२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएईबाट पैसा पठाउँदा रुपन्देहीका नुरुद्दिनले पाए घर उपहार

२०७९, २३ चैत्र बिहीबार ०९:००

चैत २३, काठमाडौं | यूएईबाट नेपाल पैसा पठाउदा एक नेपालीले रुपन्देहीमा एउटा घर उपहार पाएका छन् । यूएईको इण्डेक्स एक्सचेन्जमार्फत परिवारलाई सिद्धार्थ बैकको सिद्धार्थ रेमिटबाट पैसा पठाउँदा उनलाई एउटा घर उपहार परेको हो । सात महिना पहिले यूएई आएर एउटा कन्स्ट्रकसन (नीर्माणाधीन) कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका रुपन्देही सिद्दार्थनगरका नुरुद्दिन चुरिहारले घर उपहार पाएका हुन् ।


दुबईको जबिलअली स्थित इन्डेक्स एक्सचेन्जको शाखाबाट पैसा पठाउंदा उनलाई उपहार स्वरुप नेपालमा एउटा घर उपहार परेको हो । सोमबार (अप्रिल ३ मा) गरिएको लक्की ड्र अन्तर्गत नुरुद्दिनले एउटा घर पाएका हुन् । एक्सचेन्जको यो तेस्रो लक्की ड्र हो । यसअघि एक पाकिस्तानी र एक बङ्गलादेशी नागरिकले एक एक घर पाइसकेका छन् । अब अप्रिल २६ मा अन्तिम लक्की ड्र गरिने इण्डेक्स एक्सचेण्जले जनाएको छ ।

चुरिहारले गएको महिना १ सय धिराम्स  (३ हजार ६ सय रुपैया) इण्डेक्स एक्सचेन्ज मार्फत सिद्दार्थ बैकको सिद्दार्थ रेमिटमा आफ्नो परिवारलाई पैसा पठाउनु भएको थियो । उपहार स्वरुप पाएको घर नेपालमा सम्बन्धित जिल्लामा रियल स्टेट मार्फत खरिद गरेर प्रदान गरिने छ । एक्सचेन्जले दिएको उपहार घरको सट्टा घरलाई पर्ने बराबरको पैसा पनि लिन सकिने सिद्धार्थ बैकका युएई प्रमुख नबिन पौडेलले जानकारी दिए ।

इन्डेक्स एक्सचेन्जले संसारभर रेमिट्यान्स पठाउने ग्राहकका लागि गएको फ्रेबुअरीबाट अप्रिल २६ तारिखसम्म युएईका कुनै पनि शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनोट गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते