Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुशे औंशी र यसको महत्त्व

२०७७, ३ भाद्र बुधबार ०५:०४

भदौ ३, काठमाडौं । मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म -संस्कृति हो । 

सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ।अनि आफुले पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ । हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो विश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ । 

प्रत्येक क्षेण अनि पल बाबालाई  मन अनि मस्तिष्कमा राख्नुपर्छ र पहिलो पाइला चालदाखेरी थामन् प्रयोग भएका हात बिर्सिने त कुरौ हुदैन । तरपनि उहाँको सम्मानको लागि हामो हिन्दु संस्कृतिमा एउटा विशेष दिन छुट्याइएको छ जस्लाई बाबुको मुखहेर्ने दिन भनिन्छ।जुन भाद्रकृष्ण आमावास्यका दिन पर्दछ । जुनदिनलाई कुशे औंशी र गोकर्णेअऔंशी पनि भनिन्छ। यसदिनमा विशेष गरेर आफ्ना स्वर्गीय पितृको स्मरण गरी तर्पण पिण्डादि दान गर्ने यस शुभ दिनलाई पछि पिताको मुखहेर्ने दिनको रूपमा पनि मनाउन थालिएको पाइन्छ।औंशी तिथिका देवता पितर् हुनुहुन्छ।औंशी तिथिमा पितृलोकमा मध्यदिन भएको हुन्छ । यो पितृको भोजनको लागि उपयुक्त समय रहेकाले पितृको तर्पण  श्राद्धगर्ने शास्त्रीय विधान रहेको छ।औंशीका दिन गरिएको श्राद्धले पितृ तृप्त हुन्छन् र आशीर्वाद पनि प्रदान गर्दछन् ।

आजकौ दिनमा स्वर्गीय पितृहरु उत्तर गयामा आएका हुन्छन्  र पुत्रले दिएको पिण्ड पाउछन् भन्ने शास्त्रीय प्रमाण पाइन्छ। यदि हामीले पिताको वचन जीवनभर पालन गर्यौ र मृत्युभएपछि लोकलाजले नभई सच्चा मनले क्रियाक्रम गरिदियौ बर्षदिनमा गयाश्राद्ध गरिदियौ भनेमात्र सच्चा पितृसम्मान हुन्छ।

"जीवतो वाक्यकरणान्मृताहे भूरिभोजनात्।

गयायां पिण्डदानश्च त्रिभिःपुत्रस्य पुत्रता।"

।नत्र बर्षदिनमा एकपटक अनुहारपुस्तिका सजाएर केही पनि हुनेछैन।मनुस्मृति अनुसार 

गुरुभन्दा सयगुणा माथि पिताको स्थान दिइएको छ"आचार्याणां शतं  पिता.."।यसैगरी उपनिषद्ले पितालाई देवताको कोटिमा राखेका छन्।"पितृ देवो भव" (तैत्तिरियोपनिषद १/११) अर्थात्  पितृदेवता समान हुन्छन् ।

कुश देव र पितृकार्यको लागि प्रयोग हुनेगर्छ।जस्को प्रयोगले सम्पूर्ण कुरा पवित्र हुन्छन् भन्ने धार्मिक मत रहेको छ।कुशेऔंशीका दिन प्रातः सप्तमृतिका लेपन गरेर मेरो पाप हरण गर्नुहोस् भनेर स्नान गरि सकेर आाफ्नो जप नित्यपूजा गर्नुपर्दछ । त्यसपछि  कुशभएको ठाउँमा गई पवित्र ठाउँको कुश पूर्वउत्तर फर्कि विशेष मन्त्र उच्चारण पुर्वक हुँ फट् भन्दै उखेली घरमा भित्राएको कुश एक वर्ष सम्म प्रयोग गर्न सकिन्छ भन्ने धार्मिक मान्यता छ । जसको मन्न गर्नाले रक्षा हुन्छ त्यो नै मन्त्र हो।" मननात त्रायते यत तत् मन्त्रम"।कुश उखेल्दा भन्ने मन्त्र यसप्रकार रहेको छ।

"विरञ्चिना सहोत्पन्नः परमेष्ठिनिसर्गज।

नुद सर्वाणि पापानि दर्भ स्वस्तिकर‍ो भव।।

पूर्वं मन्त्रं समुच्चार्य ततः पूर्वोतरामुखः ।

हुँफट्कारेण मन्त्रेण सकृच्छित्वा समुद्धरेत्।।"

अर्थात् ब्रह्माका साथ जन्मिएर 

ब्रह्माबाटै पवित्रता पाएका हे कुश 

हाम्रो सम्पुर्ण पाप नाशगरी हाम्रो कल्याण गर।"

कुशमा साक्षात ईश्वरको वास रहेको हुन्छ।

"कुशाग्रे वसतो रुद्रः कुशमध्ये तु केशवः।

कुशमुले वसेद् ब्रह्मा कुशान् मे देहि मेदिनि।।"

हे पृथ्वी माता!अग्र भागमा शिव 

मध्य भागमा विष्णु र मुलभागमा ब्रह्मा निवास गर्ने कुश मलाई प्रदान गर्नुहोस भन्दै उखेल्नु पर्ने विधान पनि रहेको छ।

देवकार्यमा कुशका पवित्र,उपयवन,ब्रह्मा,कंकण,दण्ड आदि बनाएर धारण गरिन्छ भने पितृकार्यमा पवित्र ब्रह्मा मटक आदी बनाउने गरिन्छ।कुश नभएको स्थानमा दुवोको प्रयोग पनि गरिन्छ जुन विकल्प होद। नफुलेको कुशलाई संस्कृतमा दर्भ भनिन्छ । जरा सहितको भागलाई कुतप भनिन्छ । सात पात एकै नालमा भएको र तिल उम्रेको ठाउँमा उम्रेको कुश( दर्भ )लाई शुभ मानिन्छ।अब कुशको उत्पत्तिको बिषयमा बुझौं ।

हाम्रा धार्मिक ग्रन्थअनुसार पहिला हिरण्याक्ष नाम गरेको दैत्यले पृथ्वीलाई लिएर समुन्द्रमा गयो।

त्यसपछि देविदेवताको आग्रहलाई  मानेर भगवान श्रीहरीले वराह रुप लिनुभयो र समुन्द्रमा गई हिरण्याक्षको उद्धार गरि पृथ्वीलाई आफ्नो दार्ह्रामा राखेर ल्याउनुभयो।भगवान् कार्यसम्पन्न भएपछि उग्रभएर कामन थाल्नुभएको थियोे र उहाले कामदा झरेका  रौं वाट कुशको उत्पत्ति भएको भनिन्छ।यहीँ कुरोलाई प्रस्टाउदै भगवान नारायणले गरुडलाइ भन्नुभएको छ "दर्भा विभुतिर्मे तार्क्ष्य!मम रोमसमुद्भव।अतस्तत् स्पर्शनादेव स्वर्ग गच्छन्ति मानवाः।।

अर्थात् मेरो रौंवाट उत्पन्न भएको यो कुश मेरो विभुति हो।त्यसैले कुशको स्पर्श मात्रले पने मानिस स्वर्ग जान्छन्।स्कन्ध पुराण अनुसार पतिब्रता व्रिन्दाको श्रापले गर्दा विष्णु भगवान कुश हुनपरेको भन्ने प्रसन्ग पनि आउँछ । यस्तै कुशको महत्त्व र शास्त्र वचन पालनको धेरौ प्रसङ्ग शास्त्रमा आउँछन् जस्ले कुशको महत्त्व बुझाउछन्।

एउटा प्रसङ्ग छ महाभारतमा – कुनै बेला भीष्म पिताको श्राद्ध गर्ने क्रममा पिण्ड दिन लागेका थिए साक्षात् पिता शन्तनु अगाडि प्रकट भएर हात थापे तर भीष्मले शास्त्रमा पिता प्रकट भएमा पिताको हातमा पिण्ड दिनु नभनेको सदैव कुशमाथि पिण्ड दिनु भनेकाले कुशमाथि नै पिण्ड दिए प्रकट भएका पिताको हातमा दिएनन् । यो देखेर पिता अत्यन्त प्रसन्न भएर भने – शास्त्रको वचन पालन गरेर तिमिले यो अति नै उचित र फलदायी काम गरेउ्। मलाइ एसबाट परम तृप्ति मिल्यो। तिम्रो कीर्ति जताततै फैलियोस् र मनले चिताएको पुगोस् । श्रीरामले आफ्ना पिता दशरथको श्राद्ध गर्दा पनि एस्तै भएको कुरा  रामायणमा पनि आएको छ ।

मिति २०७७साल भाद्र ३ गते ८/९बजेसम्म औंशी तिथि रहेको छ । त्यस उप्रान्त प्रतिपदा तिथि आरम्भ  हुन्छ। आजको दिन नै बाबुको मुख हेर्ने कुश भित्र्याउने दिन हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ