पढ्न करिब 7 मिनेट लाग्छ

राष्ट्रिय आविष्कार केन्द्रका लागि सरकारसँग सहयोग नमाग्ने महावीरको घोषणा, राष्ट्रिय आविष्कार केन्द्र अभियानप्रति फैलिएको भ्रम चिर्न महावीर पुनको अपिल

- भरतराज उप्रेती |

सरकारबाट सहयोग आउँदैन भन्ने भएपछि सरकारबाट कुनै सहयोग नमाग्ने बताउँदै सूचना प्रविधिका अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि आफ्नो २८ रोपनी व्यक्तिगत जग्गा दान दिने घोषणा समेत गरिसकेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरेर सूचना प्रविधि बेतारे प्रविधिका हस्ती महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना र सञ्चालनका लागि नेपाल सरकारसँग १ रुपैंया पनि नलिने घोषणा गरेका छन् ।

असार अन्तिमसम्म सरकारले सहयोग गर्छ भन्ने आश गरेपनि २६ गतेदेखि सरकारबाट सहयोग आउँदैन भन्ने भएपछि असार २९ गतेबाट राष्टिय अभियानमार्फत जनताको ढोकामा गइसकेको बताउदै पुनले भने, ‘म जे बोल्छु त्यो गर्छु, त्यसैले अब सरकारसँग सहयोग माग्न जाँदिन ।’ अहिलेको र निकट भविश्यमा बन्ने सरकारबाट पनि सहयोगको अपेक्षा नगर्ने बताउदै नागरिकको हैसियतले सरकारले सहयोग माग्यो भने अहिले पनि सहयोग गर्न म तयार छु’ तर राष्टिय आविष्कार केन्द्रका नाममा सरकारसँग सहयोग माग्दिन पुनले स्पष्ट पारे ।

सरकारको सहयोग नलिनुको कारण यस्तो

राष्टिय आविष्कार केन्द्र स्थापनका लागि सरकारको ढोका छोडेर जनताको दैलो अभियानमा जाँदा १ करोडको रुपैयाँ जम्मा भइसकेपछि महावीर पुनले सरकारको सहयोग नलिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत पुनले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलमाथि आफुसँग गर्दै नगरेको कुरा गरेर मिडियाबाजी गरेको दाबी गरे ।

अर्थमन्त्री पौडेलले बोलाएपछि अर्थ मन्त्रालय गएको र त्यो भेटमा पौडेलले सरकारले सक्दो सहयोग गर्ने बताउदै फोनमै कुरा गर्दा हुन्छ भनेका थिए तर, त्यसपछि फोनमा एकपटक पजि कुरा भएको छैन र अहिले पौडेलले ५ करोड दिन्छु भन्दा अस्वीकार गरेको भन्दै मिडियाबाजी गरिरहनु भएको छ । अचम्म लाग्यो महावीर पुनले भने ।

आफू गाउँमा भएको बेला अर्थात साउन पहिलो साता विज्ञान मन्त्रालयका कर्मचारीले ‘सरकार सहयोग गर्न तयार छ, तपाई आवेदन दिन आउनुहोस्’ भन्दै फोन गरेको सत्य हो र मैले भने, कति सहयोग गर्ने हो ? त्यसपछि फोन विज्ञानमन्त्रीले उठाउनभयो र मन्त्री ज्यूले पनि आवेदन दिनुहोस् भन्नुभयो । फेरि मैले कति भनेर सोध्दा ५ करोड सहयोग दिने भन्नुभयो । मैले यति रकमले राष्टिय आविष्कारको परिकल्पना पूरा हुदैन भनिदिए ।

राष्ट्रिय अनुसन्धान केन्द्रलाई नेपालको विकासका लागि प्रयोगमा ल्गाउने हो भने ५ १० करोडले केही नहुने कुरा आफुले बाबुराम भटराईकै पालामा भनिदिएको हुँ र तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई राष्टिय आविष्कार केन्द्रका लागि सरकारले दिने सहयोग कति हो, की सहयोग गर्न सक्तैन त्यसको स्पष्ट जवाफ चाहियो भनेको पत्रकार सम्मेलनमार्फत पुनले जानकारी गराए ।

राष्टिय आविष्कार केन्द्रको लागि सञ्चालित अभियानप्रति अहिले शंका उपशंका उब्जिनु स्वभाविक भएको पुनले बताए । नेपालमा योजनाहरु देखाएर ठगी गर्ने प्रवृत्ति हावी भएकोले आशंका गर्नु स्वभाविक हो तर, आफूले ठगी गर्ने नियतले राष्टिय आविष्कार केन्द्र स्थापना अभियान नगरेकोले ढुक्क भएर सहयोग गर्न सूचना प्रविधि अभियन्ता पुनले सबै नेपालीलाई अनुरोध गरे ।

प्रतिभावान र क्षमता भएका युवाहरुलाई राष्टिय आविष्कार केन्द्रले हौसला प्रोत्साहन नभई अवसर र देश विकासको लागि उसको प्रतिभा क्षमतलाई प्रयोगमा ल्याउने काम गरेरै देखाउनेछ । विज्ञान प्रविधिमा अनुसन्धानसँगै प्रविधि प्रयोगको प्लेटफर्म दिने काम आविष्कार केन्द्रको हुनेछ । त्यसैले विज्ञान प्रविधिको यो राष्टिय अभियानमा सबै हातेमालो गरेर अगाडी बढौं । काम गर्नेलाई गर्न दिऔं हतोत्साही नपारौं, राष्टिय आविष्कार केन्द्र स्थापना अभियानमा होमिएका सूचना प्रविधिका अभियन्ता पुनको यही अपिल छ सबै प्यारा नेपालीहरुलाई ।

महावीर पुनको अपिल: राष्ट्रिय आविष्कार केन्द्र अभियानप्रति फैलिएको भ्रम चिर्न

अब म राष्ट्रिय आविष्कार केन्द्रको मोडेल बनाउने र दर्ता गर्ने काम कसरि भएको थियो र कसले गरेको थियो भनेर भोली आउन नसक्ने श्रोताहरुलाई अबगत गराउन चाहान्छु । पढ्नु होस र प्रष्ट भएन भने इमेल गर्नुहोस् ।

चार बर्ष अगाडी मैले अनुसन्धान केन्द्रको अबधारणा बनाएर नेपाल सरकारलाई बुझाए पछि सबैले सो अबधारणा लाई ज्यादै मन पराउनु भयो । त्यसपछि सो कार्यक्रमलाई कुन मोडेलमा बनाउने र कसरी संचालन गर्ने भन्ने कुरा निर्णय गर्नको लागी त्यति बेलाको अर्थ सचिब कृष्णहरी बास्कोटाजीले एउटा टिम बनाइ दिनु भयो । सो टिममा कानुन मन्त्रालयका सहसचिब कमलसाली घिमिरेज्यू, अर्थ मंत्रालायको बजेट महाशाखाको सह सचिब लोक दर्शन रेग्मी र प्रधानमन्त्री कार्यालयको कानुनी सहसचिब रमेश ढकाल हुनु हुन्थ्यो । पछि कम्पनी रजिस्ट्रार कार्यालयको सह रजिस्ट्रार टेक प्रसाद पुलामीज्यू लाई पनि सो टिममा राखिएको थियो । हाल कमलसाली घिमिरेजी प्रधान मन्त्री कार्यालयमा सचिब हुनु हुन्छ र लोक दर्शन रेग्मीजी अर्थ मन्त्रालयमा अर्थ सचिब हुनु हुन्छ ।

तिन चरणको छलफल पछि त्यति बेला उहाँहरुको सुझाब र सहयोगमा मुनाफा वितरण नगर्ने कम्पनी भनेर स्थापना गर्दा उत्तम हुन्छ भनेर राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरिएको हो । त्यसको प्रबन्ध पत्र र नियमावलीको सबै खाका उहाँहरुले नै बनाउनु भएको हो । त्यसपछि लोकदर्शन रेग्मीजीले उहाँले चिनेको अधिबक्ता बिष्णुमणी अधिकारीजीलाई सहयोगको लागी अनुरोध गर्नु भयो र बिष्णुमणी अधिकारीजी ले प्रबन्धपत्र र नियमावली तयार पारेर दिनु भयो । यसरी राष्ट्रिय आविष्कार केन्द्र स्थापना भएको थियो ।

यो मुनाफा वितरण नगर्ने कम्पनी भन्ने कुरा धेरै लाई थाहा नहुन पनि सक्छ । यो केहि व्यक्तिहरु मिलेर खोलेको प्राइभेट लिमिटेड कम्पनी जस्तो होइन । यसमा कसैको शेयर हुँदैन, संस्थापक सदस्यहरुले तलब भत्ता र कुनै सुबिधा लिन पाउंदैनन, यसको नाफा राष्ट्र कै बिकासमा अनिबार्य रुपमा लगाउनु पर्दछ, यसको सदस्यताको हस्तान्तरण छोरा छोरी, श्रीमती वा अन्य कसैलाई पनि हुँदैन भन्ने कुराहरु हिजो पनि भने कै हो ।

सो केन्द्र स्थापना गर्दा अन्य चार जना संस्थापक सदस्यहरुलाई मेरो बिशेष अनुरोधमा राखिएको थियो । उहाँहरु डा. डम्बर नेपाली (जलविद्युत विशेषज्ञ), पुर्ब अर्थ सचिब रामेश्वर खनाल (अर्थ विशेषज्ञ), डा. दिनेश भुजु (बैज्ञानिक) र डा. प्रमोद ढकाल (बैज्ञानिक र खुला बिश्व बिद्यालयको अभियन्ता) हुनु हुन्छ । रामेश्वर खनालजी ले पहिला त व्यस्त छु भनेर मान्नु भएको थिएन तर मेरो बिशेष अनुरोधमा केहि समय सम्मको लागि सहयोग गर्छु भनेर बोर्डमा सदस्य बस्न मान्नु भएको हो । त्यति बेला उहाँ राजनीतिमा लाग्नु भएको थिएन ।

यति कुरा भन्दा पनि कसैको चित्त बुझ्दैन र अझै पनि शंका गर्नु हुन्छ भने मेरो केहि भन्नु छैन । मैले online khabar को भाई अरुण बराल लाई भेट्नको लागी दुई पटक सम्म इमेल लेखेको हो र फोन गर्न भनेको हो । केहि खबर गरेका छैनन् । यो कुरा मैले उनलाई इमेलमा पनि पठाएको छु । आजलाइ यति नै । धन्यबाद । कुरा सोध्नु परेमा ९८४१५९२३६१ मा फोन गर्नु होला मलाइ ।