अध्यागमन बिभागले नेपाल प्रवेश गर्नु अघिनै विदेशीको पुरा विवरण हेर्न मिल्ने प्रविधि भित्राउने अन्तिम तय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अध्यागमन बिभागले नेपाल प्रवेश गर्नु अघिनै विदेशीको पुरा विवरण हेर्न मिल्ने प्रविधि भित्राउने अन्तिम तय"/>
2026-07-25 05:21 AM
काठमाडौँ - KTM

धन्यवाद अध्यागमन, अब बैदेशिक रोजगारीमा ठगिएका कयौं नेपालीहरुले न्याय पाउँछन्

अध्यागमन बिभागले नेपाल प्रवेश गर्नु अघिनै विदेशीको पुरा विवरण हेर्न मिल्ने प्रविधि भित्राउने अन्तिम तयारि गरेको खबर सुन्न पाउदा धेरै खुशी लाग्यो । बिकसित देशमा यो प्रबिधि नौलो होइन । यो प्रविधिको प्रयोगले ठगि र अपराध घट्ने कुरामा कुनै शंका गर्नु पर्दैन । 

नेपालमा ठुलो रकम ठगि गरेर विदेश बस्ने अनि नेपालमा गम्भीर अपराध गरेर विदेश भाग्ने र बेला-बेलामा सुटुक्क नेपाल आएर छुट्टी मनाएर वा परिवार भेटेर फर्कनेहरुलाई समाउन यसले ठूलो मद्दत मिल्नेछ । साथै बिदेशमा अपराध गरेर नेपालमा बस्न आउनेहरुलाई पनि यो प्रविधिले  समाउन सजिलो बनाउने छ । यसबाट नेपाल अन्तराष्ट्रिय अपराधीहरुको कार्य स्थल बन्नबाट बच्ने छ र नेपालको छबि अझ सुध्रने छ । प्रहरीले अपराधिहरुको विवरण अध्यागमनमा इन्ट्री गराउदा अपराध गरेर भाग्नेहरुलाई समाउन पनि सहयोग पुग्नेछ । यसले नेपाल प्रहरीलाई काम गर्न सजिलो बनाउने छ र शान्ति-सुरक्षामा ठूलो सुधार आउने छ । जसले गर्दा नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देस विश्वभर जानेछ, फल स्वरूप हाम्रो पर्यटन व्यवशाय फस्टाउने छ ।

यो प्रबिधिसंगै अहिलेको प्रचलित आइ स्क्यानिंग प्रबिधि पनि हाल्न पाए अझै राम्रो हुने थियो । अरबमा काम गर्ने सम्पूर्ण नेपालीहरुलाई थाहा छ कि आइ स्क्यानिंग प्रबिधि भनेको के हो भनेर । जब कुनैपनि बिदेशी नागरिक वा मजदुरी गर्न जाने आम मान्छे अरवका विमानस्थलमा प्रवेश गर्छन तब एरपोर्टमा अनिवार्य आइ स्क्यानिंग गरिन्छ । यदि कुनै अपराध गरेको छ वा गैरकानुनी काम गरेको देखियो भने त्यस्तो मान्छे पछी एरपोर्ट मै समातिन्छन् ।   फितलो नियम कानुन र प्रविधिको अभावले समाजमा अपराध नियन्त्रण गर्न कठिन हुँदोरहेछ, भने ठग र अपराधिहरुको मनोबल बढ्दो रहेछ । आजको  इन्टरनेटमा आधारित सुचना प्रबिधिको जमानामा जस्तो सिस्टम वा तरिका आफुलाई चाहियो त्यस्तै खालको सफ्टवेएर बनाउन मिल्छ । यस्ता कुरालाई  सरकारले अलिकति मात्र ध्यान दिने हो भने पनि सस्तैमा चाहेको सिस्टम जोड्न सकिन्छ ।

म आफै पनि ठगिमा परेको छु । दुवईमा ४ बर्षसंगै काम गरेको बाग्लुङ्गको साथि छ/सात बर्ष अगाडी क्यानाडा पुगेका रहेछन् । मलाइ पनि क्यानाडा काम मिलाई दिन्छु भनेर बारम्बार कर गरेपछि नाइँ भन्ने कुरै आएन । प्रोसेशको लागि पैशा पठाउन भने । तर मसंग पैसा थिएन । क्यानाडा गएपछि तिरी हालिन्छ नि भनेर नेपालमै ब्याजमा ऋण खोजेर क्यानाडियन डलर चार हजार पाँच सय बराबर तीन लाख साठी हजार पैसा साथीले भनेको खातामा जम्मा गरिदिए । संगै काम गरेको साथीको बिश्वासले कुनै शंका पनि गरिएन । लोकल एजेन्ट हो डराउँन पर्दैन, इन्केस काम भएन भने पनि छ महिना पछि पैशा फिर्ता हुन्छ भनेर भनेका थिए । भिसा आएपछि जम्मा दस हजार क्यानाडियन डलर बुझाउने सर्त थियो । यदी एजेन्ट थियो भने कि काम हुन्थ्यो कित पैसा फिर्ता आउथ्यो तर ति साथी पैसा पाएपछि एकाएक टाढा हुँदै गए । आज एक बर्ष पुग्यो, तर पैसा डुबेको छ । तेरो पैसा मैले चाहेमा खान सक्छु, तर खान्न, म दिन्छु भन्छन् तर दिने कहिले पत्तो छैन । जब छ महिना पुग्यो फेसबुक डिलेट गरेर सम्पर्क बिहिन भए । इमेल र स्काइपमा पनि रिप्लाई नै आउँदैन । नक्कली फेसबुक आइडी बनाएर बल्ल-बल्ल साथी मार्फत दुइ महिना पछि सम्पर्क गरेंपछि फेसबुक खोल्यो । अहिले त उल्टै धाक र धम्किपूर्ण कुरा गर्छन् । उल्टै किन फेक आइडी बनाइस ? त्यो मान्छेलाई म लिगल नोटिस पठाउछु भनेर थार्काउन खोज्छ । माओवादी द्वन्दकालमा प्रयोग गरिने खालका भाषा प्रयोग गरेर अहिले पनि उत्तर दिन्छ । 

माओवादी जनयुद्धमा बैंक लुटेको पैसा आफै लिएर भागेर पार्टी कारबाहीमा परेकाहरु पनि अहिले एक नम्वरी माओवादी कार्यकर्ता भएका छन् खैर …… अझ उसको अरु साथीसंग त मलाइ त त्यो त जग्गा दलाली हो, फटाह हो, दुबई मान्छे ल्याउने दलाल हो, भनेर भन्दो रहेछ । जबकि आजसम्म कसैको एक रुपिया पनि खानु परेको छैन । भगवानको कृपाले मिहेनेत गरेर नै परिवार पालेको छु । आजसम्म जानेर कसैको मन दुखाएको छैन । सबैलाई सकेको मद्दत गरेकै छु । सुनेको छु उसले काठमान्डौमा दुइ ठाउँमा घडेरी किनेको छ रे । मसंग पैसा दिएको सम्पूर्ण प्रामाणहरु छन् र पनि म अहिलेनै उसको नाम सार्बजनिक गरेर उसलाई बदनाम गर्न चाहन्न । मेरो उद्दश्य भनेको आफ्नो पसिनाको कमाइ फिर्ता लिनु मात्र हो । तर उसले सोचेछ, म क्यानाडाको नागरिक भैसके त्यसले कसरी पैसा लिन सक्छ र ? उसले पैसा खाने नियतले पैसा लिएको रहेछ । तर कहिले न कहिले त नेपाल आउनु पर्ला नि ! जे होस्  ढिलै भएपनि नेपाल सरकारले यो प्रबिधि हाल्न लागेकोमा हामी जस्ता ठगिएका कयौं नेपालीहरुमा आफ्नो पैसा उठ्ला भन्ने आश पलाएको छ । अब त जुनसुकै अपराधी भएपनि नेपाल आउने बित्तिकै पक्रेर कारबाही गर्न सजिलो हुने भयो । त्यसैले ठगहरुले अब १० चोटी सोच्न बाध्य हुनु पर्ने भयो । त्यति मात्र होइन नेपाल र  भारत बीच खुल्ला सिमाना भएको हुँदा भारत भएर नेपाल छिर्न सक्ने अपराधीहरुलाई समेत दाएरामा ल्याउन सक्ने गरि व्यवस्था गरिनु पर्छ र भारतसंग समनन्वय गरेर भारतीय एरर्पोर्ट प्रयोग गर्दा समेत समातिने बाताबरण मिलाइनु पर्छ । यसको साथै अपराध गरेर वा ठगेर विदेश भागेको छ भने उजुरीको आधारमा उसको बैंक खाता वा चल-अचल सम्पति छानबिन नसकिएसम्म रोक्का गर्न मिल्ने कानुनि व्यवस्था हुनु पर्छ । अनि मात्र अपराधीलाई कानुनी दायरामा ल्याउन सकिन्छ ।

जसरि समाज र  प्रबिधि परिबर्तन वा बिकसित हुदै जान्छ, त्यसै गरि ठगहरुले पनि ठग्ने नयाँ-नयाँ तरिका अपनाउदै जान्छन । यस्तै ठगीको एउटा घटना मलाइ सम्झना आयो ।जापान, युरोप  वा अमेरिका जानका लागि मान्छे बिसौ लाख तिर्न तयार हुन्छन । करिब ३० लाख जन-शंख्या बसोबास गर्ने उपत्यकामा जापान जान पाहिन्छ भने पछि १० लाख खर्च गर्ने दुइ-चार सय मान्छे त हल्लाको भरमा सजिलै पाइन्छ । ऋण नै गरेर भए पनि पैसा तिर्न तमतयार हुन्छन । त्यस्तै एकजना जापान बस्ने मान्छेले जापान काम मिलाइदिञ्छु, काम नभए एक साल भित्र ग्यारेन्टीका साथ् सम्पूर्ण पैसा फिर्ता गरिदिन्छु भनेर ४० जनासंग १० लाखको हिसाबले ४ करोड उठाए छन् । अनि सम्पूर्ण पैसा एक बर्षका लागि १०% ब्याज आउने गरि फिक्स डिपोजिटमा राखेछन । अनि एक बर्षमा उनले दिमाख चलाएको भरमा ४० लाख कमाएछ । जब काम नबने पछि पैसा माग्न थालियो । उनले सम्पूर्ण रकम चेक मार्फत फिर्ता गरिदिएछन् । उनि एक बर्षमै ४० लाखका मालिक बनेछन् । त्यसैले सरकार र प्रशासन चनाखो भएर समय र परिस्थिति अनुसार आफ्नो सिस्टमलाई आधुनिक र अपग्रेड गर्दै लानुको बिकल्प छैन । यो कदमका लागि अध्यागमन बिभागलाइ मुरी-मुरी धन्यबाद ।   

- मिन बहादुर पण्डित (दुबईबाट) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक