2026-09-04 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागपञ्चमी र यसको महत्त्व

साउन १०, काठमाडौं । श्रावण शुक्ल पञ्चमीको दिनलाई नागपञ्चमी भनिन्छ ।नागको पूजा आरधना हुने यो  बर्षदिनभरिको उत्तम दिन हो।पञ्चमी तिथिका स्वामी नाग भएकाले पनि पञ्चमीका दिन नागको विशेष पूजागर्नुपर्दछ।

।प्रत्येक घरमा नागको चित्र बनाएर वा बजारबाट ल्याएको चित्रलाई प्राणप्रतिष्ठा गरि गोबर लगाएर घरको मुलढोकाको माथि गुरु पुरोहित , ज्वाइँ वा भान्जको हातबाट वैदिक मन्त्र उच्चारण सहित टास्न लगाउनु पर्दछ । टासीसकेपछि चन्दन, अक्षता,

 दुबो,दही,फुल,आदि वस्तुले नाग देवताको पूजा गर्नुपर्दछ।नागको पूजा गर्ने विधान हेमाद्रिले यसरी बताएका छन्-

श्रावणे मासि पञ्चम्यां शुक्लपक्षे नराधिप ।द्ववास्योभयतो लेख्या गोमयेन बिषेल्बणाः।पूज्येद्विधिवद्वीर दधिदूर्वाङकुरैः कुशैः।गन्धपुष्पोपहारैश्च

 ब्राह्मणानां च तर्पणैः।ये तष्यां पूजयन्तीह नागान् भक्तिपुरः सराः।न तेषां सर्पतो वीर भयं भवति कुत्रचित्।।(निर्णयसिन्धु)

अर्थात् श्रावण मासको शुक्लपक्षको पञ्चमीकादिन  ढ‍ोकाको माथि दुवैतिर गाइको गोवरले नागको आकृति लेख्नु वा बनाउनू।यसपछि दही, दुवो ,कुश चन्दन, फूल आदिले पूजा गर्नुपर्दछ।र ब्राह्मणलाई पनि खुसी  बनाउनु पर्दछ। जसले नागको भक्तिपूर्वक  पूजा गर्छ/गराउछ उसको घरमा सर्पको भय कहिल्यै हुँदैन।

श्रीमद्भागवतका अनुसार रसातलमुनि पातालमा नागलोक रहेको छ जहाँका राजा नागराज वासुकी हुन्।यसैगरी शङ्ख,कुलिक,महाशङ्ख,श्वेत,धनञ्जय,धृतराष्ट्र,शङ्खचूड,कम्बल,अश्वतर,सैदत्त आदि प्रमुख नाग रहेका छन्।ती नागको फणामाथी रहेको चम्किलो मणिले पाताल लोकको अन्धकारलाई नष्ट गरेका छन्।(श्रीमद्भागवत ५/२४/३१)

कश्यपपत्नी कद्रुका गर्भवाट आठ नागको जन्म भएको पैराणिक कथा पनि पाइन्छ।अष्टनागमा अनन्त,वासुकी,पद्म,महापद्म,तक्षक,कुलिर,कर्कट र शङ्ख पर्दछन्।

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः।

कुलीरः कर्कटःशण्खश्चाष्टौ नागाः प्रकीर्तिताः।।(नागस्तोत्रम् श्लोक ३)

कसैले नागका पाचकुल पनि बताएका छन्।अनन्त, वासुकी, तक्षक,कर्कोटक र पिङगल।अग्नि पुराणमा ८० प्रकारका नागकुल बताइएको छ।

लक्ष्मणजी र बलरामलाई  शेषनागको अवतार मानिन्छ बिष्णुकोशय्या पनि शेषनागको रहेको छ।भगवान शंकरको गलामा प्रिय अाभुषण पनि नागको रहेको छ,शिवलिङ्गमा पनि 

नाग रहेका हुन्छन् ।सनातन धार्म ग्रन्थ अनुसार पृथ्वीशेषनागको शिरमा बिराजमान रहेको छ।

सर्वप्राचीन जीव नागजाती हो भन्ने मान्यता पनि रहेको छ।संसारको प्राय सबै धर्ममा सर्पको उल्लेख भएको पाइन्छ।सम्पत्ति रक्षक पनि  नाग हुन्।चार पाँच हजार बर्ष पहिले नागहरु इच्छाधारी रुप ग्रहण गर्न सक्थे भन्ने मान्यता छ।

नागको संसार अपरम्पार र चमत्कारपूर्ण रहेको छ।

श्रावण महिनामा बढी खनजोत गर्नुपर्ने भएको हुदा यसरी खनजोत गर्दा नागलाई असर नपरोस् र नागजन्य भय नहोस् भन्नको लागि नागपूजा गरिन्छ।यश दिन नाग देवताको व्रत बस्ने चलन पनि छ।नागको सम्मान स्वरुप यसदिन खनजोत 

गरिँदैन।सर्पसुक्तको पाठले नागजन्य दोष निवारण र सर्पभय पनि रहदैन भन्ने फल बताइएको छ।यसौ गरि श्रीमद्भगवत गीतामा नागहरुमध्यमा म अनन्त हु भन्ने उपदेश गर्नुभएको छ-

अनन्तश्चास्मि नागानां-(गीता१०/२९)

विशाल र लामो शरीर भएका नाग वासुकी हुन्।जस्लाई समुन्द्र मन्थनको बेला नेती बनाइएको थियो।

नागको मुखले पनि हाम्रो धार्मिक कार्यमा विशेष प्रभाव पार्छ।त्यसैले नागको मुख कुन महिनामा कता पर्छ विचार गरौँ।मंसिर,पुस,र माघमा नागको मुख पुर्व पर्दछ।फागुन,चैत र बैशाखमा दक्षिण दिशामा ,जेठ,असार,श्रावण महिनामा पश्चिम र भदौ असोज र कार्तिकमा उत्तर दिशामा रहेको हुन्छ।मुखको विपरीत दिशामा पुच्छर हुन्छ।सम्खुख राहु वा नाग शुभकार्यमा वर्जित छ। 

 पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिन देखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचिन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाई दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको हो भन्ने मान्यता रहि आएको छ।

नाग देवता प्राणीमात्रको अक्सिजन हुनुहुन्छ।प्राणशक्ति हुनुहुन्छ।जीवनदायिनी शक्ति हुनुहुन्छ।त्यसैले उहाहरुको महत्त्व र महत्ताको सम्मान सबैले गर्नुपर्दछ।देवस्थानिय नागको सम्मान गर्ने पूजा गर्ने हाम्रो लामो परमपरालाई पूर्ण रुपमा पालन गरि आजको दिन र यो बर्षलाई नागदोष र नागभय मुक्त बनाउ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ