2026-08-15 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पण्डित र ब्राह्मण भनेको के हो ? यसको महत्त्व के छ ?

असोज ६, काठमाडौं । सत् र असत छुट्याउन सक्ने क्षमता भएको व्यक्ति  पण्डित हो।`सदसद्विवेकिनी बुद्धिः पण्डा´ सा अस्यास्तीति पण्डितः भनेर पण्डित शब्दको व्युत्पति गरिएको छ ।त्यस्तै `पण्डितो बन्धमोक्षवित्´ बन्धन र मुक्तिको रहस्य बुझेको व्यक्तिलाई शास्त्रले पण्डित  भनेर परिभाषित गरेको छ।`पण्डिताः समदर्शिनः´भनेर पण्डितमा उच्चतम कोटिको चिन्तन रहने उल्लेख गरिएको छ ।      

नीतिशास्त्रले पण्डितलाई यसरी परिभाषित गरेको छ- `मातृवत् परदारेषु परद्रव्यषु लोष्टवत् ।आत्मवत् सर्वभूतेषु यः पश्यति स पण्डितः।।´ त्यसतै `शतेषु जायते शुरः सहस्रेषु च पण्डितः । (´व्यासस्मृति ४/५८,स्कन्दपुराण मा.कुमा.२/७०)अर्थात् सयौ मनुष्यमा कोई एक शुर जन्मिन्छ भने, हजारौंमा क‍‍ोई एक पण्डित जन्मिन्छ ।विश्वको आदिम ग्रन्थ ऋग्वेदको प्रथम मन्त्रमै `अग्निमिडे पुरोहितम्´ भनिएको छ।व्युत्पत्ति गर्ने हो भने पनि पुरो-(अग्रे,आदौ)हितं-(मङ्गल) यस्मात् स पुरोहितः भन्न सकिन्छ । यस्तै महाभारत अन्तर्गत विदुर नीतिमा पण्डितलाई यसरी परिभाषित गरिएको  छ ।

आत्मज्ञानं समारम्भस्तितिक्षा धर्मनित्यता।

यमर्थान्नापकर्षन्ति स वै पण्डित उच्यते।।(१/२०)

 यस्य कृत्यं न विघ्नन्ति शीतमुष्णं भयं रतिः।

समृद्धिरसमृद्धिर्वा स वै पण्डित उच्यते।।(१/२४)

नाप्राप्यमभिवाञ्छन्ति नष्टं नेच्छन्ति शोचितुम् ।

आपत्सु च न मुह्यन्ति नराः  पण्डितबुद्धयः।।(१/२८)

निश्चित्य यः प्रक्रमते नान्तर्वसति कर्मणः।

अबन्धयकालो वश्यात्मा स वै पण्डित उच्यते।।(१/२९)

न हृष्यत्यात्मसम्माने नावमानेन तप्यते।

गाङ्गो ह्रद इवाक्षोभ्यो यःस पण्डित उच्यते।(१/३१)

अर्थ महान्तमासाद्य विद्यामैश्वर्यमेव वा ।

विचरत्यसमुन्नद्धो यः स पण्डित उच्यते।।(१/४५)

आफ्नो स्वरूपको ज्ञान,सत्कर्मको लागि उद्योगशील हुनु सहनशीलता र धर्माचरण मा तत्परता यी गुणको कारण जो आफ्नो जीवनको लक्ष्य वाट च्युत हुदैन र सधै अगाडि बढी रहन्छ त्यो नै पण्डित हो ।

जाडो,गर्मी,डर,अनुराग,समृद्धि अथवा असमृद्धि यी सबले जस्को कार्यमा वाधा पुर्याउदैन उसैलाई पण्डित भनिन्छ।

पण्डित त्यो हो जस्ले न त नपाएको वस्तुको इच्छा गर्छ न त नष्ट भएको वस्तुमा न त विपत्ति पर्दा मोहमा नै पर्दछ।

जस्ले निर्धक्कसाथ कामलाई सुरु गर्दछ,कार्यलाई बिचमा छोड्दैन र समयलाई ब्यर्थ खेर जान दिदैन र आफुलाई बशमा राख्छ उ नै पण्डित हो ।

जो आफ्नो सम्मानमा धेरै खुसी र अनादर मा दुःखले विचलित हुदैन जो विभिन्न परिस्थितिमा गंगाको कुण्ड समान अक्षोभ्य हुन्छ उसलाई नै पण्डित भनिन्छ।

जो महान सम्पत्ति,विद्या अथवा ऐश्वर्य पाएर पनि नम्रता पुर्वक व्यवहार गर्दछ त्यो नै पण्डित हो । पण्डितको बारेमा त जानकारी केही मात्रामा पाउनुभयो ।अब हामी ब्राह्मणको बारेमा केही जानकारी लिउ। ब्राह्मण क्षत्रीय वैश्य र शूद्र यी चार वर्ण छन्।यी वर्णमा ब्राह्मण मुख्य हुन् यस्तो वेद तथा स्मृतिमा भनेको पाईन्छ । यसो भनि रहदा हाम्रो मनमा शंका उठ्छ ब्राह्मण भनेको को हो ?के जीव ब्राह्मण हो ? के देह ब्राह्मण हो?के जाती ब्राह्मण हो? के ज्ञान ब्राह्मण हो ? कि कर्म ब्राह्मण हो? अथवा के धार्मिक व्यक्ति ब्राह्मण हुन ? जीव ब्राह्मण हो येसो हुन सक्दैन ।कारण यो छ कि पहिला भएको अहिले रहेको पछि हुने अनेक शरिरमा जीव एकरुप नै रहन्छ । जीव एक भएर पनि कर्मको कारण अनेक शरीर धारण गर्छ।तर सवै शरिरमा जीव एकरुप नै रहन्छ।त्यसैले यदि जीवलाई ब्राह्मण मान्ने हो भने सबै शरीरलाई ब्राह्मण मान्न पर्छ । त्यसोभए के देह ब्राह्मण हो? होइन,यसो पनि हुन सक्दैन। चण्डाल देखी मनुष्यपर्यन्त सबैको शरीर पाञ्चभौतिक हुनाले एकरुप नै छ।

जरा-मृत्यु,धर्म-अधर्म (पुण्य-पाप)आदि पनि सबैमा समान देखिन्छ।ब्राह्मण श्वेतवर्ण,क्षत्रिय लाल वर्ण वैश्य पहेंलो वर्ण र शूद्र कालो हुन्छ यस्तो नियम पनि त छैन।यदि देहलाई ब्राह्मण मान्ने हो भने पिताको मृत शरिरलाई जलाउदा पुत्रलाई ब्राह्म हत्या लाग्ने सम्भावना रहन्छ।त्यसैले देह ब्राह्मण होईन ।  त्यसोभए के जाति ब्राह्मण हो? होइन,यसो पनि हुन सक्दैन। किनकि विभिन्न जातिवाला प्राणिवाट अनेक जातिवाला ऋषि उत्पन्न हुनुभएको छ जस्तै  मृग वाट ऋष्यशृंग, कुशवाट कौशिक,जम्बूक(स्याल) बाट जाम्बुक, बल्मिक(धमिराको गोलो)बाट वाल्मीकि,माझीको छोरीबाट व्यास, शशपृष्ट (खरायोको ढाड )बाट गौतम,उर्वशी बाट वसिष्ट,कलश बाट अगस्त्य उत्पन्न हुनुभयो।यस्तो सुन्न र पढ्नमा आउँछ।यहाँ जाति विना पनि धेरै ज्ञानवान ऋषि हुनुभएको छ।त्यसैले जाति ब्राह्मण होइन।  त्यसोभए के ज्ञान ब्राह्मण हो ?होइन, यसो पनि हुन सक्दैन।

धेरै(जनक,अश्वपतिअादि)क्षेत्रिय पनि परमार्थलाई जान्नेवाला तत्त्वज्ञ हुनुहुन्थ्यो।त्यसैले  ज्ञान ब्राह्मण होइन। त्यसोभए के कर्म ब्राह्मण हो?होइन ,यसो पनि हुन सक्दैन।सम्पुर्ण प्राणीमा प्रारब्ध, संचित तथा क्रियमाण कर्मको सधर्मता देखि जाति हुन्छ र कर्मले प्रेरित भएर मनुष्य काम गर्दछ।त्यसैले ब्राह्मण कर्म होइन। त्यसोभए के धार्मिक ब्यक्ति ब्राह्मण हो ?होइन यसो पनि भन्न सकिन्न ।धेरै  क्षेत्रिय आदि पनि स्वर्णको दान गर्ने भएका छन्।त्यसैले धार्मिक व्यक्ति ब्राह्मण होइन ।  त्यसोभए ब्राह्मण कस्लाई भनिन्छ ? जो कोही अद्वितीय आत्मा जाति गुण तथा क्रियाबाट रहित छ, छः उर्मियो तथा छः विकार आदि समस्त दोष रहित छ,सत्,-चित,-आनन्द तथा अनन्त स्वरुप छ,स्वयम् निर्विकल्प छ,जो अनन्त कल्पको आधार हो,अनन्त प्राणीमा अन्तर्यामी रुपले रहनेवाला छ,सदा बर्तमान नित्य रहनेवाला छ,आकाश झै सबैको भित्र बाहिर परिपूर्ण छ, अखण्ड  आनन्द स्वभाववाला छ, अप्रमेय छ अर्थात इन्द्रिय र अन्तःकरणको बिषय नै होइन ।केवल अनुभव बाट जान्न सकिन्छ ।अपरोक्षरुप बाट प्रकाशित हुनेवाला छ, जो परमात्माको हस्तामल झै साक्षात्कार गरेर जो कृतकृत्य (ज्ञातज्ञातव्य,प्राप्तप्राप्तव्य)भएको छ र जो काम, राग आदि दोषले रहित छ; सम दम आदिले सम्पन्न भाववाला छ, मात्सर्य तृष्णा,आशा,मोह आदि बाट रहित छ;र जस्को चित्त दम्भ अहंकार आदि दोषवाट निर्लिप्त छ,त्यही नै वास्तविक ब्राह्मण हो । यस्तो श्रुति ,स्मृति ,पुराण एवं इतिहासको अभिप्राय छ।यश भन्दा वाहेक अन्य कुनै प्रकारले ब्राह्मणत्वको सिद्धि हुदैन। आत्मा सच्चिदानन्दस्वरुप अद्वितीय ब्राह्म हो र यस्को साक्षातकार गर्ने व्यक्ति ब्राह्मण हो । ब्राह्मणेभ्यः परं नास्ति पावनं दिवि चेह च । उपवासास्तथा तुल्यं तपः कर्म न विद्यते।।म.भा.अनु.प.१०६/६६ अर्थात ब्राह्मणजस्तो परम पावन धर्तीदेखि स्वर्गसम्म पनि अर्को छैन जस्तो उपवास तुल्य तपको कर्म दुनियामा अर्को छैन।

-ज्योतिष पण्डित विष्णुप्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त