By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    13 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    18 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > लेख > ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’
लेख

‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

साझासवाल
Last updated: February 7, 2023 7:04 am
साझासवाल
12 Min Read
Share

माघ २४, जनकपुरधाम | ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । 

वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुङ्गा ढुङ्गामा देवताको बास देख्छन् र प्रकृतिपे्रमीले यहाँका थङ्गाथुङ्गामा स्वर्गको आभाष गर्छन् । तर ‘नजिकको तीर्थ हेला’ भनेजस्तै हामी नेपाली स्वयम्ले भने जानेर वा नजानेर यहाँको अनुपम महिमालाई नजरअन्दाज गरिरहेका हुन्छौँ । 

यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा । “कालीगण्डकी नदीको शिलामा भगवान् रामको बालस्वरुप बनाएर उहाँको जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरको केन्द्रमा राख्ने विषय हामी सबै नेपालीका लागि ऐतिहासिक महत्वको हुने नै भयो”, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव रामजी दाहालले भन्नुभयो, “तर त्यसको धार्मिक महत्व कति रहेछ भन्ने कुरा भारतीय सीमा प्रवेशपछि मात्रै अझ बढी थाहा भयो ।” उहाँले कालीगण्डकीको शिलालाई देवशिलाका रुपमा भारतीय पक्ष र विशेषगरी त्यहाँका हिन्दू धर्मावलम्बीहरुबाट व्यक्त श्रद्धाबाट आफू आश्चर्यचकित भएको बताउनुभयो । 

म्याग्दीको बेनीबाट जनकपुरधामसम्म करिब पाँच सय किलोमिटरभन्दा बढी सडक दूरी पार गर्दा केही ठाउँमा मात्रै शिलाको दर्शन तथा पूजा भयो । तर जब त्यो शिलालाई धनुषास्थित जटही नाका हुँदै भारत प्रवेश गराइयो तब थाहा भयो त्यसको महत्व कति रहेछ भनेर ।  

नेपालमा अधिकांशले ढुङ्गाका रुपमा मात्रै बुझेको शिलामा भारतवासीले देवता नै देखे । त्यहीअनुसार देवशिला यात्रालाई एउटा महोत्सवका रुपमा मनाए । नेपालबाट श्रीराम जन्मभूमि अयोध्या पछ्याउँदै अघि बढेको शिलाप्रति भारतीय श्रद्धालुहरुले अभिव्यक्त गरेको श्रद्धाभाव, उत्साह, उमङ्ग र सहभागिताले त्यसलाई पुष्टि ग¥यो । त्यो देखेपछि देवशिला यात्रामा सहभागी जनकपुरधामका परमेश्वर महासेठ भन्दै हुनुहुन्थ्यो, “यो आस्था, श्रद्धा र उपस्थिति देख्दा त साक्षत भगवान् राम नै उपस्थित भएको आभाष भयो ।” 

पिपरौन, फुलहर, गनगौर, गोपालपुर, मुखिआपत्ती, बैंगरा, बीसनपुर, मेघवन, माधपुर, कङ्गनी, दरभङ्गा, मुजफ्फरपुर हुँदै देवशिला मोतिहारी पुग्दा मानिसहरुको उत्साह थपिँदै गयो । देवशिलाको व्यग्र प्रतीक्षामा रहेका दर्शनाभिलाषीमा छिप्पिँदो रात र चिसोको कुनै प्रवाह थिएन । दोस्रो दिन अर्थात् १७ गते गोरखपुरबाट अयोध्या पुग्न करिब एक सय ३५ किलोमिटरको दूरी पार गर्नु थियो । केही घण्टाको सडक पार गर्न देवशिला बोकेको लरीलाई झन्डै १० घण्टाभन्दा बढी समय लाग्यो । “न सार्वजनिक आह्वान, न कुनै उर्दी तर पनि स्वस्फुर्त रुपमा हजारौँ मान्छे बाटोमा लाम लागेर देवशिलाको दर्शन गरेँ”, डा कुलराज चालिसेले स्मरण गर्नुभयो, “कोखमा बच्चा च्यापेका महिलादेखि वृद्धवृद्धाहरुले नतमस्तक भएर शिला ढोगे, त्यो छुन पाउनु नै पुण्य हो भन्ने भावमा श्रद्धा प्रकट गरे ।” 

जनकपुरदेखि अयोध्याको करिब पाँच सय किलोमिटर सडक पार गर्न करिब २४ घण्टा समय लाग्यो । सडकमा त नागरिक थिए नै, भारतीय मिडियाले पनि उच्च प्राथमिकताका साथ प्रचारप्रसार गरे । राम मन्दिर कार्यशाला रामसेवकपुरमा देवशिला पूजापछि आयोजित विशेष समारोहमा नेपालका तर्फबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई चतुर्भुज शालिग्रामसहित शिला हस्तान्तरणको क्षण त झन् चर्चा गर्न लायक थियो । त्यसैले त भारतका सबैजसो मिडियाले अरू प्राथमिकतालाई छोडेर त्यसैको चर्चामा समय खर्चिए ।   

देवशिला : सांस्कृतिक सम्बन्धको नवीकरण

“जनकपुर र अयोध्याको प्राचीन सम्बन्ध अवर्णनीय छ, नेपालको देवशिलाले त्यो सम्बन्धलाई थप प्रगाढ बनाएको छ”, शिला बुझ्नुहुँदै महासचिव रायले भन्नुभएको थियो । 

जानकी मन्दिरका महन्थ दासले पनि युगौँदेखि चलिआएको नेपाल भारतको धार्मिक, सांस्कृतिक सम्बन्धको चर्चा मात्रै गर्नुभएन भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँगै स्थापित यो सम्बन्धमा देवशिलाले थप सुगन्ध थपेको धारणा राख्नुभयो । त्यसअघि संवाददातासँग उहाँले भारतीय सीमा प्रवेशपछि बाटोमा देखिएको उत्साहले आफू नतमस्तक भएको बताउनुभएको थियो । 

नेपालबाट देवशिला लिनुअघि लगातार ४५ दिन यही बसेर फर्किनुभएका श्रीराम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्यको काम भएको बताउनुभयो । 

नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सीतारामकालीन सम्बन्धलाई देवशिलाले नवीकरण गरेको भन्दै यस्तो अवसरका लागि भारतीय पक्षप्रति विशेष आधार व्यक्त गर्नुभयो । “त्रेतायुगमा माता जानकी र रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई कसिलो गरी जोडेको थियो, कालीगण्डकीबाट ल्याइएको यो शिलाले त्यसलाई पुनः नवीकरण गरेको आभाष भएको छ”, निधिले भन्नुभयो, “राम मन्दिर भारतमा बने पनि त्यसमा राखिने मूर्ति नेपालको देवशिलाबाट बन्ने कुराले दुई देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप अविष्मरणीय बनाएको छ । यसको वर्णन गर्न सकिँदैन ।”

ऐतिहासिक राम मन्दिर 

रामायणका मुख्यपात्र भगवान् श्रीराम भारत उत्तरप्रदेशको अयोध्यामा जन्मिएको विषयमा त्यहाँ कुनै विवाद छैन तर हाल बन्दै गरेको राम मन्दिरस्थल भने विगत करिब पाँच सय वर्षदेखि विवादमा थियो ।  हिन्दूहरुले भगवान् रामको जन्मस्थान मानेर पूजा गरिरहेकै ठाउँमा सेनापति मीरबाकीले १६औँ शताब्दीको सन् १५२८ मा बाबरी मस्जिद बनाएपछि विवाद सुरु भएको थियो । त्यही बेलादेखि हिन्दू र मुस्लिम धर्मावलम्बीले आ–आफ्नो दाबी पेस गर्दै विवाद सुरु भएपछि साढे चार सय वर्षको अवधिमा ५६ पटक युद्ध भई लाखौँले ज्यान गुमाएका थिए । “राम जन्मेको ठाउँमा अचानक मस्जिद बनेपछि विवाद बढ्दै गयो, ५६ पटक त हिंसा भएको जानकारीमा आउँछ”, श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले स्मरण गर्नुभयो, “सन् १९९२ डिसेम्बर ६ तारिखपछिको घटना त सबैलाई थाहा छ, त्यो भारतको इतिहासमै खराबमध्येका धार्मिक साम्प्रदायिक हिंसा थियो ।”

उहाँले दिएको जानकारीअनुसार सन् १९९२ डिसेम्बरपछि भारतभर भड्किएको हिंसामा दुई हजारको ज्यान गएको थियो भने सबैभन्दा हिंस्रक दङ्गाको रुपमा मुम्बई सहरमा भएको घटनामा मात्रै नौ सय मानिसले ज्यान गुमाएका थिए । यो विवाद अदालतमा पनि पुग्यो । पहिलोपटक १९ जनवरी १८८५ मा हिन्दू पक्षधरले अदालतमा मुद्दा हालेकामा विभिन्न अदालत हुँदै ९ नोभेम्बर २०१९ मा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय इजलासले विवादित जमिनमा रामको मन्दिर बनाउने फैसला सुनायो । त्यही फैसलामा  मस्जिदका लागि छुट्टै स्थानमा पाँच एकड जमिन उपलब्ध गराउन आदेश भयो । 

यही आधारमा चार सय ९२ वर्षपछि अयोध्यामा राम मन्दिर बन्दैछ ।  फेब्रुअरी २०२० मा स्थापित ट्रस्टले लोकसभा चुनावअघि सन् २०२४ को जनवरी अर्थात् मकर सङ्क्रान्तिमा मुख्य भाग निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको छ । पाँच अगस्त २०२० मा भूमिपूजा गरी मन्दिर निर्माणको काम सुरु भएको थियो ।  

नागर शैलीमा बनिरहेको सो मन्दिरमा अहिले छ सयभन्दा बढी कामदारले दिनरात नभनी काम गरिरहेका छन् । ट्रस्टका सदस्य डा अनिल मिश्राका अनुसार सिमेन्ट र स्टिलको प्रयोगविना तीन तलाको एक सय ६१ फिट अग्लो हुने यो मन्दिरको आयु एक हजार वर्षको रहनेछ । त्यसका लागि मन्दिरमा प्रयोग हुने ढुङ्गा, मार्बल र अरू सामग्री विशेष प्रकारको हुने मन्दिर निर्माण परियोजनाका व्यवस्थापक इन्जिनियर जगदीश आख्डेको भनाइ छ । 

मन्दिरको गर्भभाग देवशिला, त्यसैमा ‘रामलला’

हिन्दू धार्मिक मान्यताअनुसार भगवान् विष्णुका १० अवतारमध्ये छैटौँ अवतारका रुपमा भगवान् रामको जन्म त्रेतायुगमा अयोध्यामा र विवाह जनकनन्दिनी जानकीसँग भएको थियो । त्यसैले जहाँ राम, त्यहाँ सीता वा माता जानकी जोडिनु स्वाभाविक नै हो । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालविना राम पनि अधुरा’ र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले ‘सीता माताविना अयोध्या अधुरो’ भनी पटकपटक बोलिरहनुभएकै छ । यही कारणले पनि लामो विवादपछि बन्न लागेको राम मन्दिरमा नेपाल र माता जानकीसँग जोडिएको चिनो राख्नुपथ्र्यो नै । त्यही कुराको पहलकदमी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लिनुभयो । “सुरुमा राम र सीताको विवाहसँग जोडिएको धनुष उपहार दिने विषयमा संवाद प्रारम्भ भयो, त्यही क्रममा विशेष प्रकारको शिलामा रामको मूर्ति बनाउने कुरा थाहा भयो”, निधिले रासससँग भन्नुभयो, “म आफैँले जानकी मन्दिरका महन्थलाई यसमा सहमत गराउँदै भारतीय पक्षसामु नेपालबाट त्यस्तो शिला उपलब्ध गराउने प्रस्ताव राखे, त्यो कुरा भारतीय पक्षले पनि स्वीका¥यो । त्यसैको परिणाम कालीगण्डकीको देवशिला अयोध्या पुगेको छ ।”

शिलाविज्ञ एवं कालीगण्डकी अभियन्ता डा कुलराज चालिसेले पनि निधिकै आग्रहमा भगवान् विष्णुसँग जोडिएको शालिग्राम पाइने पवित्र नदी कालीगण्डकीबाट शिला पठाउने निधो भएको र त्यस क्रममा एक सय आठ स्थानमा रहेका शिलाको अध्ययनपश्चात् अहिलेका दुई शिला छनोट गरिएको बताउनुभयो । “मेरो नेतृत्वमा एक सय आठ स्थान छनोट गरेर गलेश्वरस्थित अन्धगल्छीबाट शिला लिने कुरा थियो तर त्यहाँको गहिराइका कारण शिला ल्याउन गाह्रो भएपछि नजिकको स्थानमा रहेका दुई सय शिलामध्ये पाँचवटा छनोट गरियो । परीक्षण गर्दा अयोध्या पठाइएका दुई शिला उपयुक्त देखियो,” डा चालिसेले भन्नुभयो, “श्रीराम मन्दिर एक हजार वर्षसम्म रहने र अहिले छनोट गरिएका शिला हजाराँै वर्षसम्म रहनेसक्ने देखिएपछि रामको बालस्वरूप मूर्ति बनाउन ती दुई शिलालाई सिफारिस गरेका हौँ ।”

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएका १८ र १६ मेट्रिक टन तौल भएका शिला सात फिट लम्बाइ, पाँच फिट चौडाइ र ३.५ फिट मोटाइका छन् । यिनै शिलामध्येको सानो शिलामा रामललाको स्वरुप कँुदिने छ । 

देवशिला : नेपाल—भारत सम्बन्धमा नयाँ आयाम

नेपालसँगको पौराणिक, धार्मिक सम्बन्ध तथा नेपालका पवित्र कालीगण्डकी नदी र तीर्थस्थलहरुको व्याख्यान प्रशस्त भेटिन्छन् । केही समयअघि अयोध्या नेपालमै रहेको भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बहस सुरु गर्नुभयो । तर त्यसको वैज्ञानिक पुष्टि भइसकेको छैन । उता भारतमा भने झन्डै पाँच सय वर्षदेखिको विवाद साम्य हुँदै राम मन्दिर निर्माण हुँदैछ । सोही मन्दिरमा नेपालको देवशिलामा कुँद्न लागिएको रामललाको मूर्तिले दुई देशका धार्मिक, सांस्कृतिक सम्बन्धका साथै नागरिक तहको सम्बन्धमा नयाँ आयाम थप्नेछ । त्यसैको प्रमाण देवशिला यात्रा थियो । 

“हिन्दू र मुसलमानको वर्षौंको विवाद समाधान भएर अयोध्यामा मन्दिर बन्दैछ, त्यही मन्दिरको गर्भभागमा लाखौँ मान्छेले पूजा गर्ने मूर्ति नेपालको शिलाबाट बन्दैछ, यसको महत्वको व्याख्या जति गरे पनि पुग्दैन”, देवशिला हस्तान्तरणपछि भारतीय सञ्चारकर्मीलाई पूर्वउपप्रधानमन्त्री निधिले भन्नुभयो, “देवशिलाको महत्व यति छ, त्यो देवशिला रहेको पवित्र भूमिको महत्व झन् कति होला ? त्यसैले म नेपालको कालीगण्डकी नदी क्षेत्रमा पुग्न र त्यसको प्रचार गरिदिन पनि विशेष आग्रह गर्दछु ।” 

जनकपुर र नेपालको सम्बन्ध आदिकालदेखि चल्दै आएको हो । त्यसको व्याख्या इतिहासका थुप्रै धर्मग्रन्थहरुमा भएकै छ । अहिलेको आधुनिक समाजमा देवशिलाको माध्यमबाट त्यो सम्बन्धमा नयाँ आयाम थपिएको छ । यसले पक्कै पनि नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रचार गर्दै नागरिक तहमा रहेको असमझदारीलाई चिर्न सघाउ पुगेको छ । “हामीले नेपालको पौराणिक महत्व, भारत र नेपालको धार्मिक सम्बन्ध सुनेकै, पढेकै हौ तर, धेरैपछि यो स्तरमा त्यो सम्बन्धलाई देख्न पाइएको छ”, डा चालिसेले भन्नुभयो, “अब यसबाट लाभ लिने गरी हामीले अगाडि बढ्नुपर्दछ ।”

नेपालमा सामान्य ढुङ्गाका रुपमा हेरिएको शिलाप्रति भारतमा देखिएको चासो, आस्था र श्रद्धा साँच्चै अनुकरणीय छ । यसलाई धार्मिक आस्थाका रुपमा मात्रै नबुझी भारतवासीको आस्थालाई नेपालको धार्मिक पर्यटनसँग जोडेर जान सकेमा प्रशस्त लाभ उठाउन सकिने जानकारहरु बताउँछन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गायक पोखरेल भारतमा सम्मानित
Next Article सडकको पार्किङ हटाउँदै पोखरा महानगर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMलेख

सुजातालाई खुला पत्र

57 years ago
पर्बत - PBTलेख

कानूनी व्यवस्था र कार्यान्व्यन पंक्ष

57 years ago
पर्बत - PBTलेख

कहाँ छैन दाइजो प्रथा ?

57 years ago
काठमाडौँ - KTMलेख

मैले अहिले एकदम सोचेर भनें – ‘साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो’

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?