१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएईबाट पैसा पठाउँदा रुपन्देहीका नुरुद्दिनले पाए घर उपहार

२३ चैत्र २०७९, बिहीबार ०९:००

चैत २३, काठमाडौं | यूएईबाट नेपाल पैसा पठाउदा एक नेपालीले रुपन्देहीमा एउटा घर उपहार पाएका छन् । यूएईको इण्डेक्स एक्सचेन्जमार्फत परिवारलाई सिद्धार्थ बैकको सिद्धार्थ रेमिटबाट पैसा पठाउँदा उनलाई एउटा घर उपहार परेको हो । सात महिना पहिले यूएई आएर एउटा कन्स्ट्रकसन (नीर्माणाधीन) कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका रुपन्देही सिद्दार्थनगरका नुरुद्दिन चुरिहारले घर उपहार पाएका हुन् ।


दुबईको जबिलअली स्थित इन्डेक्स एक्सचेन्जको शाखाबाट पैसा पठाउंदा उनलाई उपहार स्वरुप नेपालमा एउटा घर उपहार परेको हो । सोमबार (अप्रिल ३ मा) गरिएको लक्की ड्र अन्तर्गत नुरुद्दिनले एउटा घर पाएका हुन् । एक्सचेन्जको यो तेस्रो लक्की ड्र हो । यसअघि एक पाकिस्तानी र एक बङ्गलादेशी नागरिकले एक एक घर पाइसकेका छन् । अब अप्रिल २६ मा अन्तिम लक्की ड्र गरिने इण्डेक्स एक्सचेण्जले जनाएको छ ।

चुरिहारले गएको महिना १ सय धिराम्स  (३ हजार ६ सय रुपैया) इण्डेक्स एक्सचेन्ज मार्फत सिद्दार्थ बैकको सिद्दार्थ रेमिटमा आफ्नो परिवारलाई पैसा पठाउनु भएको थियो । उपहार स्वरुप पाएको घर नेपालमा सम्बन्धित जिल्लामा रियल स्टेट मार्फत खरिद गरेर प्रदान गरिने छ । एक्सचेन्जले दिएको उपहार घरको सट्टा घरलाई पर्ने बराबरको पैसा पनि लिन सकिने सिद्धार्थ बैकका युएई प्रमुख नबिन पौडेलले जानकारी दिए ।

इन्डेक्स एक्सचेन्जले संसारभर रेमिट्यान्स पठाउने ग्राहकका लागि गएको फ्रेबुअरीबाट अप्रिल २६ तारिखसम्म युएईका कुनै पनि शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनोट गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल