सोनु कुमार सुनार | (प्युठान धर्मावति घर भएका मिनराज भण्डारी साउदीमा बैदेशिक रोजगारमा कार्यरत छन । त्यँहा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सोनु कुमार सुनार | (प्युठान धर्मावति घर भएका मिनराज भण्डारी साउदीमा बैदेशिक रोजगारमा कार्यरत छन । त्यँहा का"/>
2026-10-17 09:24 AM
काठमाडौँ - KTM

साउदीबाट मिनराज भण्डारी भन्छन्- नेताज्यु विदेशमा आएर भाषण मात्र किन ?

सोनु कुमार सुनार | (प्युठान धर्मावति घर भएका मिनराज भण्डारी साउदीमा बैदेशिक रोजगारमा कार्यरत छन । त्यँहा कार्यरत रहँदा उनले दिन दहाडै नेपाली युवाहरु को हत्या भएको, विचल्लीमा परेको , जेल परेको र अनेक दुख झेलेको आफ्नै आँखाले प्रत्यक्ष देखिरहेका छन । रोजीरोटीको खोजीमा त्यँहा पुगेका भण्डारी आफ्नो सपना पुरा हुनेमा ढुक्क छैनन बरु कहिले कुन समस्यामा अल्झिनूपर्नेहो भन्ने त्रास मा काम गरिरहेका छन । अर्कातिर विदेशमा नेपालका पार्टीका संगठक हरु जाने र लम्बेतान राजनितीक भाषण गरेको सुन्दा उनलाई निकै दुख लाग्ने गर्दछ । उनी भन्छन हामीलाई राजनितीक भाषण होइन अलपत्र युवा हरुको उद्धार र देश भित्रै रोजगारीको अवसर चाहियो । यही असन्तुष्टीलाई उनी आफ्नै शव्दमा व्यक्त गरेका छन र खाडीबाट नेपालका  नेताहरुलाई केही भन्न खोजेका छन । )

– नेपाली युवा हरु लाइ पार्टी हरुले राजनीति को हतियार बनाइरहेका छन । आज किन कि नेपाली ५० लाख युवाहरु खाडि र युरोपियन मुलुक हरुमा आफ्नो श्रम बेचेर संघर्ष गरिरहेका छन । विदेशमै पनी राजनितिक पार्टीहरुका भाषणहरु सुनिन्छ तर किन भाषण मात्र गरेर प्रवासमा आमन्त्रीत नेता ज्यु हरुले हामीलाई तर्साउनु हुन्छ ? यँहा आएर विभिन्न होटेलहरुमा सेनिमानार गोष्ठी मा राजनितीक पुराण सुनाउदै तपाईहरुले गर्ने संगठन विस्तारको कुनै अर्थ रहँदैन जवकी राजनितीक संगठन हरुले विदेशमा दुख पाएका नेपालीहरुको उद्धार र नेपालमै रोजगारीको बाताबरण बनाउन को लागी सरकार सँग पहल गर्दैनन ।  हामी विदेशिएका युवा हरुले पनी ध्यान दिनु पर्ने कुरा के छ भने दुख सँग श्रम गरेको पैसा चन्दा उठाएर कांग्रेस , एमाले , माओबादी , नयाँशक्ति नेपालका नेताहरुलाई होटेलहरुमा डाकेर संगठन विस्तार गर्ने तर प्रवासी युवाहरुको पिरमर्का र हक हित को लागी दुतावास र नेपाल सरकार लाई दवाब देउ भनेर ति पार्टी हरुलाई भन्ने की नभन्ने ? यो गम्भिर कुरा हो । प्रवास का थुप्रै देशहरुमा विभिन्न पार्टीहरुले आआफ्ना संगठन हरु खोलेका छन तर ति संगठन हरु निस्काम जस्तै छन विदेशिएका युवाहरुको हक हित को सवालमा ।  

विदेशमा आएर ठुला ठुला कन्फ्रेन्स गर्ने नेता ज्यु हरुलाई मेरो प्रश्न छ तपाइहरु कहिल्यै कति नेपाली विदेशमा अलपत्र छन, कति जेलमा छन, कति भोकै छन, कति बेपत्ता छन त्यसबारेमा खोजीनिती गर्नुभयो ?  यदी तपाईहरु (नेता ज्यू) ले प्रदेशमा दु:ख पाएका युवाहरुलाई सम्बन्धीत देश र नेपाल सरकारसँग समन्वय गरेर उद्धार गर्ने काम गर्नुभयो भने यँहा कसैलाइ संगठन विस्तार गरिरहनु पर्ने जरुरी रहँदैन । हामी नेपाली हो , नेपाल लाई माया गर्छौ र नेपालका राजनितीक पार्टीहरुलाई पनि । राम्रो काम गर्नेहरु संगठन बनाउनलाई मान्छे खोजीरहनु पर्दैन ।  अन्तत खाडी तथा युरोपिएन कन्ट्रीहरुमा भएका नेपाली युवा हरुको स्थिती के छ ? त्यसको अध्ययन गरी उद्धार सहयोग र सकेसम्म नेपालमै रोजगारी नयाँ संभावना सहित देशविकासको लागी सरकारलाई दवाव दिन सवै पार्टीका नेताहरुलाई अनुरोध छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु