२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

काठमाडौं-ल्हासा सिधा उडान खोल्न नेपालको प्रस्ताव

२० चैत्र २०७९, सोमबार ०९:१६

चैत २०, काठमाडौँ | नेपालले काठमाडौं-ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग गरेको छ । १५ चैतमा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार कोभिड-१ का कारण बन्द भएको हवाई सेवाले दुई देश बीचको पर्यटन र व्यापारलाई थप वितार गर्ने भन्दै सेवा पुनः सञ्चालनका लागि आग्रह गरिएको थियो ।

नेपालसँग सबै व्यापारिक नाका खुला गर्दै जाने चिनियाँ नीतिअनुसार गरिएको आग्रहमा चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्तालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । ‘हामीले हवाई सेवा सुचारु गर्न आग्रह गरेका छौं, उहाँहरु सकारात्मक हुनुहुन्छ,’ रेग्मीले थपे, ‘विमानस्थल स्तोरन्नतीको काम भइरहेको र छिट्टै नेपालको आग्रहअनुसार आवश्यक निर्णय लिने बताउनु भएको छ ।’

ल्हासा-काठमाडौं सिधा उडान नहुँदा हाल काठमाडौं-छेन्दु-ल्हासा र ल्सासा-छेन्दु-काठमाडौं गरी घुमाउरो रुटमा हवाई सेवा जोडिएको छ ।

चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै २०७६ माघदेखि  चिनियाँ वायुसेवा कम्पनीहरुले विभिन्न मुलुकको उडान रोकेका थिए । सोही अनुसार नेपालमा हुने उडान समेत रोकिएको थियो । नेपाल सरकारले ११ चैत २०७६ मा मुलुक भित्रै लकडाउन सुरु गरेपछि त्यसयता सो रुट बन्द छ ।

कोभिड-१९ पछि पछिल्लो समय नेपाल र चीन जोड्ने गरी ५ वटा वायुसेवा कम्पनीले नियमित उडान थालिसकेका छन् । जसमा एयर चाइना र सिचुवान एयरलाइन्सले छेन्दु–काठमाडौं, चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वाङझाउ र हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङलाई काठमाडौंसँग जोड्ने गरी समर सेड्युल स्वीकृत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता