By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    8 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    11 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > लेख > प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका
लेख

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

साझासवाल
Last updated: February 19, 2023 4:24 am
साझासवाल
10 Min Read
Share

फागुन ७, काठमाडौँ (रासस): विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त गर्नुलाई समान्यरूपमा मात्र लिन सकिँदैन । त्यस समयका युवाकवि शिद्धिचरण श्रेष्ठले ‘आवाज’ नामको दैनिक पत्रिका विसं २००७ फागुन ८ गते प्रकाशन गर्नुभएको थियो । यो नै नेपालको पहिलो दैनिक पत्रिका हो । यसअघि गोरखापत्र दैनिकरूपमा प्रकाशित थिएन । अरु पत्रिकाहरू साप्ताहिक र अधिकांश मासिकरूपमा प्रकाशन हुने गर्दथे ।

मुलुकमा राणा शासन थियो । राणा शासनको प्रकृति र नागरिकले के–कस्ता सेवा सहुलियत या अधिकार प्राप्त गरेका थिए भन्ने कुराको दृष्टान्त त यहाँ प्रस्तुत गर्नु परोइन । राणा शासन भनेपछि हाम्रो मानसपटलमा आइहाल्ने एउटा स्मृति हो– क्रुर र निरंकुश । नागरिकले त्यस शासनका विरुद्धमा बोल्न र आफ्ना विचार अभिव्यक्त गर्न पाउँदैनथे । त्यस्तो शासन ढलेर मुलुकले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै कुनै युवाले दैनिक पत्रिका प्रकाशन गर्न कसरी सम्भव भयो त ? उनीहरू त्यस्तो जहानियाँ शासनका समयमा पनि दैनिक पत्रिकाको तयारी कसरी गर्न सकेका थिए ?

कल्पना गरौँ, एक सय चार वर्षसम्म थुनेर राखिएको कुनै खोलाको बाँध फुट्दा एकैपटक कुन बेगमा भल बग्ला ? त्यो खोलाको बहावको गति कति होला ? राणा शासनले एक सय चार वर्षसम्म नागरिकका इच्छा, आकाङ्क्षा एवं उनीहरूको बोल्ने अधिकारमा ताला लगाइदियो । यसरी देखेर पनि बोल्न नपाएका जनताले सामाजिक, राजनीतिक तथा अरु कैयौँ क्षेत्रमा मुख खोले । नागरिक अधिकार र देश विकासका क्षेत्रमा फागुन ७ गते प्रजातन्त्रको घोषणसँगै बहार छायो । माथि भनिएजस्तै एक सय चार वर्षसम्म थुनिएर रहेको नेपाली जनताको मनको बाँध पनि त्यसैगरी फुट्यो र धेरैतिर स्वतन्त्रताको लहर त्यही गतिमा फैलियो । एक सय चार वर्षसम्म थुुनिएको खोलाको बाँध अकस्मात फुट्दा जुन बेगले भल बग्यो नेपाली नागरिकका मनमस्तिष्कमा पनि त्यस्तै दु्रतगतिमा स्वतन्त्रताको बहाव आयो । उनीहरूले पनि यस्तै बेगमा आफूलाई स्वतन्त्र भएको महसुस गरे र आफ्ना विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने भए । अर्थात् एक शब्दमा भन्दा अब नेपाली जनता बोल्न पाउने भए । उनीहरूमाथि राणा शासनले लगाएको बोल्न नमिल्ने बार भत्कियो । मानिसले देखेको कुरा बोल्न पाउनु पनि त्यस समयको ठूलो अधिकारको विषय थियो । अब नागरिक बोल्न पाउने भए ।

यिनै नागरिकका बोलीको आवाज हो ‘आवाज दैनिक’ । मुलुकमा प्रजातन्त्रको उदय भएको २४ घन्टाभित्रै कसरी पत्रिका प्रकाशन भयो भन्ने कुरा प्रजातन्त्र र प्रेस अर्थात् नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता कसरी आपसमा अन्योन्याश्रित सम्बन्ध राख्दछन् भन्ने विषयसँग सम्बन्धित छ । प्रजातन्त्र र प्रेस एकअर्काका परिपूरक हुन् भन्ने कुराको एउटा उत्कृष्ट उदाहरण यही हो । माथि भनिएजस्तै जसरी एक सय चार वर्षसम्म थुनिएर रहेको खोलाको बाँध अकस्मात फुट्दा जुन बेगमा खोलामा भेल बग्यो, ठिक त्यही गतिमै अब नेपाली नागरिकले विचार अभिव्यक्ति गर्न पाउने भएकाले अखबार प्रकाशन सुरु भयो । यसको सुरुआत आवाजबाटै भयो र त्यसका कैयौँ उदारहरण त्यसपछिका दश वर्षमा देख्न सकिन्छ ।

प्रजातन्त्रको स्थापना भएर पछि विसं २०१७ मा एकदलीय पञ्चायती व्यवस्थाको घोषणा नहँुदासम्मको अवधिलाई प्रजातन्त्रको दशक भनिन्छ । प्रजातन्त्रको दशकमा नेपाली नागरिकले स्वतःस्फुर्तरूपमा नै धेरै पत्रिका प्रकाशन गरेका थिए । त्यस समयमा नागरिकले आफ्ना भावना पोख्ने अर्थात् आफ्ना विचारहरू राख्ने माध्यम नै पत्रिका बनाएका थिए । त्यसैले जहाँनिया राणा शासनको समयमा आफूले बोल्न नपाएका तथा आफ्ना विचार नै राख्न नपाएको अवस्थाको स्मरण गर्दै उनीहरूले पत्रिका प्रकाशन गरेर नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकतम् प्रयोग गरेका थिए । विचार अभिव्यक्तिको स्वतन्त्रता नागरिकका सबै अधिकार तथा स्वतन्त्रताहरूकै जननी हो । जस्तो मानिसले आफ्ना राजनीतिक विचार अथवा आस्था राख्ने, कुनै पनि विषयको विरोध या समर्थन गर्ने, कुनै पनि राजनीतिक प्रणाली या शासन व्यवस्थाविशेष तथा नेताहरूसँग नै आफ्ना विमति या असहमतिहरू राख्ने काम पनि नागरिकको यो स्वतन्त्रतामार्फत सञ्चार हुन्छ । मानिसले बोल्न नै पाएन भने बुझौँ उसका अरु सबै अधिकारमा लगभग ताला लागेको छ । त्यसैले यो अवधिमा नागरिकले आफ्ना अधिकारको अधिकतम प्रयोग पत्रिका प्रकाशन गरी आफ्ना विचार राखेर गरेका थिए ।

राणा शासनका समयसँग तुलना गर्ने हो भने प्रजातन्त्रको दशकलाई नेपालमा स्वतन्त्र पत्रकारिताको जगका रूपमा लिन सकिन्छ । राणा शासनको अवधिमा करिब १३ वटा पत्रिका प्रकाशन भएका थिए । त्यो पनि अखबारी पत्रकारिता भन्न मिल्दैन किनभने ती सबै पत्रिका साहित्यिक थिए । राणा शासकको विरुद्धमा गएर कुनै पत्रिका प्रकाशन गर्न सक्ने अवस्था नै नभएकाले प्रायः सम्पादक नै उनीहरूले नै नियुक्त गर्दथे । त्यसको तुलनामा प्रजातन्त्रको अवधिमा हाते पत्रिकासमेत गरी करिब दुई सय पत्रिका प्रकाशन भएका थिए । यसरी अघिल्लो शासनका तुलनामा दश वर्षमै यतिका पत्रिका प्रकाशन हुनु सामान्य कुरा थिएन । त्यसै समयमा मुलुक समाचार समिति युगमा प्रवेश गरेको थियो । 

त्यसबेलाका पत्रकार गोविन्द वियोगीसहितका युवाहरूको सक्रियतामा विसं २०१६ मा नेपाल संवाद समितिको स्थापना भयो र त्यसको करिब छ महिनाको अवधिमा मणिन्द्रराज श्रेष्ठको सक्रियतामा अर्काे समाचार समिति सगरमाथा संवाद समिति जन्मियो । त्यतिबेलासम्म मुलुकमा पत्रपत्रिका र रेडियो रहेकामा देशमा पत्रकारिताको नयाँ विधा समाचार समिति पनि थपियो । यो पनि निजी क्षेत्रका व्यक्तिहरूकै पहलमा सुरुआत भएकाले यसलाई पत्रकारिताको विकासमा एक नयाँ र कोशेढुङ्गाको रूपमा लिन सकिन्छ । त्यसैगरी सो समयमा नेपालबाहेकका अरु भाषाहरू नेवारी, अङ्ग्रेजी, हिन्दी आदि भाषामा पनि पत्रिका प्रकाशन भए । राजधानीबाट मात्र नभएर काठमाडौँ बाहिरबाट पनि पत्रिका छापिए । पत्रिका प्रकाशनको काम मोफसलसम्म पुग्नु भनेको पनि मुलुकको पत्रकारिता क्षेत्रका लागि एक महत्वपूर्ण नै मान्न सकिन्छ ।

त्यसबेलाको यकिन अनुसन्धान त हुनसकेको छैन तर पत्रकारिता  क्षेत्रमा प्राप्त साहित्य र तथ्याङ्कहरूको विश्लेषणबाट सो अवधिमा २५ भन्दा बढी दैनिक पत्रिका प्रकाशनमा आएका थिए र त्यस समयमा धेरैजसो पत्रिका साप्ताहिक र मासिक थिए । अर्काे रमाइलो कुरा त के थियो भने सो समयका राजनीतिक दलहरूले पनि पत्रिका प्रकाशन गर्ने गरेका थिए । प्रायः सबै दलका आ–आफ्ना मुखपत्र प्रकाशन हुन्थे । यो अवस्थालाई त्यसबेलाका राजनीतिक पार्टीहरूले पनि आफ्ना विचारहरू जनतासमक्ष पुर्याउने शक्तिको अस्तित्वका रूपमा पत्रिकालाई स्वीकार गरेका थिए ।

राजा महेन्द्रले विसं २०१७ पुस १ गते मुलुकको प्रजातन्त्रमाथि धावा बोले र तत्कालीन जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई जेल हालेर पञ्चायती नामको एकदलीय राजनीतिक व्यवस्थाको घोषणा गरे । त्यसपछि भने प्रजातन्त्रको दशकमा फस्टाएको र इतिहासमै पहिलोपटक यस्तो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाएको नेपाली प्रेसको अधिकारमाथि काँढेतार लाग्यो । अब राजाले स्वघोषणा गरेको व्यवस्थाका विरुद्धमा बोल्न र लेख्न नपाइने भयो । विसं २०१९ मा त संविधान नै जारी गरियो र पञ्चायती व्यवस्थाका विरुद्धमा लेख्न बोल्न नपाइने प्रावधान संविधानमै राखियो । त्यसपछि प्रजातन्त्रको दशकमा नेपाली प्रेसले बसालेको जग खल्बलिन थाल्यो । व्यवस्थाको समर्थन गर्न नसक्ने कैयौँ पत्रिका बन्द भए । अब नागरिकले अघिको दशकमा जस्तो स्वतन्त्र प्रेस र अभिव्यक्तिको अनुभूति गर्न नपाउने भयो । देशको प्रेस पञ्चायती व्यवस्थको पक्ष तथा बहुदलीय व्यवस्थाको पक्षमा गरेर मिसनमा बाँडियो । यो क्रम तीन दशक नै चल्यो, नेपाली प्रेसले अनेक हण्डर र ठक्कर खायो । व्यवस्थविरोधी पत्रिकाहरू अधिकांश बन्द भए भने अरु भूमिगत भए । उता पञ्चायती व्यवस्थाको पक्षका पत्रिकामाथि भने सरकारकै मलजल पर्यो ।

विसं २०४६ मा प्रजातन्त्रको पुनःस्थापना भयो । फेरि प्रेसले अभिव्यक्ति स्वतन्त्रताको अनुभूति गर्ने भयो । नेपाल अधिराज्यको संविधान २०४७ मा जस्तोसुकै समाचार लेखे पनि पत्रिकाको दर्ता खारेज गर्ने र छापाखाना नै जफत गर्ने कामलाई बर्जित गर्यो । जबकि पञ्चायती व्यवस्थामा अञ्चलाधीशले चाहँदा जुनसुकै पत्रिकाको छापाखाना नै बन्द गरिदिन सक्थ्यो । यसरी नेपालको प्रेस बलियो बन्दै गयो र संवैधानिक सुनिश्चिततासहितको प्रेस स्वतन्त्रताको युग सुरु भयो । मुलुकको वर्तमान संविधानले त पूर्ण प्रेस स्वतन्त्रताको प्रावधानलाई प्रस्तावनामा नै राखेको छ । हाल नेपाली प्रेसले प्रेस स्वतन्त्रताको अधिकतम अभ्यास गरिरहेको छ । देशमा लोकतान्त्रिक राजनीतिक व्यवस्था भएकाले मात्र यो सम्भव भएको हो ।

देशको प्रेस जगत्ले यस्तो अभ्यास गर्न पाउने अधिकारको जग वास्तवमा २००७ सालको प्रजातन्त्रपछि बसेको हो । यो आलेखको आशय यो हो कि आधुनिक पत्रकारिताको तथा प्रेस स्वतन्त्रताको जग २००७ देखि २०१७ को प्रजातन्त्रको दशकमा बसेको हो । प्रेस स्वतन्त्रताले सदैव देशको राजनीतिक शासन प्रणालीलाई पछ्याएको हुन्छ । यसका ज्वलन्त उदाहरण यसै आलेखका सुरुमा विभिन्न राजनीतिक व्यवस्थामा पत्रकारितामा भएका उतारचढाव नै काफी छन् । जहाँ प्रजातन्त्र छ त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव छ । लोकतान्त्रिक शासन प्रणालीको अनुपस्थितिमा स्वतन्त्र प्रेस कल्पनामात्रको विषय होला तर  यथार्थ बन्न सक्दैन । त्यसैले २००७ सालको प्रजातन्त्रपछि मात्र मुलुकमा स्वतन्त्र प्रेसको शिलान्यास भएको हो । मुलुकमा अहिले अभ्यास गर्न सकिएको आधुनिक पत्रकारिताको जग नै २००७ देखि २०१७ को प्रजातन्त्रको दशकमा बसेको हो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न आग्रह
Next Article रिहा भए अरुण चौधरी, रञ्जिताले गरिन् स्वागत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पहिरोले पुरिएर श्रीलंकामा १५० भन्दा बढीको मृत्यु

57 years ago
पर्बत - PBTलेख

भविष्य मात्रै होइन ज्यानै लिने विद्यालय

57 years ago
काठमाडौँ - KTMलेख

संघीय सुशासनको लागि वित्तीय अनुशासनको अपरिहार्यता

57 years ago
काठमाडौँ - KTMलेख

प्राकृतिक प्रकोपबाट बच्न बेलैमा सजग बनौँ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?