जसले जीवनमा विहे गरेन र सन्तान जन्माएन अनि एक्लो जीवन जिउदै छ । अचम्मको कुरा उसैले जीवनको उत्तरार्धमा आएर सन्तान जन्माएको घोषणा गर्दछ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जसले जीवनमा विहे गरेन र सन्तान जन्माएन अनि एक्लो जीवन जिउदै छ । अचम्मको कुरा उसैले जीवनको उत्तरार्धमा आएर सन्तान जन्माएको घोषणा गर्दछ । 
2026-08-15 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जीवनमा विहे नगरेकाले गरे भावनात्मक सन्तानको घोषणा

जसले जीवनमा विहे गरेन र सन्तान जन्माएन अनि एक्लो जीवन जिउदै छ । अचम्मको कुरा उसैले जीवनको उत्तरार्धमा आएर सन्तान जन्माएको घोषणा गर्दछ । 

जीवनको ४५औं बसन्त टेकेको दिनको अवसर पारेर शनिवार पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष तथा एक सामाजिक अभियन्ताले भावनात्मक सन्तानको घोषणा गरेका छन् । उनी हुन् पर्वतका अधिवक्ता भोलानाथ शर्मा र उनको भावनात्मक सन्तानको नाम भोला फाउण्डेशन ट्रष्ट हो । 

ट्रष्टले सामाजिक क्षेत्र मानवअधिकार, कानून र पत्रकारितामा योगदान पुराउने एक जना राष्टिूय व्यक्तिलाई वर्षेनी पर्वतमा सम्मान गर्नेछ । सम्मानित हुने सामाजिक व्यक्तित्वले एक लाख भन्दा बढी नगद र प्रशंसा पत्र पाउने छ ।

      टूष्टका लागि शर्माले २० लाख रुपैया संकलन गरिसकेका छन् । उनले टूष्टको नामको रकम बराबरको चेक पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गानाथ शर्मालाई हस्तान्तरण पनि उसै समयमा गरे । शर्माले जीवनमा विहे नै गरेका छैनन् । विहे नगरेपछि उनले सन्तान जन्माउने कुरै पनि भएन । विहे गरेर सन्तान नजन्माए पनि शर्मालाई यतिखेर आएर सन्तान जन्माउने रहर चल्यो । यो   रहर उनलाई एक वर्ष पहिले लागेको उनले खुलासा पनि गरे । 

शर्माले यसको खुलासा उनले पत्रकार महासंघको सभाहल हलमा गरेका हुन् । जहाँ साक्षीको रुपमा जिल्लामा क्रियाशील पत्रकार, कानून व्यवसायी, मानवअधिकारकर्मी, साहित्यकार लगायतले महासंघको सभाहल खचाखच भरिएको थियो । सवै जनाका अगाडि केही भावुक मुद्रामा बोल्दै अधिवक्ता शर्माले भने९‘जीवनमा सवैले आफ्नो भौतिक अस्तित्व राख्न विहे गर्छन् । छोराछोरी जन्माउँछन् । मैले विहे गरिन । आफ्नै भन्नु सन्तान कोही छैन । मैले आज भावनात्मक सन्तानको रुपमा भोला फाउण्डेशन समाजमा ल्याउदै छु ।’ उनले आफ्नो सन्तान मानेको भोला फाउण्डेशनको कर्तव्यबारे समेत केही खुलाउदै बोले९‘यो फाउण्डेशनले प्रत्येक वर्ष सामाजिक क्षेत्रमा योगदान पुराउने मुलुककै उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गर्नेछ । मानवअधिकार, न्याय र पत्रकारिता क्षेत्रका व्यक्तिहरु सम्मानित हुनेछन् ।’ 

समाजमा केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर नै फाउण्डेशनको परिकल्पना र स्थापना गरेको भन्दै भोलाले फाउण्डेशनलाई हस्तान्तरण गरेको यो रकम अन्तिम नभएको र आफ्नो जीवन कालमा कमाउने अरु थप रकम पनि फेरि सहयोग गर्ने वचन समेत उनले दिए । फाउण्डेशनको उद्देश्य, गठन प्रक्रिया, संचालनबारे व्यवस्थित कार्ययोजना बनाउन पाँच सदस्यीय विधानमस्यौदा समिति समेत गठन भईसकेको छ । मस्यौदा समितिमा पर्वत जिल्ला बार ईकाइका पुर्व अध्यक्ष चन्द्र बहादुर क्षेत्री, पत्रकार महासंघ अध्यक्ष दुर्गाप्रसाद शर्मा, अधिवक्ता दिलीप पौडेल, महासंघकै सचिव छविलाल तिवारी रहेका छन् ।

मस्यौदा समितिले ३ महिनाभित्र फाउण्डेशनका लागि विधान तयार पारिसक्ने बताइएको छ । सो कार्यक्रममा फाउण्डेशनको संरक्षकमा आफ्नो पारिवारिक सदस्य भाई संरक्षक बस्ने तर आफू र आफ्नो परिवारको सदस्यको फाउण्डेशनमा कुनै स्वार्थ नरहने दावी समेत शर्माले गरेका छन् । शर्माले गरेको कार्यको प्रशंसा गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य होमनारायण श्रेष्ठ, पत्रकार महासंघ पर्वत अध्यक्ष दुर्गाप्रसाद शर्मा, पत्रकार ओमप्रसाद घायल लगायतले मन्तव्य राखेका थिए । शर्माले स्थापना गर्न गइरहेको फाउण्डेशनले सवै अरुलाई पनि सामाजिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विश्वास वक्ताहरुले व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त