पर्धा भनेको आयल निगमको ट्यांकर र निजि ट्यांकर रक्शोलबाट काठमान्डौको चाडो पुग्ने भन्ने त होइन होला नि ।

यदि सरकारी संस्था राम्रोसंग चलाउने हो भने आयल निगम ऋणमुक्त भए झैँ देश नै ऋण मुक्त हुनेछ । त्यसैले व्यवस्थापन सुधार्ने कि निजि क्षेत्रलाई कारोबारको अनुमति दिने ? बिडम्बना आयल निगमको लाइसन मात्र होइन । पाएसम्म खुलामंच पनि ठेक्कामा लिने दाउमा छन्, ब्यापारीहरु । त्रिचन्द्र क्याम्पस सारेर व्यापारिक महल बनाउने, पुरानो बसपार्क सारेर भ्यु टावर बनाउने, सेन्टर जेल नुवाकोट सारेर व्यापारिक महल बनाउने आदि माफिया षड्यन्त्र भएकै हो । धरहरा ठेक्कामा दिएकै हो । अर्थ मन्त्रालय सारेर चाइना टाउन बनाएकै हो । यो सब कमिसनको चक्करमा भएको हो । यतातिर कसको ध्यान जाला ? यसरि बिना सोच बिचार लाइसन दिने हो भने राष्ट्रलाई त अरवौं घाटा हुनेछ । अनि नेपाल आयल निगमको नाम फेरेर नेपाल घायल निगम राख्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु