२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ

५ असार २०८०, मंगलवार ०२:४६

असार ५, काठमाडौँ । युएई,गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतवार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ ।

आगामी २०२३-२५ कार्यकालको  निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका पुर्व अध्यक्ष एबं हालका प्रमुख संरक्षक  रमेश श्रेष्ठलाई नियुक्ति गरिएको छ । समितिका अन्य सदस्यहरुमा एनआरएनए युएईका पुर्व अध्यक्ष सुदीप कार्की र एनआरएनए युएईका पुर्व महासचिव एबं बोर्ड मेम्बर कृष्ण पौडेल रहेका छन ।  


उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए युएईका    अध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना र महासचिव दीपक खड्काले निर्वाचन प्रमुख रमेश श्रेष्ठलाई पत्र हस्तांतरण गरेका छन ।  

गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ढुङ्गानाले एनसिसि बैठकले संघको २०२३-२५ कार्यकालको अधिवेसनका लागी निर्वाचन समिती गठन गरिएको बताए ।

संघका अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा बसेको उक्त बैठकले सदस्यता आबेदनको अन्तिम मिती जुन २६ सम्म निर्धारण गरेको छ भने संघको अधिवेशन र संघको २०२३-२५ को कार्यसमितीको निर्वाचनको मिती छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।

एनआरएनए युएईले निर्वाचन समिती गठन गरि  निर्वाचन संयोजकमा रमेश श्रेष्ठलाई जिम्मेवारी दिएपछि पुर्व अध्यक्ष श्रेष्ठले आफूलाई योग्य सम्झी उक्त जिम्मेवारी दिएकोमा एनआरएनए एनसिसि युएईको कार्यसमितिलाई धन्यवाद ब्यक्त गर्दै निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउने बताए । पुर्व अध्यक्ष श्रेष्ठलाई निर्वाचन प्रमुखको जिम्मेवारी दिएकोमा  एनआरएनए युएईका कार्यसमिती र युएईमा रहेका अन्य नेपाली संघ सँस्थाहरु पनि योग्य ब्यक्तिलाई उपयुक्त जिम्मेवारी दिएकोमा खुशी रहेका छन ।

पुर्व अध्यक्ष श्रेष्ठले आफू अध्यक्ष भएको बेला एनआरएनए युएईलाई तेहिको कानुन अनुसार नेपाल एसोसियसनको नाममा दर्ता गराएका थिए । हाल एनआरएनए युएई र नेपाल एसोसियसन एउटै सँस्था बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान