2026-09-04 07:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले फेरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्नुको अर्थ के?

–भीम भुर्तेल | 

पछिल्लो समय माओवादी केन्द्रबाट प्रत्यक्ष जित्ने नेताहरू छैनन् भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आंकलन छ। यस्तो अवस्थामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने उनलाई त फाइदा नै हुन्छ नि!

देशभरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने त उनले पार्टी ठिक ठाउँमा राख्न सक्ने भए, कसलाई सांसद बनाउने, कसलाई नबनाउने भन्ने त उनले निर्णय गर्ने भए। चुनावमा माओवादी केन्द्रको केही मत त आउँछ नै। अहिलेको स्थिति हेर्दा प्रत्यक्षतर्फ माओवादी केन्द्रबाट जति सांसद चुनिन्छन्, समानुपातिकबाट त अवश्य नै त्यो संख्या बढी हुन्छ।

चुनावमा एउटै पार्टीले बहुमत ल्याउन सक्ने सहज स्थिति अहिले छैन। माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी नभए पनि तेस्रो वा चौथो पार्टी बन्न सक्छ। त्यसैले, एउटै पार्टीको सरकार बन्न नसक्ने अवस्थामा म ‘किङ मेकर’ बन्न सक्छु भन्ने प्रचण्डको ठम्याइँ हुन सक्छ। यसरी पार्टी प्रचण्डको नियन्त्रणमा रहन्छ र सरकारलाई पनि उनले नै घुमाउन सक्छन्। 

त्यस्तो अवस्थामा सरकार गठनका लागि सबैले प्रचण्डलाई जिउहजुर गर्नुपर्ने अवस्था आउन सक्छ। प्रचण्डको आफ्नै चाहना पनि पार्टी र सरकारको तालाचाबी आफ्नो हातबाट नफुत्कियोस्, सदैव आफूसँगै रहोस् भन्ने हो। यसो गर्दा पार्टीभित्रका गुटहरूसँग डिल गर्न पनि सहज हुन्छ।

प्रचण्डले मुलुकका जनजाति, मधेसी, थारु, मुस्लिमलगायत अल्पसंख्यकहरूको उचित प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको जिकिर गर्दै आएका छन्। उनले सकेसम्म यसको औचित्य प्रस्ट पार्ने जमर्को पनि गर्छन्। तर, हुने के भने यो निर्वाचन लागू हुने हो भने त माआवादी केन्द्रको ‘कन्स्टिच्युन्सी’ विस्तार हुने भयो।

कांग्रेस र एमालेको आफ्नो पारा छ। कांग्रेसमा सात सालदेखि पन्ध्र सालसम्म जुन परिवारको इन्फ्लुयन्स भयो, अहिले पनि तिनै परिवारको पार्टीभित्र होल्ड छ कि पैसावाल घरानियाँहरूको। एमालेमा चाहिँ २०३८ सालपछि पार्टी कब्जा गर्नेहरूको बोलवाला छ। २०३८ मा माले महासचिवबाट सीपी मैनालीलाई कारबाही गरिएपछि जो–जो शक्तिमा आए, अहिले पनि पार्टीभित्र उनीहरूकै बोलवाला छ। 

मैले पहिलेदेखि नै भन्दै आएको छु–द्वन्द्वको बारेमा। एलिटहरूको ‘इन्ट्रेस्ट’माथि क्लास भयो भने द्वन्द्व हुन्छ र ‘हार्मोनी’ भयो भने पिस हुन्छ। अहिले प्रचण्डको कुरा पनि अब उनको इन्ट्रेस्टमा क्लास हुने भएमा समाजमा उनले यस्ता कुरा गर्छन्। खाने–मिल्ने, भागबन्डा गर्ने कुरामा एउटै हुन्छन्। वास्तवमा चुरो कुरो चाहिँ यो हो।

प्रचण्डले बेला–बेलामा फन्डा ल्याउँछन्। चुनाव ‘पिपुल्स च्वाइस’ भएपछि त्यहाँ पनि केही न केही कुरा त फ्याँक्नै प¥यो, उनले त्यही मात्र गरेका हुन्। एक हिसाबले हेर्दा त माओवादी केन्द्र अधोगतितिर गइरहेको छ, कतै यसलाई उकास्न सकिहालिन्छ कि भनेर पनि उनले विभिन्न फन्डा ल्याएको हुन सक्छ। 

प्रचण्डले पूर्ण समानुपातिक चुनाव प्रणाली भने पनि व्यवहारतः यसलाई लागू गर्न मुस्किल छ। दुई तिहाइले संविधान संशोधन गरी संविधानमै पूर्ण समानुपातिक निर्वाचन प्रणाली व्यवस्था गरेर मात्र यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ, जुन अहिलेको अवस्थामा सम्भव छैन। त्यसो त प्रचण्डलाई ‘सेफ ल्यान्डिङ’का लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहियो भन्दैमा कांग्रेस र एमालेले काँध थाप्ने अवस्था पनि छैन।

प्रचण्ड स्वयंलाई पनि यो एजेन्डा लागू हुँदैन भन्ने थाहा छ। तर, चुनावमा जान त केही न केही एजेन्डा वा प्रोपोगन्डा त चाहियो, त्यही भएर पनि पछिल्ला दिनमा विभिन्न सार्वजनिक कार्यक्रममा उनले अभिव्यक्ति दिएका हुन सक्छन्। त्यसो त चुनावसम्म यो एजेन्डा उचालेर फेरि उनी जनजाति, मधेसी, थारु, दलित आदिको सेन्टिमेन्ट ‘क्यास’ गर्न चाहन्छन्। अनि, यस्ता फरक–फरक एजेन्डाले अरुको ध्यान पनि तान्छ भने उनको निचोड हुनसक्छ।

(कुराकानीमा आधारित) 

(यो लेखकको निजी विचार हो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ