2026-07-25 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण बैदेशिक रोजगारमा गएकाहरुको घरबार बिग्रन्छ

वीरबल खड्का | हाम्रो समाजमा बैदेशिक रोजगारमा गएका अधिकाँश श्रीमानका, श्रीमतिलाई हेर्ने गलत सामाजिक दृष्टिकोण र एक्लोपनको फाईदा लुट्न खोज्नेहरुनै सम्बन्ध बिच्छेद र बिभिन्न अपराधिक घटनादेखि ह’त्या,आत्म’हत्या घटाउन बढि जिम्मेवार छन् । 

वैदेशिक रोजगारको सबैभन्दा ठुलो समस्या आज परिवार, समाजभित्रै श्रीमान बिदेश छ भन्ने थाहा पाएपछी तिनीहरुका श्रीमतिलाई हेर्ने दृष्टिकोण, चिन्तन र व्यबहार निन्दनीय छ, यसले कसलाई कति खेर कहाँ  दुर्घटना निम्ताउने हो, पत्तो हुदैन,  ताकी यसमा कुनै महिला कुनै सरकारी कामले कुनै कार्यालय पुग्दा केही त्यस्ता खराब कर्मचारीले गर्ने व्यबहार, नानी बाबुको पढाईको लागि विद्यालय पुग्दै गर्दा खराब नजरका शिक्षकले गर्ने व्यवहार तथा यदी आफु पढ्ने रहिछन् भन्ने पनि क्यापसका गलत व्यवहार भएका प्रध्यापक बाट, भनौ यहाँ त यात्रामा कतै जाँदै गर्दा गाडी स्टाफले गर्ने व्यवहार यस्तै पैसाको कुनै कारोबार गर्न बैंक तथा एजेन्सीमा पुग्दै गर्दा गलत मानसिकता भएका त्यस्तै मानिसहरुले गरिने व्यवहार बढि जिम्मेवार छ जुन कुरा विभिन्न समाचार तथा सामाजिक सञ्जालमा देख्न पढ्न र सुन्न पाईएको छ । यसमा मैले धारणा राख्दै गर्दा सबै दोष उनीहरुकै मात्र छ भन्ने पनि हैन केही दोष महिलाको पनि छ । तर उनीहरु आफ्नो कामसंग सम्बन्धीत भएकाले गर्दा धेरैले तत्कालै बिरोध गरीहाल्न तथा सामाजिक डरमा पर्ने गर्छन् र व्यक्त गर्न नसक्ने अवस्था रहन्छ र त्यसको फाइदा उठाउनमा त्यस्ता गलत व्यक्ति सक्रिय हुने गर्छन् र प्रभाबमा पार्ने गर्छन् । साथै आज भोलीका समाचारमा त समाजका नाम चलेका समाजसेवी नेताबाट पनि गलत व्यवहार हुने गरिएका समाचार धेरै छन् । जुन कुरा उनीहरुको एक्लोपनको फाईदा उठाउने खराब मानसिकता बोक्नेहरु बढि जिम्मेवार छन् ।

तसर्थ सज्जन भन्दा पनि गलतको सञ्जाल बढ्दै गरेको हाम्रो जस्तो समाजले हेर्ने दृष्टि गलत भएकाले गर्दा समाज भित्र महिलाहरु सुरक्षित छैनन, कुनै न कुनै बहानामा मोवाईल फोन  ईटरनेटको गलत प्रयोग गरेर मानसिक तथा शारिरीक तबरबाट सताउनेहरुको कमी यो समाजमा छैनन्, यस्ता असुरक्षित ब्यबहारले कुनै न कुनै तबरबाट कतिपयलाई प्रभाबमा पारेर होस वा थोरै बलजफति गलत नजरले हेर्ने र व्यवहार गर्ने गलत संस्कार बिकास हुदै छ । जसले गर्दा हाम्रो समाज तथा परिवारमा (पारिवारिक र सामाजिक कलह) बढेको छ । बैदेशिक रोजगारमा जानेहरुको परिवारिक मनमुटाब बढ्नु तथा आपसी तिक्तता केवल सम्बन्ध बिच्छेदले मात्र टुंगिएको छैन । कतिको आवेशमा आएर गम्भीर घटना भएर ह’त्या, आत्मह’त्या गर्ने देखि कतिको दैनिक झगडा हुने गरेको छ । यस्तै घटना पछील्लो समयमा झापामा भर्खर बिदेसबाट आएका मनिसले आफ्नी एक छोरीकि आमा समेत भैसकेकी २४ बर्षीय श्रीमतिसँग लामो समयपछी भेट हुँदा पनि मिलन । एकाएक  बिभिन्न बिषयमा दिनानुदिन बिबाद बढ्दै गएपछी झगडा हुने र उत्त झगडाको तनाब सहन नसकेर माईत पुगेकी महिलालाई पुन: फेरी माईती पक्षले घर गरि खानु पर्ने दबाबको बीचमा श्रीमानको घर पठाउदा आफ्नै श्रीमानले ह’त्या गरेको समाचार विभिन्न सञ्चार माध्यमबाट सुनिएको छ । यो त एउटा प्रतिनिधी घटना मात्र हो, यस्ता कति घटना दिनै पिच्छे धेरै घट्ने गरेका छन् । तसर्थ कसरी यस्ता घटनाबाट परिवार तथा समाज सुरक्षित गर्ने हो भन्ने अहिलेको सबैभन्दा चिन्ताको बिषय भएर आएको छ।

यसरीनै नेपालीहरुको पर निर्भरताले धेरैजसो बैदेशिक रोजगारमै छन् । तसर्थ यस्तै शैलीका व्यबहारले धेरैको घर व्यवहार उजाडीएको छ । कतिका श्रीमतिले बुढाले कमाएको सारा धन सम्पती लिएर अर्कैसँग जाने कतिको व्यबहारीक  भन्दा पनि बिलासीतामा पैसा सकिदिने जस्ता व्यवहार, कतिले श्रीमति बिदेश पठाउने र पछी फर्केपछी भने श्रीमानले गलत तरिकाले हेर्ने तथा गलत व्यवहार गर्ने प्रवृत्ती समाजमा धेरै छ । तसर्थ हामीले सिर्जना गर्दै गरेको व्यवहार र शैलीले बिकास गरेको चिन्तन र व्यबहारले सिङ्गो समाजनै तहसनहसको बाटो तर्फ लाग्दै छ । तसर्थ समयमै बैदेशिक रोजगारीले बढाएको सम्बन्ध बिच्छेद तथा अपराध प्रती सचेत हुनुपर्ने र स्पष्ट कानुन नियम बनाएर कडा कार्बाही गर्ने तथा सामाजीक रुपमा जागरण सचेतना तथा सरकारी तबरबाटै अनुगमन र कडाई गर्नुपर्ने जरुरी भएको छ ।

– धनकुटा हाल: दोहा कतार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक