भीम लामा । राज्यका सञ्चालनका महत्वपूर्ण खम्बा नै युवा शक्ति हो । युवा विना कुनै परिवर्तन असम्भाव छ । राज्य सञ्चालन तहमा युवाकोप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भीम लामा । राज्यका सञ्चालनका महत्वपूर्ण खम्बा नै युवा शक्ति हो । युवा विना कुनै परिवर्तन असम्भाव छ । राज्य सञ्चालन तहमा युवाकोप"/>
2026-08-15 03:46 AM
काठमाडौँ - KTM

युवा परिषदको विस्तार नजिकको मान्छेलाई रोजगार दिने भाँडोमा सिमित

भीम लामा । राज्यका सञ्चालनका महत्वपूर्ण खम्बा नै युवा शक्ति हो । युवा विना कुनै परिवर्तन असम्भाव छ । राज्य सञ्चालन तहमा युवाकोप्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागीता पाइन्छन । विडम्बना यो छ की युवालाई म्यानपवार कम्पनीका रुपमा मात्र लिईएकोपाईन्छ ।

राजनीतिक दल होस या सरकाका कुनै अंक होस जहाँ युवा परिचालकको रुपमा मात्र देखिन्छ र नीति नियम बनाउने र निर्णयकतहमा भने शून्य देखिन्छन् ।

विश्वका जुनसुकै देशलाई हेर्ने हो भने युवाको प्रतिनिधित्व हरेक क्षेत्र निकायमा रहेको विकास र परिवर्तनका अभ्यासहरु हामीलेपढ्दै र देख्दै आएका छौं । 

हाम्रो जस्तो विकसिल देशमा हेर्ने हो भने ठिक उल्ठो रहेको छ ।

आधुनिकता र परिवर्तनशील समयले हाम्रो देश नेपाललाई भने युवा सहभागीता र प्रतिनिधित्वमा छुन सकेका छैनन् । यसको जडके हो भने हामी युवामा अझै पनि चेतनाको अभाव हो । हामी चाँडै विश्वास गर्ने र परिश्रमलाई बन्दि बनाएर केवल राजनीतिकदलका ६० वर्षे युवाहरुको अश्वासनको पछि दौडिरहेका छन् । तपाई हामीलाई थाहाँ हुदाँ हुदै पनि त्यस्ता व्यक्तिको पछिाडि लाग्नुठूलो कमजोरी हो ।

 देशको विकट देखि शहरसम्मका हरेका सम्बनध वोड्ने काममा युवा लागि परेका छन् । ज्यालामजदुरी देखि सरकारका उच्चस्थानसम्मा काम गर्ने ती युवा नै हुन । विकास निर्माण कार्यमा संलाग्न पनि ती नै हुन्, ठेक्कापटा पनि युवा नै हुन तर त्यसकोनेतृत्व भने ६० वर्षे युवाको रहन्छ । जसले गर्दा सहि कार्य सम्पादन हुदैन र पारदर्शीता हुन सक्दैन ।

सहजता र पारदर्शीता कार्य सम्पादनका लागि युवा जनशक्तिलाई सहि मार्ग निर्देशन गर्नु सबै राजनीतिक दलको र राज्यसञ्चालनमा रहेका संयन्त्राको ध्यान केन्द्रित हुनु जरुरि देखिन्छ ।

 युवाका सामाजिक तथा राजनीतिक आन्दोलनपछि प्राप्त युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत राष्ट्रिय युवा परिषद २०७२ गठनभएको छ यो युवाहरुको लागि खुशीको कुरा हो । युवाको एक मात्र हक,अधिकार र कार्य नीति निर्माण र कार्यन्वयन गर्नेआधिकारिक संस्था राष्ट्रिय युवा परिषद बनेको छ । 

जसले समान सहभागीता र समावेशीताको आत्मसाथ गर्दै निकट भविश्यमायुवा जनशक्ति निर्माणमा आत्मनिभरता, क्षमता अभिवृद्धि लागएत उत्पादनमुखी बनाई देशकै आर्थिक, सामाजिक, भौतिक विकासर समृद्ध समाज निर्माणमा टेवा पु¥याउने योजना रहेको छ ।

 युवका गतिविधि र युवा शक्तिलाई स्वदेशमै सीप दक्षता बनाउने सोँच रहेको परिषदको संरचना भने कुनै पहुँचवाला व्यक्ति रसमूहको नजिर बनिरहेको छ । जसले गर्दा आम जनसंख्याको ४०।४३ प्रतिशत युवालाई छातीमा लात हानेर मापदण्ड र प्रक्रियाविपरीत अगाडी बडिरहेको छ यसमा सरकार, राजनीतिक दल र सरोकारवाला नै मौन रहेको छ ।

 जहाँ अधिकारको कुरा हुन्छ त्यहाँबाटै युवाको अधिकार वञ्चित बनाइएको छ भने यस प्रकारको निकायको कुनै अर्थ रहदैन ।परिषदमा अध्यक्ष युवा मन्त्री रहन्छन् भने उपाध्यक्षमा मन्त्री मण्डलले नियुक्ति गरिएका व्यक्ति हुन्छ जो एमालेका पूर्व विद्यार्थीअध्यक्ष माधव ढुंगेल हुनुहुन्छ । 

एक प्रकारले विद्येक नै हेर्ने हो भने युवाका क्षेत्रमा पाँच वर्षदेखि क्रियशिल, कार्यरत पाँच युवासमाजलाई विशेष योगदान पु¥याएको हुनु पर्ने छ । तर यहाँ त युवाको क्षेत्रमा होइर्न विद्यार्थीको राजनीतिबाट आएका व्यक्तिनियुक्ति भएको छ । त्यस कारण नै होला परिषद कार्यसमिति निर्माण केन्द्रिय तहाँदेखि जिल्ला संरचनामा अनेरास्ववियु र युवासंघको व्यक्तिलाई नियुक्ति गरेको हुनसक्छ ।

समावेशी र कोटा निर्धाण भए पनि ठिक विपरित रहेको परिषदले आम नेपाली युवाको भविष्यमाथि नै खेलबड गर्ने देखिन्छ यस्तोपरिषदले दीर्घकालिन योजना तय गर्न सकिन्न यसको पुर्नगठन बाहेका अन्य विकल्प देखिदैन ।

 परिषद केन्द्रका उपाध्यक्षको सेवा सुविधा भनेको राज्य मन्त्री सराह हुन आउँछ भने जिल्ला समितिका अध्यक्षलाई मासिक २०हजार भत्ता व्यवस्थापन गरिएको हुन्छ । यसरी वर्तमान परिषद विस्तर क्रमलाई हेर्ने हो भने आफ्नो नीति निर्माण तथा कार्यक्रमबनाउने तर्फ भन्दा केही सिमित व्यक्तिलाई रोजगार दिने भाँडो मात्र भएको सबैलाई स्पष्ट छ । अहिले राष्ट्रिय युवा परिषदमा ४० अर्ब बजेट रहेको छ । यस बजेटलाई सहि ठाउँमा प्रयोग होस हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त