2026-10-17 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनियूक्त प्रधानमन्त्री कमरेड प्रचण्डलाई प्रवासबाट चिट्ठी

सम्माननिय नवनियूक्त प्रधानमन्त्री कमरेड प्रचण्ड ज्यू नमस्ते !

देशको लागि नयाँ प्रधानमन्त्री बन्नुभएकोमा प्रवासबाट नै भएपनि हार्दिक बधाई तथा शूभ-कामना ।

म तपाईको कार्यकर्ता त होईन र म राजनितिमा अन्धों पनि छैन । तर देशको लागि राम्रो काम गर्छ भने त्यो जूनसूकै पार्टीको नेता भएपनी म उसको प्रसंसा गर्न पछि पर्दिन। तपाईले जूनदिन खुला मन्चबाट भारतीय नेताकै अगाडि ‘हामी कसैको एसमेन बन्दैनौ’ भन्दा मेरो छाती गर्बले फूलेको थियो ।

घरपरिवारसँग छूट्टिएर प्रदेशमा बस्नूको पिडा सायद तपाईलाई थाहा छैन । म अहिल खाडि मूलूकमा त होईन तर अनुमान गर्न सक्छू त्यो खाडिको ५० डिग्रीको घाममा काम गर्दा कस्तो हून्छ । म आफू अर्काको देशमा बेचिन बाध्य युवा जो नेपालीको लागि राम्रो देश मानिने एउटा प्रवासमा दिनभरिको कलेज अनि रातको कामले लखतरान भएको मेरो यो शरीर बिच्छाउनामा पल्टिन खोज्दा खै किन-किन यो मनले मानेन र आज तपाइँ प्रधानमन्त्री बनेकै दिन यो पत्र कोर्दैछू। 

हून त यो पत्रले तपाईलाई केहि प्रभाव पार्छ जस्तो त मलाई लाग्दैन किनभने तपाईले यहि कूर्सि र पावरमा पूग्नको लागि १० औँ हज़ार सोझा-साझा ग़रीब निमूखा जनताको बलि दिनूभएको थियो भन्ने कूरा इतिहासको पाना पल्टाउने हो भने छर्लङ देखिन्छ । ति लासहरूका हाडखूर अझै गलेका छैनन् कमरेड  ! नपत्याए गएर हेर्नूस् त्यो जंगलमा जहाँ तपाईहरूले सयौँलाई जिउदै पूर्नुभएको थियो । खयर केहि छैन मान्छे चपाउने बानी परेकाहरुलाई यस बिषयमा सम्झाएर मेरो पत्रलाई अझ लामो बनाउन म चाहंदीन ।

त्यसैले प्रसंग बदलौं । 

अनि प्रधानमन्त्रीज्यू ! के छन् त तपाईको भावी योजना ? के बनाउनू हून्छ त अब देशलाई ? स्विजरल्याण्ड त बनाई सक्नू भएको हो क्यारे ! हून त म्यादि सरकार होरे भन्ने सुनेको छू । ९ महिने जागिर जस्तो पनि होला । 

प्रधानमन्त्री ज्यूँ म तपाईलाई तपाईको पार्टीले द्वन्दकालमा भनम् कि नेपाललाई स्विजरल्याण्ड बनाउनको लागि भनम् जे भनेपनि त्यति बेला देशमा कतिको रडाको मच्चाएको थियो । त्यो त मलाई याद छैन किनकि त्यतिखेर म त सानै थिएँ । तर मेरो त्यो बाल मानसपटलमा परेको तपाई र तपाईको पार्टीप्रतिको छाप आज सूनाउछू ।

जून घट्ना मेरो गाउँमा घटेको थियो । मलाई राम्रोसँग याद छ ति दिनहरू दसैँको रौनक़ सकेर दिपावलिको स्वागतमा लागेको बेला, फूलहरूले यत्रतत्र सुगन्ध फैलाईरहेको बेला, परदेशि पनि घर सम्झेर फर्केका बेला तपाईको पार्टीका मान्छेहरू आएर बिभिन्न डर धम्कि र प्रलोभन देखाई गाउँनै ख़ालि पारेर जबर्जस्ती तपाईको झण्डा बोकाई आन्दोलनमा लगेको । अझै अलिकति बाङ्गै छ तपाईका मान्छेले राति मेरो घरभित्र छिर्न फोडेको झ्याल । अझै सम्झना छ, त्यो कालो दिन आफ्नो आमाको किरिया बसेको छोरा तपाईको आन्दोलनमा सरिक भएन भनेर किरिया बसेको ठाउँबाट थूतेर लगि घाटि सेरेर मारेको । अनि ताज़ै छ त्यो घटना । गाउँको एउटा सोझो ग़रीबलाई सूराकिको बिल्ला भिराएर सात दिनसम्म केहि खान नदिई रूखमा बाधेर गोलि ठोकेको । प्रधानमन्त्रीज्यूँ यो त सानो उदाहरण पस्कने जमर्को मात्र गरेको हूँ । त्यतीखेर तपाईहरूले गरेको ज्यादति सम्झने हो भने अहिले पनि कहालि लाग्छ । त्यसैले यस प्रसँगलाइ पनि सुरुवातमै बन्द गरिदिएँ । किनकी अझै धेरै सुनाएर तपाइँको नवनियुक्तिलाई तितो पार्न म चाहँदिन । रमाइलो गर्नुस् । 

प्रधानमन्त्री ज्यूँ, यो पत्रमा माथिको छोटो प्रसँग सूनाउनूको कारण तपाई फेरि त्यो कूर्सि र पावरमा पूग्नू भएको छ । फेरि तपाईलाई एक पटक समयले फर्केर हेरेको छ । मौक़ा आएको छ, आफ्नो गल्तिको पश्चाताप गर्ने। सक्नूहून्छ भने गएर पूछिदिनूस् ति बूढि आमाको बर्षौँदेखि आफ्नो छोरालाई सम्झेर बगाएका ति बलिन्द्र धारा आँशु जस्को छोरालाई तपाईहरूले जबर्जस्ति आन्दोलनमा लाँदा शहीद बनेका थिए । अनि तपाईहरूले गोलि ठोकि मारेका ति गरिबका छोराछोरी र विवाह मण्डपबाटै सिउदो उजाडिएको ति एकल महिलाको कहालि लाग्दो जीवनको अध्ययन गर्नूस् । अनि यता साउदि अरबमा ५० डिग्रीको घाममा ज्यानको बाजि राखेर काम गर्दै गरेको त्यो श्यामेको बारेमा पनि बूझ्नूस । तपाईमा अलिकति पनि जनताको मायाँ छ भने ९ महिना सानो  अबधि पक्कैपनि  हैन गरेर देखाउनुस र आफ्नो कलंक सफा पार्नुस् । अन्यथा आज जे हुनुहुन्छ भोलि त्यो पनि सकिएपछी तपाइँको परिचयनै गुम्ने डर मलाई छ । 

यतिकैमा कलम बन्द गर्न बाध्य छु प्रधानमन्त्री ज्यु । किनकी १८ घण्टा मरिमेटेर प्रदेशमा केहि कमाउने र देशलाई जेनतेन निर्भर बनाउने कर्तब्यमा तल्लिन छु, त्यसैले मेरो समय निकै महत्वपूर्ण छ ।

हवस् त अहिलेलाई कलम बन्द गर्ने अनूमति चाहान्छू। 

जय देश,


– दिनेस सिलवाल ( सलाङ, धादिङ ) 

हाल : टोकियो जापान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु