मनोज बोहोरा | श्रृीजनशील, जोश जागर, शाहष, अनि धेरै राम्रा विशेषणका पर्याय हुन आजका युवाहरु । तर आज युवाको वास्तविक पिडालाई नजिकबाट सरकारले आत्मासात गरेको महसुस अझ गर्न सकेको छैनन् म लगायतका युवा पुस्ताहरु । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज बोहोरा | श्रृीजनशील, जोश जागर, शाहष, अनि धेरै राम्रा विशेषणका पर्याय हुन आजका युवाहरु । तर आज युवाको वास्तविक पिडालाई नजिकबाट सरकारले आत्मासात गरेको महसुस अझ गर्न सकेको छैनन् म लगायतका युवा पुस्ताहरु । 

2026-10-17 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तराष्ट्रिय युवा दिवस, ‘… हर्ष न बिष्मात’ !

मनोज बोहोरा | श्रृीजनशील, जोश जागर, शाहष, अनि धेरै राम्रा विशेषणका पर्याय हुन आजका युवाहरु । तर आज युवाको वास्तविक पिडालाई नजिकबाट सरकारले आत्मासात गरेको महसुस अझ गर्न सकेको छैनन् म लगायतका युवा पुस्ताहरु । 

अन्तराष्ट्रिय युवा दिवसले सोचमग्न बनायो मलाई । हामी युवा पढ्दा पास–फेलको पीर, पढाई सक्दा जागीरको । यस्तो पिडाबाट पिडित नहुने शायद कमै होलान् । संविधान जारी भएसँगै रोजगारको प्रतिबद्धता अनुभव गरेका अधिकांश युवा अहिले पनि रोजगारी पाउनेमा ढुक्क हुन भने सकेका छैनन् । बेरोजगार भएर के बस्नु भनेर विदेशीनेको संख्या अधिकांश छ । सामान्य लेखपढ गर्न जान्नेका लागि त बेरोजगारीको आफ्नै पिडा थिए, अब त शिक्षित बेरोजगारको समस्याले देशबाट बिस्तारी दक्ष जनशक्ति दिनानुदिन विदेशिनु पर्ने आफ्नै मर्मस्पर्शी एवंहृदय-विदारक सत्यताबाट सबै जानकार नै छन् । शिक्षित बेरोजगार कसलाई भनिन्छ ? यसबारे केहि व्याख्या गरिन् मैले किनकी यसको वास्तविक पिडा धेरैले नजिकबाट नियालेका छन् । जीवनभरको खाई न खाईको लगानी को प्रतिफल पर्खिएर बसेका ति आशावादी अभिभावकलाई शिक्षित बेरोजगारका पिडा नजिकबाट थाहा छन् । शिक्षित बेरोजगारका आफ्नै पिडा छन् । प्राय सबैका पिडाहरु मिल्दाजुल्दा जस्ता देखिन्छन् । 

बाल्यावस्थामा  भविष्यको सुन्दर कल्पना गर्दा जति मिठास पाउथ्यौ, त्यो मिठास आज यथार्थको धरातालमा उभिदा धेरैलाई विषाद बन्ने गरेको यथार्थ हामी माझ छ । आखिरमा हाम्रो सरकारले, अभिभावकले शिक्षामा गरेको लगानीको प्रतिफल यही नै हो त । शिक्षाले मान्छेलाई शिक्षितसँगसँगै स्वाभलम्बी बनाउनु पर्नेमा यहाँ त केबल शिक्षाले जागिरका लागि आवेदन भर्न सर्टिपिकेट हातमा थमथमाउने गरेको छ । हरेक अभिभावक यही चाहन्छ कि आफ्ना सन्ततिले समाजमा नामसँग-सँगै राम्रो दाम पनि कमाओस् तर यहाँको यथार्थ एवं तीतो वास्तविकताका आफ्नै मर्म स्पर्शी बेदना र अलिखित गुनासाहरु छन् । पढ्दा पास फेलको पीर, पढाई सक्दा जागीर खोज्दा उठ्ने रिसले पिडित नभएका कमै भेटिन्छन् । सकी नसकी अभिभावकका लगानीको प्रतिफल भित्राउने बेलामा आज अभिभावक पनि स्वयं बेरोजगारको पिडा देखेर पिडित छन् ।

देशमा रोजगारीको सृजना गरिने वातावरण बनाउन सरकारबाट कुनै प्रभावकारी पहल नै पो भएको छ । व्यवहारीक एवं प्रयोगात्मक शिक्षा हाम्रा स्कूल कलेजले दिएँ पक्कै पनि हामी जस्ता हजारौ विद्यार्थी आज यसरी लक्ष्यहीन भएर हिडनु पर्देन थियो कि ? कुन जागिर कहाँ कहिले भेट्छु त्यही दिन मेरो लक्ष्य यो हो भनेर भन्नु शिवाय के नै पो गर्न सक्छु र म । शिक्षित बेरोजगारहरुले यस विषयमा एक पटक मनन गर्न अति जरुरी एवं सान्दर्भिक देखिन्छ । यस्ता विविध समस्याहरु माझ आज देशका युवा बेरोजगारीका समस्यामा पिरोलिरहेका छन् । सरकारले रेलको, पानीजहाज, पेट्रोल खानीको सपनाका कुरा गरिरहदा नेपाललाई प्रमुख रोजगारको केन्द्र बनाउने सपनाको कुरा सुन्न पाउँदा एकछिनका लागि भए नि हामी खुसी हुने बाहाना भेटाउथ्यौँ । तर सरकार मस्त निन्द्रामा छ जस्तो देखिन्छ । मजस्ता बेरोजगार युवाका वास्तविक पिडालाई सम्बोधन गरोस् सरकारले नत्र विदेशीनका लागि भिसा दिए हामी युवाहरु बेरोजगारीको मुकुट लाएर त हिड्नु पर्देन थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु