३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

भोलिबाट श्रम स्वीकृति लिएर विदेश गएकाले २ वटा मोबाइल सेट ल्याउन पाउने

३१ बैशाख २०८०, आईतवार ०८:३५

बैशाख ३१, काठमाडौँ | जेठ १ गतेबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरूले २ वटा मात्र मोबाइल ल्याउन पाउने भएका छन् ।

सरकारले निजी प्रयोगका माल वस्तुसम्बन्धी आदेश २०७७ को व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने व्यवस्था गरेको छ । यो व्यवस्था भोलिबाट लागु हुँदैछ ।


नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेठ ०१ गते देखि एमडिएमएसप्रणाली लागु गरिने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडिएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ।

नेपाल सरकारको ‘निजी प्रयोगका माल वस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले राहदानी वा नागरिकता, डिपार्चर र अराइभल स्ट्याम्प देखिने राहदानीको पाना र बोर्डिङ पासको कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली मा दर्ता भए/नभएको यकिन गरी मात्र खरिद गर्नु प्राधिकरणले भनेको छ । साथै मोबाइल आयातकर्ता र विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितरण गराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य