2026-09-04 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आशा छ, मेरो रिपोर्ट चाँडै नै नेगेटिभ आउने छ’

सपना पौडेल । असोज २८, काठमाडौं । कोरोना पोजेटिभ आउँदैमा आत्ति हाल्नु पर्दैन। यसका लागि अहिलेसम्म कुनै खोप र उपचार पद्धति पनि त छैन । अस्पताल नै भर्ना भए पनि लक्षणका आधारमा उपचार गर्ने हो । यो भाइरस शरीरमा प्रवेश गरेपछि शरीरलाई कमजोर त बनाउँछ नै । तर, भाइरसले कमजोर बनायो भनेर आफू पनि कमजोर बन्नु भएन । जसरी हुन्छ यो भाइरसलाई जित्छु भनेर लाग्नुपर्छ ।

सामान्य रुघाखोकी लाग्दा त केही खान मन लाग्दैन भने यो भाइरस शरीरमा प्रवेश गरिसकेपछि त झन, खान मन नलाग्ने, स्वाद हराउने, शरीर थाकेको महसुस हुने, स्वास प्रस्वासमा गाह्रो हुने हुन्छ । तर, आत्तिएर मलाई कोरोना लागेको छ, अब सञ्चो हुँदै भन्ने सोचाई दिमागबाट हटाउनु भयो भने तपाईलाई चाँडै निको हुन नि मद्दत गर्छ । सधैँ पोजिटिभ कुराहरू सोच्ने गरौँ । मृत्यु भएकाहरूलाई भन्दा पनि निको हुनेको संख्या हेरौं । आज हामी मात्र कोरोना पोजिटिभ हैन, संसारका ३ करोड ८० लाखभन्दा धेरै कोरोना संक्रमित भएका छन् ।

तर, कोरोनालाई सामान्य भनेर कसैले नसोचौं । मलाई कोरोना पोजिटिभ भएको म‌ंगलबार ५ दिन भयो । कोरोना भाइरसबारे मलाई धेरै कुरा पनि थाहा थियो । तर, कहाँबाट आफू नै पोजिटिभ हुन पुगे । रिपोर्ट पोजिटिभ भनेर एसएमएस आउँदा मन एकदम आत्तियो । घरमा होस्, अफिसमा होस्, मास्क सेनिटाइजर लगाएन भनेर सबैलाई गाली गरिरहन्थ्थे । सबै जना बाहिर गएर रिपोर्टिङ गर्दा म सधैँ जुमको प्रयोग गर्थें । आफू सजक र सतर्क पनि थिए खोई कसरी लाग्न पुग्यो । चीनको वुहानमा कोरोना भाइरस देखिन थालेबाट नै रिपोर्टिङ गरेको ।

नेपालमा माघ १० गते चीनको वुहानबाट आएका ३२ वर्षीय धनुषाका एक युवकमा कोरोना पोजिटिभ पुष्टि भनेर समाचार लेखेकी थिएँ । यसँ दौरान समाचार लेख्दा–लेख्दै १ लाख ६ हजारभन्दा बढी संक्रमित पुष्टि हुँदा आफू पनि त्यसभित्र समावेश हुन पुगेछु । म आफू संक्रमित पुष्टि भएको दिन नेपालमा सबैभन्दा धेरै अहिलेसम्मकै ५ हजार ८ जना संक्रमित थपिएका थिए । म आफैँले त्यो समाचार लेखेकी थिएँ । तर, मलाई थाहा थिएन, म आफै पनि हुँ भनेर । रिपोर्ट पोजिटिभ त आयो, घरमा पनि यस्तो भयो भनेँ । सबैले सम्झाउनु भयो ।

अहिलेको परिस्थिति नै यस्तै छ, जुनसुकै बेला हुन सक्थ्यौं, तिमी पोजेटिभ आज भयो त आत्तिनु पर्दैन, निको हुन्छ । केही राहत त पक्कै मिल्यौं । तर, मलाई थाहा थियो, कोरोना एकपटक लागेपछि यसले विभिन्न किसिमका स्वास्थ्य समस्याहरू निम्त्याउनुका साथै, दीर्घकालीन असर फोक्सो ड्यामेज गराउने, मुटुमा असर गरी हृदयघात गराउने, सुन्ने शक्तिमा असर गर्ने जस्ता समस्याहरू गराउँछ । अनि यसै पनि मन आत्तिन्थ्यो । मलाई जे पायो त्यही मन नपर्ने, अब कसरी यसलाई परास्त पार्ने होला ? अरुलाई जस्तै मलाई पनि स्वास प्रस्वासमा असर गरी आइसियु भेन्टिलेटरमा त बस्नुपर्ने हैन ?

मलाई न निको नै न हुने पो होकि एक्लै भएपछि यस्ता कुराहरूले धेरै सताउने । अनि आफैँले आफैलाई सम्झाउने कोसिस गर्थे त आफैँले हैन । र कोरोनाको बारेमा अरुलाई सम्झाउने बुझाउने त आफैँ यसरी हिम्मत हारिस् भने तैले गरेका ती कामहरू तँसँग भएका ती ज्ञानहरूको के काम फेरि सोच्थेँ, ‘ह्या जाबो कोरोना म निको भै हाल्छु नि किन आत्तिनु, तँ निको कहिले होलिस्’ भनेर कुरिरहनु भएका ती ममीबाबा र भाइबहिनीले के भन्नु होला । तैले यस्तो सोचिस् भनेँ भन्ने लाग्थ्यो अनि सब कुरा बिसिर्थे । आफन्त साथी, इष्टमित्रले फोन गर्नु हुन्थ्यो, ‘न आत्तिउ है, केही हुन्न ।’ यही शब्दले पनि धेरै सान्त्वना दिने गर्थ्यो । अनि आफूलाई त्यति गाह्रो अस्पताल बस्नुपर्ने अवस्था पनि त छैन किन आत्तिएको होला जस्तै लाग्थ्यो ।

मलाई गाह्रो भनेको कहिलेकाही ज्वरो आएको जस्तो महसुस हुन्छ । तर, ज्वरो चेक गर्दा ९३–९४ डिग्री हुन्छ । शरीर अलि कमजोर भएको जस्तो हुन्छ, शरीरमा अलिअलि दुखाईको महसुस हुन्छ । तर, त्यस्तो आत्तिनु पर्ने पनि छैन । तर, मलाई धेरै गाह्रो भएन भनेर हेलचेक्र्याई पनि त गर्न भएन । डाक्टरको अनुसार सिटी लेबल पनि आशा लाग्दो छ । त्यस्तो आत्तिनु पर्ने पनि छैन ।

अहिले खानेकुरालाई बढी फोकस गरेकी छु । तातोपानी २–३ लिटर खाने गर्छु, भिटामिनहरू बी, सी, डी र बी कम्प्लेक्स खाएको छु । दिनमा ३–४ पटक ज्वरो चेक गर्छु । दिनमा २ पटक बाफ लिन्छु । प्रोटिनयुक्त खानेकुरा खान्छु । केही गाह्रो होला जस्तो भए डाक्टरहरू सँग परामर्श लिइरहेकी छु । आशा छ, मेरो रिपोर्ट चाँडै नै नेगेटिभ आउने छ । सकेसम्म कोरोना लाग्न नदिउ लागि हालेमा सजक र सतर्क रहौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ