By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    2 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    3 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोरोना संक्रमणमा आशाका चहकिला किरणहरु देखिएका छन् : डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोरोना संक्रमणमा आशाका चहकिला किरणहरु देखिएका छन् : डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
काठमाडौँ - KTMलेख

कोरोना संक्रमणमा आशाका चहकिला किरणहरु देखिएका छन् : डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

साझासवाल
Last updated: June 22, 2020 7:16 am
साझासवाल
6 Min Read
Share

असार ८, काठमाडौं । हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना संक्रमणबाट संक्रमित भएका छन् | ती मध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन्, ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन् भने १ % मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर बिरामी छन् |

विश्वमा लगभग ४ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ | मृतकमध्ये अधिकांश ७० वर्षभन्दा बढी उमेरका संक्रमित जसलाई गम्भिर किसिमको दीर्घरोग छ, उनीहरुमध्ये लगभग २० % को मृत्यु भएको छ | तसर्थ कोरोना संक्रमण डरलाग्दो वा धेरै घातक रोग हैन भनेर बैज्ञानिक पुष्टि भएको छ |

कोरोना संक्रमणबारे यी तथ्यहरुले बताउँछन् कि हामी यो रोगमा सतर्क भए पुग्छ, धेरै डराउनु पर्दैन |

–  सबै संक्रमित व्यक्तिले कोरोना सार्न सक्दैनन् | लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले गरेको अनुसन्धान तथा बर्न युनिभर्सिटीको अध्ययन अनुसार १० – २० % संक्रमित व्यक्तिले मात्र संक्रमण सार्न सक्छन | जसलाई सुपर स्प्रेडर भनिन्छ |

– मास्क लगाएर हिंड्दा, संक्रमितसंग छोंटो कुरा गर्दा तथा मास्क लगाएर भीडलाई अत्यन्तै छिटो गतिले पार गर्दा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ |

– फलफुल, तरकारी, दुधको प्याकेट, खाधान्न आदिलाई सामान्य सफा गरेर प्रयोग गर्दा तथा साबुनपानीले हात धोएर प्रयोग गर्दा कोरोना संक्रमण सर्दैन |

– पानीबाट कोरोना संक्रमण सर्दैन |

– खुला ठाउँमा कोरोना संक्रमण सर्ने सम्भावना निकै कम हुन्छ | झ्यालढोका लगाएको तथा एसी प्रयोग हुने बन्दकोठामा कोरोना भाइरस केहि घण्टा रहन सक्छ |

– अध्ययनले देखाए अनुसार कोरोना भाइरस १-२ व्यक्तिको सम्पर्कले भन्दा भीडभाड वा बन्द कोठामा हुने भेलाले सर्ने सम्भावना धेरै हुन्छ |

– लक्षण नदेखिने कोरोना संक्रमित व्यक्तिबाट अन्य व्यक्तिलाई रोग सर्ने दर एकदम कम हुन्छ |

– एकपटक कोरोना संक्रमण भएको व्यक्तिमा सामान्यतया अर्कोपटक संक्रमण हुँदैन | संक्रमण भएपनि अरुलाई सार्न सक्दैन तथा स्वयंलाई पनि खतरा हुँदैन भनेर कोरिया तथा चीनमा भएका अध्ययनले पुष्टि गरेका छन् |

– कोरोना संक्रमण भएको व्यक्तिले संक्रमण भएको ११ दिनपछि अन्य व्यक्तिलाई सार्न सक्दैन भनेर सिंगापुरमा भएको अध्ययनले पुष्टि गरेको छ | यसमा केहि अपबाद हुनसक्छ |

– एकपटक संक्रमण भएर निको भएको व्यक्तिको शरीरमा कोरोना संक्रमणसंग लड्न सक्ने एन्टिबोडी तयार हुन्छ | त्यसपछि उक्त व्यक्ति मास्क नलगाइ आफ्नो काम गर्न, निर्धक्क भएर हिंडडुल गर्न सक्छ |

हामीले थाहा पाएर वा नपाएर एकपटक संक्रमण भएपछि हाम्रो शरीरले यो भाइरसलाई परास्त गर्ने एन्टिबोडी बनाउँछ | जसबाट यो भाइरसको पुन खतराबाट बच्न सकिन्छ | यो इम्युनिटी कति समय रहन्छ भन्ने बारे निर्क्यौल नभएपनि १-१० बर्ष रहन्छ भनेर बिभिन्न अध्ययनले जनाएका छन् |

फ्रान्सका सामान्य संक्रमित १६० डाक्टर तथा नर्समध्ये १५९ जनाले ४१ दिनपछि गरिएको परीक्षणमा एन्टिबोडी बिकास गरेको जनाइएको छ |

– कोरोना संक्रमित ९० %  व्यक्तिलाई सामान्य लक्षण देखिएर वा नदेखिएर पनि आफै निको हुन्छ | चीनको बुहानमा ४८५ जना कोरोना संक्रमितमाथि गरिएको अध्ययनले देखाएको छ कि संक्रमण भएको १० दिनभित्र रगतजांचमा निम्न यी ३ अवस्था देखिएमात्र गम्भिर हुनसक्छन् |

१. LDH ( Lactic dehydrogenase ) नामक enzyme बढेमा |

1. WBC अर्थात  lymphocytes को संख्या घटेमा |

3. High- sensitivity C-reactive Proteins, जसले स्वाश्प्रश्वासमा सुजनको लागि भूमिका खेल्छन |

यी ३ अवस्था देखिएमा संक्रमित गम्भीर हुनसक्छ, अन्यथा हुँदैन भनेर अनुसन्धानले देखाएको छ | यसबाट उपचार ब्यबस्थापनमा सजिलो हुन्छ र मृत्युदर कम हुन्छ |

– युनिभर्सिटी कलेज लन्डन ( UCL ) मा भएको अध्ययनले बताएको छ कि कोरोना भाइरसको म्युटेसन हुँदै जाँदा भाइरस कमजोर बन्दै गएको छ | नोबेल कोरोना भाइरसले उत्पादन गरेका २७३ म्युटेसन, जसमध्ये ४३ वटा सक्रिय छन | म्युटेसन भएका ३१ वटा प्रजातिको अध्ययन गर्दा ती भाइरस ओरिजिनलभन्दा कमजोर देखिएका छन् |

तसर्थ हामीले कमजोर भाइरसको सामना गर्नुपर्दा जोखिम कम हुन्छ |

– याले युनिभर्सिटीमा गरिएको अध्ययनले देखाएको छ कि फोहोरमा कोरोना भाइरस परीक्षण गर्दा ठूलो मात्रामा भाइरसको लोड देखिएमा त्यो सहरमा अर्को हप्ता संक्रमण ब्यापक हुनसक्छ | यसबाट आवश्यक रणनीति बनाउन सजिलो हुन्छ |

– अक्सफोर्ड सेन्टर अफ एभिडेन्स मेडिसिन ( CEBM ) का अनुसार कोरोना संक्रमणको बास्तबिक मृत्युदर बढीमा ०.५ – १ % मात्र छ | उनीहरुका अनुसार मृत्यु हुनेमा अन्य रोगबाट मृत्यु भएका तर उनीहरुमा कोभिड १९ पोजिटिभ देखिएका धेरै छन् | अर्थात कोभिड १९ बाट मात्र मृत्यु हुनेको संख्या बढीमा ०.१ % र घटीमा ०.२६ % मात्र छ |

– खोप आविष्कारको लागि लागिपरेका सयभन्दा बढी प्रयोगशालामध्ये चीन, अमेरिका, इटली, इजरायल, बेलायत लगायतका देशका केहि प्रयोगशाला मानवमा परीक्षण गर्ने चरणमा पुगेका छन् | खोप पत्ता लाग्नासाथ आवश्यक पर्ने एम्पुल लगायत सबै सामग्री ठूलो मात्रामा तयार गरिएको छ | खोप पत्ता लागेमा नाफारहित ढंगले वितरण गर्नको लागि धेरै ल्याब तथा च्यारिटी तयार भएर बसेका छन् |

– कोभिड १९ को उपचारमा इबोला, जापानिज इन्फ्लुएन्जादेखि स्टेरोइड ( डेक्सामेथासोन ) को प्रयोगले गम्भिर हुने तथा मृत्यु हुने बिरामीको संख्या घटिरहेको छ |

– परीक्षणको ठूलो दायरा, क्वारेन्टाइन, आइसोलेसन, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने, भीडमा नजाने लगायतका जनचेतनाको कारण कोरोना संक्रमण सर्ने, गम्भीर हुने तथा मृत्यु हुने दर घटिरहेको छ |

– जनता अनुशाशित भएका देश चीन, ताइवान, कोरिया, जापान, भियतनाम, कम्बोडिया, आयरल्याण्ड, आइसल्याण्ड, न्युजिल्यान्ड, सिंगापुर, अष्ट्रेलिया, भुटान आदि देशमा कोरोना संक्रमणको प्रभाव निकै कम छ | सरकार जिम्मेवार र जनता अनुशाशित हुने देशमा कोरोना संक्रमणको ब्यबस्थापन निकै सजिलो भएको छ |

– नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने आजको मितिमा संक्रमित ९०२६ जना पुग्दा मृतकको संख्या २३ छ | अर्थात मृत्युदर आजको मितिमा ०.२५ % छ |

Share This Article
Facebook Email Copy Link Print
Previous Article लकडाउनमै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाए
Next Article चन्द्रागिरि नगरपालिकाले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMनवलपुर - NWLसमाज

नवलपरासीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMमुख्य समाचार

नयाँबसपार्क बाहिरबाटै चल्छन् धादिङ, नुवाकोट र रसुवाका बस

1 year ago
काठमाडौँ - KTMसमाज

अमेरिकी नागरिकता त्यागेका लामिछानेले अब यसरी पाउँछन् नेपाली नागरिकता

57 years ago
काठमाडौँ - KTMविश्व

बलप्रयोग गरेर भए पनि ताइवान एकीकरण गरिछाड्छौँ : सी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?