2026-09-26 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुटनीतिक मर्यादा भुलेका गृहमन्त्री !


No description available.
मंसिर १४, काठमाडौँ |  टिप्पणी | आइतबार नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङहेको स्वागतमा खटिएका गृहमन्त्री रामबहादुर थापाले कुटनीतिक मर्यादा विपरित कार्यगरेको भन्दै आलोचना भइरहेको छ | एकदिने भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्री फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गृहमन्त्री थापा पुगेका थिए |

अति विशिष्ट कक्षमा थापाले स्वागत गर्ने क्रममा कुटनीतिक मर्यादाको ख्याल समेत नगरेको पाइएको छ | चिनियाँ रक्षामन्त्री फेङहे शालिन अवस्थामा सोफामा बसेका छन् | तर, नजिकै रहेका गृहमन्त्री थापा सोफामा पसारिएर दुइटै खुट्टा लामो बनाएर खपाएर बसेको तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ |

थापाले पाहुनालाई कसरी स्वागत गर्नुपर्छ भन्ने सामान्य आचरण पनि नदेखाएको भन्दै आलोचना भइरहेको छ | मुलुकको स्वाभिमान र प्रतिष्ठाको बिषय समेत जोडिने भएकाले विशिष्ट पाहुनाको स्वागतमा सामान्य कुटनीतिक मर्यादाको समेत ख्याल नगर्दा देशकै बेज्जत हुने निश्चित छ |

सार्वजनिक पदधारण गरेको व्यक्तिसंग राज्यको प्रतिष्ठा र स्वाभिमान जोडिएकोले राज्यले निर्धारण गरेको कुटनीतिक मर्यादा र आचारसंहिताको पालना गर्नु पर्छ नै | भौगोलिक क्षेत्रफल तथा जनसंख्याको आधारमा जतिसुकै ठुलो मुलुक भएपनि देशको सार्वभौमसत्ता भने समान नै हुन्छ | 

प्रत्येक स्वतन्त्र र स्वाभिमान राष्ट्रले आफ्नो सार्वभौमसत्ता,मुलुकको इज्जत जोगाइराख्न र राष्ट्रियतालाई उच्च बनाउन अर्थात पाहुनाको स्वागतमा कुनै कसर बाँकी नराख्न सक्दो प्रयास गर्छन् | तर हाम्रो देशमा भने,सार्वजनिक व्यक्तित्वबाट नै कुटनीतिक मर्यादाको उल्लंघन गरेको पाइन्छ | 

जसकारण मुलुकले कुटनीतिक मामिलामा ठुलो मूल्य चुकाउनु पर्ने अवस्था आउँछ | त्यसकारण देशको स्वाभिमान र प्रतिष्ठा नै जोडिएको बिषयमा सामान्य खेलवाड गर्ने अधिकार नेतृत्वमा छैन | यस बिषयमा सम्बन्धित व्यक्तित्वहरुले गंम्भिर ध्यान दिनु जरुरी छ | राष्ट्रको स्वाभिमान र सम्मानलाई भूल्नु हुँदैन | यद्दपी यस्ता गल्तिहरु नेपालका राजनीतिज्ञ तथा उच्च पदस्तबाट बेलाबेलामा हुने गरेका छन् | सुनिल कुँवर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह