2026-10-17 08:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि पनि हामी जनता भन्दैछौं नेता ज्यू, नमस्कार !

हामी जनता भन्दैछौं नेता ज्यू, नमस्कार !

कोरोनाका महामारीमा उपचार र खोपको भइरहेको छ हाहाकार !!

जनताहरु लाई खाना लाउन खर्च धान्न धौधौ हुँदै बढदै छन् बेरोजगार !

लकडाउनको खुल्ला सडकमा हुइक्याउदै छन् नेता ज्यू हरु चिल्लो चिल्लो कार !!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

संसदमा मुख्यमन्त्री र प्रधानमन्त्री बन्न कुर्सीका लागि हुँदैछ मारामार !!

नेताहरु को झैझगडा र लफडा हेर्दा जनताहरु दर्शक जस्तो नेताहरु चाहिं कलाकार !

कार्यकर्तालाई मक्ख बनाउन बाँढिदैछ मन्त्री र राजदूत पद को पुरस्कार !!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

सरकारी कार्यालय तथा राज्यका विभिन्न निकायमा बढदै छ भ्रस्टाचार !!

कसैले भ्रस्टाचार गरेमा जो कोहि वा आफ्नै लाई पनि छोडदिन भन्दैछन सरकार ! 

नेपालीको लागि अन्तरास्ट्रिय विमानस्थल बन्द गर्दै भारतीय जनताहरु को गर्दैछन उद्दार !!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

चुनावका समय भोट माग्न घर घर गइ जनता लाई गर्छन् नमस्कार !!

जनताको भोट पाई जितेर राजधानी छिरेपछि हुन्छन तेहि जनता तिरस्कार !  

देश र जनता बिर्सी आफ्नै हित हुने गर्छन् पैसा कमाउने राजनीति ब्यापार !!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

विश्वका बिकसित मुलुकहरु गर्दैछन नयाँ नयाँ आविष्कार !! 

नेपालमा चाहिँ बिर्सिदै छन् नेताहरु आफ्नो जिम्मेवारी र संस्कार !

हामी जनता देश विकास भयो भन्दै खुसि हुदै हेर्छौ केबुलकार !!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

देशमा बढीरहेका छन चोरी, तस्करी, अपराधका घटना र बलात्कार !!

महामारीमा पनि नेताहरु सङ्ग नजिक हुने ब्यापारी को चल्दैछ मारामार ब्यापार !

फेरि पनि हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !!

लेखक : बिनय तिमल्सिना


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु