२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

सगरमाथा आरोहणका क्रममा एक चिनियाँ नागरिकको मृत्यु, यो सिजन मृत्यु हुनेको संख्या आठ पुग्यो

२०८०, ४ जेष्ठ बिहीबार १२:०७

जेठ ४, काठमाडौँ | सगरमाथा आरोहणको क्रममा आज बिहान चिनियाँ नागरिकको मृत्यु भएको छ । यद्यपि, उनको परिचय र मृत्युको कारण भने अझै खुलिनसकेको सगरमाथा बेसक्याम्पस्थित स्रोतले जनाएको छ ।

८ के एक्सपिडिसन प्रालिको सहयोगमा उनले सगरमाथा आरोहण गर्न लागेका थिए । ‘सगरमाथाको दक्षिण चुचुरोतर्फ चिनियाँ नागरिकको मृत्यु भएको खबर हामीले पाएका छौं । तर, राम्रोसँग सम्पर्क हुन नसक्दा घटनाको विस्तृत जानकारी पाउन सकिएको छैन,’ उक्त कम्पनी स्रोतले भन्यो ।

यस सिजनमा सगरमाथा आरोहणको क्रममा सोलुखुम्बु पुगेकामध्ये ८ जनाको मृत्यु भइसकेको छ । सगरमाथा आधार शिविरमा बिरामी परेकी एक भारतीय महिला आरोहीको बिहीवार बिहान लुक्लामा मृत्यु भएको छ । ग्लेसियर हिमालय ट्रेक्सका प्रबन्ध निर्देशक डा डेन्डी शेर्पाका अनुसार सुजेन लियोपोल्डिना जिससको लुक्लास्थित अस्पतालमा उपचारका क्रममा बिहान ५ः१३ बजे मृत्यु भएको हो ।

महाराष्ट्र, मुम्बईकी ५९ वर्षीय आरोही आधार शिविरमा ६ दिनदेखि बिरामी थिइन् । सुज्यानले पेसमेकरको सहायताले आरोहण गरिरहेकी थिइन् तर आधार शिविरभन्दा माथि जान सकिनन् । उनले मे २०२२ मा सगरमाथा आधार शिविरमा पदयात्रा पूरा गरेकी थिइन् । सगरमाथाको प्रयास गरेर, उनले पेसमेकरमा एसियाकै पहिलो व्यक्ति र सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध भारतीय बन्ने लक्ष्य राखेकी थिइन् ।

यस्तै, चार शेर्पा पर्वतारोही, एक अमेरिकी डाक्टर र मोल्डोभाका पर्वतारोहीको पनि मृत्यु भएको हो । उनीहरुको सर्वोच्च शिखर चुचुरोमा पुग्ने क्रममा मृत्यु भएको थियो । मोल्डोभाका भिक्टर ब्रिन्जा, अमेरिकी डाक्टर जोनाथन सुगरम्यान, फुर्वा शेर्पा, दावा छिरी शेर्पा, पेम्बा तेञ्जिङ शेर्पा र लाक्पा शेर्पाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने