2026-09-04 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता, ठेकेदार, सडक र यात्रु


अनिल अधिकारी | नेता वा ठेकेदार व्यक्ति बिशेषसँग जोडिने कुरा हो त्यसैले सडकको हाल बेहाल बनाउनुमा मुख्य कारक नै नेता र ठेकेदार हुन् । जब सडक गतिलो बन्दैन तब उपभोक्ता निरन्तर त्यसको शिकार बन्नुपरेको छ । नेता र ठेकेदारकै स्वार्थले सडक गतिलो बन्दैन र त्यसैको सिकार निर्दोष नागरिक मारिन्छन् वा अंगभंग बन्छन् । 

आजकाल केहि स्वार्थीहरुको कारण दैनिक लाखौँ जनताले दु:ख वा पीडा भोग्नु परेको अवस्था छ । जुन कुरालाई सबैले बुझेर पनि बुझ पचाएको जस्तो देखिन्छ । धेरै योजनाहरु ठेकेदारले तोकेको समयमा बनाउदैनन् । दुइ बर्षमा बन्ने सडकको लागि म्याद थपाई-थपाई १० बर्ष लगाइन्छ । जुन अबधिसम्ममा अघि-अघि बाटो बन्दै जान्छ त्यसैको अनुरुप पछीपछी बाटो भत्किदै जान्छ । अनि फेरी काम सक्नुपहिले नै उही असफल ठेकेदारले अर्को ठेक्का पाउँछ । 

मैले शिर्षकमा ठेकेदार र नेताको ग्र्याण्ड मोडल डिजाइन गर्नुको कारण हरेक नेपालीले बुझीसकेको कुरा हो । सडक निर्माणमा कति घोटाला हुन्छ, ठेकेदारले कसरी ठेक्का पाउँछन् र त्यसमा नेताको भूमिका के हुन्छ भन्ने कुरा प्राय धेरैले शंका गरेकै बिषय हो र त्यो शंका बास्तबिकता पनि हो । 

सडक बिकास गर्ने धेरै मोडलहरु छन् तर कार्यान्वयनमा किन गलत बाटो नै रोजिन्छ त ? भन्ने कुराको सिधा र प्रष्ट उदाहरण छ । त्यो हो, परम्परागत बाटोमा स्वार्थ पुरा हुन्छ । नयाँ मोडल लागु गर्दा निस्वार्थी र बिकासबादी हुनु अनिवार्य हुन्छ, जुन कुरा ९९% नेतामा लागु हुँदैन । पेशाले नै राजनीति अंगाल्ने उहाँहरुको घरपरिवार धान्नकै लागि वा निहित स्वार्थपूर्तिको लागि राम्रा सडक बन्दैनन्, राम्रा बिकासका योजनाहरु अलपत्र पर्छन । राजनीतिक वा व्यक्तिगत स्वार्थ हावी हुँदा अधिकांश बिकासका कामहरुले शतप्रतिशत प्रतिफल दिदैन । 

असारे बिकास एक महिना चल्छ । अनि बर्षाको पानीसंगै बग्छ । फेरी अर्को बर्ष बिकास हुन्छ, फेरी पनि बर्षामै बग्छ । यसरी हरेक बर्ष निरन्तर बगिरहन्छ, 'अविरल बग्दछ इन्द्रावती' भनेझैँ । कसलाई हेक्का छ ? बिकास बग्दा निकास बग्छ । समृद्धि बग्छ । 

अझ आजकाल जता पनि बिगार्ने बीचको मान्छे 'बिचौलिया' । यसैको मारमा सडक र यात्रु निरन्तर पेलिएका छन् । बिकासको लागि बजेट पुगेका छन् तर ९० प्रतिशत भन्दा बढी बजेट गलत समय र गलत व्यक्तिको हातमा पुग्छन् । तब बिकासले फड्को मार्न सक्दैन । नीति बनेका छन् कार्यान्वयन गर्ने निकायनै निहित स्वार्थमा लागेपछि त्यसले गलत रुप लिन्छ । 

बजेट निरन्तर बगेको बग्यै छ, कतै बाटो बनाइदैछ, कतै ढल खनिदैछ, तर त्यो काम कति पुस्तापछी सकिन्छ भन्न सकिन्न । सडक निर्माणको कार्य हिउँदमा गरिए यस्तो अवस्था आउने थिएन भन्ने हेक्का कसैलाई छैन । देशभरका ग्रामिण सडकको हाल बेहाल अवस्थामा छ । ग्रामीण सडक बर्षामा २/३ महिना बन्द हुन्छ भने बर्षभरी बिभिन्न रोकतोकको अवस्था कायम रहन्छन । बजेट बर्षेनी जान्छन तर त्यसको दिर्घकालिन सामाधानको उपाय सोचिन्न वा जानेर पनि गरिन्न । 

ठेकेदारलाई जुन बिकास योजना निर्माणको जिम्मा दिईएको हुन्छ, त्यसलाई कडाई गरिन्न, उसलाई त्यो समयमा जे-जे पोलिसी तोकिएका छन् त्यो पुरा गर्नैपर्ने भन्ने अनिवार्य गरिन्न । बरू उल्टो उसँग बार्गेनिंग हुन्छ र उसैलाई सहयोग गरिन्छ । काम गर्न नसकेपछी फुकुवा गर्नेसम्मको सेटिंग मिलाइन्छ वा झनै थपेर बजेट दिइन्छ । जस कामको लागि कर्मचारीदेखि नेता, मन्त्रीसम्म मुछिन्छन् । …. अनि जतिसुकै गलत काम गरेपनि उनीहरु 'सेफल्याण्ड'मा हुन्छन तर 'डेन्जरल्याण्ड'मा रहेका ड्राइभर र यात्रुहरु कतिखेर कहाँ गएर जाकिने वा ठोक्किने हो भन्नेमा हरेक खाल्टाखुल्टि र अफ्त्याराहरुमा भगवान पुकार्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ