2026-08-14 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाने तीन चौथाइ कामदार ‘अदक्ष’

फागुन ४, काठमाडौँ । दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुग्नुभएका धनुषाका ३० वर्षीय रोशन गोलेको अचानक मृत्यु भयो । राति खाना खाएर सकुशल सुत्नुभएका उहाँ बिहान अबेलासम्म नउठेपछि साथीहरू बोलाउन गए पनि उहाँको मृत्यु भइसकेको थियो । उहाँको मृत्यु भएको थाहा पाएपछि उनीहरूले तत्काल परिवारलाई खबर गरिदिए ।  एक महिना बितिसक्दा पनि परिवारले शव नेपाल ल्याउन निकै सास्ती बेहोर्नुप¥यो । सेक्युरिटी गार्ड उहाँमा पहिले कुनै पनि स्वास्थ्य समस्या नभएको परिवारको जिकिर छ । शव ल्याउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएका मृतकका पिता नरबहादुरले भन्नुभयो, “यति छिट्टै छोराले छाडेर जाला भनेर हामीले कल्पना पनि गरेका थिएनौं।” 

छोराको मृत्युले सिङ्गो परिवार धान्ने खम्बा नै ढलेको उहाँ बताउनुहुन्छ । मृतक गोलेका परिवारमा बुवा, आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । रोशनको मृत्युसँगै पिता नरबहादुरलाई १०, पाँच र तीन वर्षका नातिनातिनाको शिक्षादीक्षाको चिन्ता त छ नै, साहुसँग लिएको रु  पाँच लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले समेत सताउन थालेको छ । छोरा विदेशमा हुँदा खासै राम्रो कमाइ नभएकाले पहिलेदेखि नै साहुसँग लिएको ऋण तिर्न नसकेको उहाँको भनाइ छ ।

क्षतिपूर्तिमा बिचौलियाको दबदबा

वैदेशिक रोजगारीका क्रममा चार वर्ष अगाडि दुबईमा मृत्यु भएका धनुषाका शैलेश चौधरीको परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध क्षतिपूर्तिले निकै राहत मिल्यो । सडक दुर्घटनामा परी घाइते भएका चौधरीको उपचारका क्रममा त्यहीँ मृत्यु भएको थियो । पाँच महिनापछि मात्र उहाँको शव नेपाल ल्याइएको थियो । 

मृतकको परिवारले बोर्डमार्फत उपलब्ध गराउँदै आएको क्षतिपूर्तिका लागि गाउँकै पदम भनिने पिन्टु साहमार्फत आवेदन दिएको थियो । आवेदन दिएको एक हप्तामै पीडित परिवारले क्षतिपूर्तिस्वरुप रु पाँच लाख पाएको थियो । सो रकमबाट साहुसँग लिएको रु चार लाख कर्जा चुक्ता गरिएको मृतककी श्रीमती जयन्ती साह बताउनुहुन्छ । बाँकी रकमबाट केही समय परिवार चलेको उहाँले सुनाउनुभयो । हाल उहाँले ज्याला मजदुरी गरेर पाँच जनाको परिवार धान्दै आउनुभएको छ ।

बोर्डले भने मृतकका परिवारलाई क्षतिपूर्तिबापत रु सात लाख उपलब्ध गराउँदै आए पनि  उहाँ सो विषयमा अनभिज्ञ देखिनुहुन्छ । यसरी हेर्दा पिण्टुले क्षतिपूर्ति लिन बिचौलियाको भूमिका खेलेर साहको परिवारसँग रु दुई लाख ठगी गरेको देखिन्छ । 

मृत्युको हिसाबकिताब   

पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा नेपालीको मृत्युको घटना बढ्न थालेको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७५\०७६ मा वैदेशिक रोजगारीका क्रममा पुरुष ३२१ र महिला १२ ले ज्यान गुमाएका थिए । मृतकमध्ये काठमाडौँ जिल्लाका कामदार सबैभन्दा बढी थिए । 

आव २०७६/०७७ मा अघिल्लो वर्षका तुलनामा मृतक दोब्बरभन्दा बढी थिए । सो वर्ष पुरुष ६६५ र महिला १४ जनाले ज्यान गुमाएका थिए । सो आवमा पनि सबैभन्दा बढी काठमाडौँका कामदारले ज्यान गुमाएका थिए ।   आव २०७७/७८ मा पुरुष एक हजार २१३ र महिला २९ जनाको मृत्यु भएको थियो । 

रोजगार बोर्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत मृतकको घरसम्म शव ढुवानी गर्दै आएको छ । बोर्डको शव ढुवानी तथ्याङ्कानुसार वैदेशिक रोजगारीका क्रममा हालसम्म सबैभन्दा बढी मलेसियामा नेपाली कामदारले ज्यान गुमाएका छन् । आव २०७५/७६ मा मलेसियामा २८२, कतारमा १३४, साउदी अरेबियामा २०६, संयुक्त अरब इमिरेट्समा ७९, कुवेतमा ३३, दक्षिण कोरियामा २०, बहराइनमा ११, ओमानमा नौ, जोर्डनमा तीन, माल्दिभ्समा दुई  तथा बङ्गलादेश र पोर्चुगलमा एक/एक जनाले ज्यान गुमाएका थिए । तिनमा पुरुष ७६५ र महिला १७ को मृत्यु भएको थियो । 

त्यस्तै आव २०७६/७७ मा मलेसियामा २१९, साउदी अरबमा १८, कतारमा १०७, युएईमा ९७, कुवेतमा ४२, ओमानमा छ तथा अफगानिस्तान र  साइप्रसमा दुईदुई जनाले ज्यान गुमाए । यसैगरी इजराइल, ब्रुनाइ, इराक, पोल्याण्ड, पोर्चुगल, रुस र अफगानिस्तानमा एक/एक जनाले ज्यान गुमाएका थिए । तिनमा पुरुष ६६५ र महिला १४ जनाको मृत्यु भएको थियो ।

आव २०७७/७८ मा माल्दिभ्सका सबैभन्दा बढी कामदारको शव ढुवानी गरिएको पाइएको छ । शव ढुवानीको तथ्याङ्कानुसार माल्दिभ्सका २४१, साउदी अरेबियाका २२७, कतारका १३८, युएईका ९२, मलेसियाका ६०, दक्षिण कोरियाका छ तथा ओमन र रोमानियाका दुई/दुई जना छन् ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट घरसम्म पु¥याउँदाको सम्पूर्ण खर्चको व्यवस्था बोर्डले नै गर्दै आएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्युको कारण लापरबाही

बोर्डको तथ्याङ्कानुसार वैदेशिक रोजगारीका क्रममा सबैभन्दा बढी कामदारकै लापरबाहीका कारण निधन हुने गरेको पाइएको छ । धेरैजसो कामदारको मृत्यु हुनाका कारणमा कामबाट फर्कनेबित्तिकै एसी चलाउने, चिसो पानी पिउने, चिसो पानीले नुहाउने र राति सुत्ने बेलामा अत्यधिक मदिरा सेवन गर्ने जस्ता गतिविधि भएको श्रेष्ठको भनाइ छ । 

बोर्डको तथ्याङ्कानुसार आव २०७७÷७८ मा प्राकृतिक कारणबाट ३४.३८, आत्महत्याबाट १९.९७, सडकमा दुर्घटनाबाट १३.७७, हृदयाघातबाट ११.२७ र कार्यस्थलमा दुर्घटनाबाट ९.५८ प्रतिशतको मृत्यु भएको थियो । यस्तै ८.३७ प्रतिशतको भने मृत्युको कारणबारे अनुसन्धान हुनै बाँकी छ । यस्तै २.०९ प्रतिशतको भने हत्या भएको पाइएको छ । रोगका कारण ०.१६  र अन्य कारणबाट ०.४० प्रतिशतको मृत्यु हुने गरेको पाइएको छ ।

मृत्यु हुनेमा धेरैजसो व्यक्तिगत रुपमा जाने नेपाली कामदार पाइएको श्रेष्ठले बताउनुभयो । व्यक्तिगत रुपमा नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि जानका  निरुत्साहन गर्न बोर्डले पूर्वप्रस्थान अभिमुखीकरण र सीप विकास तालिम पनि उपलब्ध गराउँदै आएको जनाइएको छ । 

तालिम

रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानुपूर्व नेपाली श्रमिकलाई गन्तव्य मुलुकका बारेमा अभिमुखीकरण दिँदै आएको छ । सो तालिममा गन्तव्य मुलुकको भाषासमेत सिकाइने गरेको छ । तालिमबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई सो देशको संस्कृति, रहनसहन र कामका प्रकृतिका बारेमा जान्न निकै सहज हुने उहाँको भनाइ छ । तालिममा वैदेशिक रोजगारीका क्रममा हुने तनाव कसरी व्यवस्थापन गर्ने, विदेशमा कसरी सुरक्षित हुने लगायत कुरा पनि सिकाइने जनाइएको छ । 

यस्तै वैदेशिक रोजगारीमा जानुपूर्व लिएको सीप विकास तालिमबाट कामदारलाई वैधानिक रुपबाट जान अभिप्रेरित गर्दै आएको श्रेष्ठको भनाइ छ । सीप विकास तालिमका लागि बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)सँग समन्वयसमेत गरेको जनाइएको छ । तालिमपछि कतिपय युवा स्वदेशभित्रै स्वरोजगार भएर बसेको थाहा भएको छ । हाल सिटिइभिटीले देशभर १९ शैक्षिक संस्थामार्फत दैनिक ५३ तालिम दिँदै आएको छ । 

मृतकका परिवारलाई क्षतिपूर्ति 

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका प्रतिकामदारका परिवारलाई रोजगार बोर्डले क्षतिपूर्तिस्वरुप रु सात लाख  राहत उपलब्ध गराउँदै आएको छ । बोर्डले आव २०७५÷७६ मा ७५३ परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएको थियो ।

त्यस्तै आव २०७६/७७ मा ६५५ परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएको थियो ।  यस्तै आव २०७७/७८ मा भने सबैभन्दा धेरै परिवारलाई बोर्डले क्षतिपूर्ति उपलब्ध गराएको थियो । गत आवमा एक हजार २४३ परिवारलाई राहत उपलब्ध गराइएको बोर्डले जनाएको छ । कोभिड –१९ सङ्क्रमणका कारण वैदेशिक रोजगारीका क्रममा धेरै नेपाली कामदारको मृत्यु भएकाले गत वर्ष क्षतिपूर्तिका लागि बोर्डमार्फत सबैभन्दा धेरै परिवारले क्षतिपूर्ति बुझेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त