२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

सगरमाथा आरोहणका क्रममा एक चिनियाँ नागरिकको मृत्यु, यो सिजन मृत्यु हुनेको संख्या आठ पुग्यो

४ जेष्ठ २०८०, बिहीबार १२:०७

जेठ ४, काठमाडौँ | सगरमाथा आरोहणको क्रममा आज बिहान चिनियाँ नागरिकको मृत्यु भएको छ । यद्यपि, उनको परिचय र मृत्युको कारण भने अझै खुलिनसकेको सगरमाथा बेसक्याम्पस्थित स्रोतले जनाएको छ ।

८ के एक्सपिडिसन प्रालिको सहयोगमा उनले सगरमाथा आरोहण गर्न लागेका थिए । ‘सगरमाथाको दक्षिण चुचुरोतर्फ चिनियाँ नागरिकको मृत्यु भएको खबर हामीले पाएका छौं । तर, राम्रोसँग सम्पर्क हुन नसक्दा घटनाको विस्तृत जानकारी पाउन सकिएको छैन,’ उक्त कम्पनी स्रोतले भन्यो ।

यस सिजनमा सगरमाथा आरोहणको क्रममा सोलुखुम्बु पुगेकामध्ये ८ जनाको मृत्यु भइसकेको छ । सगरमाथा आधार शिविरमा बिरामी परेकी एक भारतीय महिला आरोहीको बिहीवार बिहान लुक्लामा मृत्यु भएको छ । ग्लेसियर हिमालय ट्रेक्सका प्रबन्ध निर्देशक डा डेन्डी शेर्पाका अनुसार सुजेन लियोपोल्डिना जिससको लुक्लास्थित अस्पतालमा उपचारका क्रममा बिहान ५ः१३ बजे मृत्यु भएको हो ।

महाराष्ट्र, मुम्बईकी ५९ वर्षीय आरोही आधार शिविरमा ६ दिनदेखि बिरामी थिइन् । सुज्यानले पेसमेकरको सहायताले आरोहण गरिरहेकी थिइन् तर आधार शिविरभन्दा माथि जान सकिनन् । उनले मे २०२२ मा सगरमाथा आधार शिविरमा पदयात्रा पूरा गरेकी थिइन् । सगरमाथाको प्रयास गरेर, उनले पेसमेकरमा एसियाकै पहिलो व्यक्ति र सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध भारतीय बन्ने लक्ष्य राखेकी थिइन् ।

यस्तै, चार शेर्पा पर्वतारोही, एक अमेरिकी डाक्टर र मोल्डोभाका पर्वतारोहीको पनि मृत्यु भएको हो । उनीहरुको सर्वोच्च शिखर चुचुरोमा पुग्ने क्रममा मृत्यु भएको थियो । मोल्डोभाका भिक्टर ब्रिन्जा, अमेरिकी डाक्टर जोनाथन सुगरम्यान, फुर्वा शेर्पा, दावा छिरी शेर्पा, पेम्बा तेञ्जिङ शेर्पा र लाक्पा शेर्पाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता