महेन्द्र केसी | “यदि प्रहरीले नियमविपरीत काम गर्नेलाई कारवाही गर्दा माफियाको रुपमा रहेका व्यवसायी आतङकीत हुन्छन भने प्रहरीले अझै आतङ्कीत पार्नुपर्छ किनकी आगामी दिनमा नियम उल्लघन गरी कालो धन्दा गर्नको लागि कसैको हिम्मत नहोस् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी | “यदि प्रहरीले नियमविपरीत काम गर्नेलाई कारवाही गर्दा माफियाको रुपमा रहेका व्यवसायी आतङकीत हुन्छन भने प्रहरीले अझै आतङ्कीत पार्नुपर्छ किनकी आगामी दिनमा नियम उल्लघन गरी कालो धन्दा गर्नको लागि कसैको हिम्मत नहोस् "/>
२०८३, ६ बैशाख आईतवार
पर्बत - PBT

आतङक माफियाको कि प्रहरीको !?

२०७३, १९ श्रावण बुधबार १०:२७

महेन्द्र केसी | “यदि प्रहरीले नियमविपरीत काम गर्नेलाई कारवाही गर्दा माफियाको रुपमा रहेका व्यवसायी आतङकीत हुन्छन भने प्रहरीले अझै आतङ्कीत पार्नुपर्छ किनकी आगामी दिनमा नियम उल्लघन गरी कालो धन्दा गर्नको लागि कसैको हिम्मत नहोस् ।”

कानूनका नजरमा सवै समान हुन्छ कोहि सानो ठूलो हुदैनन र हुनपनि हुदैन । सवैले कानूनको पालाना गर्नुपर्छ तर कानूनलाई धोती लगाइ कसैले काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई्र उन्मुक्ति दिनु वा सफाइ दिन खोज्नु कानूनको धज्जी उडाउनु नै हो । हरेक काम कारवाहीमा नीति हुन्छन्,। नीतिअनुसार काम गर्नुपर्ने हुन्छ तर नीतिलाईनै तिलाञ्जली दिइ काम गर्न कसैले खोज्छ भने उसको पछाडी केही न केहि रहस्य अबस्य लुकेको हुन्छ । जिल्लामा कालीगण्डकी नदीबाट नदिजन्य पदार्थ निकाल्नको लागि आफ्नै किसिमको कानून र मर्यादा छ तर पनि व्यवसायीहरु नीतिलाई धोति लगाउँदै लामोसमय देखि नियम विपरीत काम गर्दै आइरहेका छन् जून कुरा सरोकारवाला निकायलाई पनि अबगत छ तर पनि कानमा तेल हालेर बसेका छन् । सरोकारवाला निकायले गर्नुपर्ने काम तथा खेल्नुपर्ने भुमिका जिल्ला प्रहरी कार्यालयले खेलेको छ तर पनि प्रहरीमाथि आक्षेप लगाइदै आइरहेको छ भन्दा फरक नपर्ला । कानूनको पालना गराउनको लागि सरोकारवाला निकायनै तात्नुको बदला कानमा तेल हालेर बस्नुमा व्यवसायी र त्यस्ता निकायविच भित्र कुनै खिचडी पाकेको अबस्य छ जसका कारण पनि व्यवसयीहरु स्यालको झै कराउन थालेका छन् ।

कानूनले न त जात भन्छ न त कुनै तहको मान्छेनै मैले माथि उल्लेख गरीसकेको छु । कानून मिच्नेलाई कानूनी कठघारामा ल्याउन खोज्ने प्रहरीको कामले बास्तबमा व्यवसायी आतङकीत भने भएकै हुन । जून व्यवासयीले नियमसंगत काम गरेका छैन जसको धन्दा हात्तीको देखाउने दाँत जस्तो छ तिनिहरुमा आतङक फैलिएकै हो । नियम विपरित काम गरेको तथा आचारसहिंता पालना नगरेको भन्दै उद्योग बन्दको लागि माथिबाट सिफारिस पनि आइसेको छ तर सरोकारवाला निकाय भनौ या जिल्ला विकास समिति तिनै व्यवसायीसँग आफ्नो डेन्टर भनौ या योजनाको सम्झौता गरिरहेका छन् । भ्रम नहोस यहाँ मैले माफिया भनिरहदाँ व्यवसायीलाई पिरपर्न सक्छ म त्यस्ता व्यवसायीलाई व्यवसायी भन्न रुचाउँदीन जो नियम संगत काम गर्नको लागि डेरपुच्छर गरेर मेरै गोरुको बार्है टक्का गरेर अनेक कुरा गर्छ । व्यवसायी त त्यो हो जसले इमान्दारीता र नैतिकताका साथ काम गर्छ ।

जुन चोर उसैको ठूलो स्वर गरी व्यवसायीले पछिल्लो समयमा देखाएको हर्कत, रातरात अनुगमनको नाममा जिल्ला विकास समितिले उनीहरुले गरेका कर्तुतको ढाकछोप गरेको जिल्लाबासी सवैमा अबगत भएको कुरा हो । नियमसंगत काम नगरेकलाई नियम पालना गराउन कटिबद्ध प्रहरी प्रशासनको निरन्तरको शुसासन कायमप्रतिको दबाबले हिजोदेखि व्यवसायीको नाममा लुट मच्चाएका महानुभाव आताङकीत भएका हुन भने बास्तबमा त्यो जिल्लाको लागि खुसीको कुरा हो । माफियाको आतङबाट जिल्लाको सुन्दर कालीगण्डकी नदीलाई बचाउनको लागि उसको चित्कार भनौ या पुकार बेदना सुन्नको लागि लागेको प्रहरीबाट त्यस्ता व्यवसायी आतङकीत भएका छन् भने प्रहरीले अझै आतङकित बनाउनै पर्छ । यो जिल्लाबासीको माग हो ।

कालीको चोली उतारी निबस्त्र पारी उसका अंगअंगको मोलतोल गरी लाखौ कुम्लाएका महाशयबाट काली आतङकीत भएकी छ हरेक दिन आशु बगाइरहेकी छ । हिउँद होस या बर्षा, दिन होस या रात हरेक समय चित्कार र रक्तकुण्डले ओतपोत भएकी कालीको न्यायको लागि प्रहरीले आतङक फैलाएको हो भने खेद छैन यसमा जिल्लाबासी पनि साथ दिन तयार छन् । “यदि प्रहरीले नियमविपरीत काम गर्नेलाई कारवाही गर्दा माफियाको रुपमा रहेका व्यवसायी आतङकीत हुन्छन भने प्रहरीले अझै आतङ्कीत पार्नुपर्छ किनकी आगामी दिनमा नियम उल्लघन गरी कालो धन्दा गर्नको लागि कसैको हिम्मत नहोस् ।”

सुशासन कायम गर्नको लागि र सवैलाई कानून संगत चल्नको लागि प्रहरीले गरेको कामलाई अनर्थ लगाइन्छ र धनको प्रयोग गरी नियतबस संस्थाको बदनाम गराउन कोहि तल्लीन हुन्छ भने याद गरे हुन्छ पाप धुरीबाट कराउँछ तिम्रा हरेक कर्तुतको अबस्य पर्दाफाँस हुनेछ । पैसा बाँडेर समर्थन जुटाएर एक छिन सत्यवान बनेतापनि कुर्तत देखिहाल्छ ।

अन्त्यमा,

म कुनै व्यवसायीलाई आक्षेप लगाउन र कुनै संस्थाको गुनागान गाउन खोजिरहेको छैन । सवैले कानूनको पालना गर्न सिक्नुपर्छ र गर्नुपनि पर्छ । कानूनको पालना नगर्ने हो भने नीति अनुसार काम नगर्ने हो भने देशको विकास कसरी सम्भव छ । यसमा जिल्लाका राजनीतिक दलहरुपनि जिम्मेबारी छन् । व्यवसायीसँग चुनावि प्रचारप्रसारको लागि तथा अन्य सहयोगको नाममा लाखौ रकम असुल्ने र उनीहरुको गलत हक्र्रतको ढाकछोप गर्नको लागि अगाडी बढ्ने राजनीतिक परिपाटीका कारण पनि खुलमखुलारुपमा नीतिलाई धोति लगाउने प्रविधि बढेको छ । समृद्ध समाज र नियमबद्ध सवैलाई बनाउनको लागि राजनीतिक दलहको हात उत्तिकै छ । गलत काम गरेका मनुवालाई कारवाहीको दायरालामा ल्याउन खोज्दा उसैको भजन गाउँदै सत्य हो भन्ने राजनीतिक दलको आडमा पनि पछिल्लो समयमा नीतिलाई्र तिलाञ्जली दिदै व्यवसायी मैसासुर बनेका छन् । राजनीतिक दलले सत्यको साथ दिने हो र गलत काम गर्नेलाई दण्डसजायको भागिदार बनाउन खोज्दा हस्तक्षेप  गर्ने र उसको पक्षमा वकालथत नगर्ने हो भने व्यवसायीको नाममा माफियाको जसरी लुट मच्चाएकाहरुको पत्ता साफ हुने थियो । न कि पटकपटक नियम उल्लघन गर्दा पनि सामान्य जरिवानामा उम्कने थिएनन ।  भ्रम नहोस की भ्रम फैलाएर सत्यवान बन्न खोज्नु फाटेको धोति जति टालेपनि च्यातिनु सरह हो । त्यसैले प्रहरी होस या व्यवसायी , देशको प्रमुख होस या प्रजा सवैले कानूनको पालना गर्नूपर्छ यहिनै सत्यबाटो हो ।

लेखक प्रेस सेन्टर नेपाल पर्वतका सचिव हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ