२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा सवारी दुर्घटनापछि जरिवाना तिर्न नसक्दा एक नेपाली ८ वर्षदेखि बन्धक

५ असार २०८०, मंगलवार १२:२६

असार ५, काठमाडौँ | सवारी दुर्घटनापछि जरिवानावापतको रकम तिर्न नसक्दा साउदी अरेबियामा एक नेपाली ८ वर्षदेखि बन्धक बनेका छन् । सन् २०१६ मा सवारी दुर्घटनापछि नेपाली चालक दुर्गाबहादुर सुनारको गल्ती ठहर्‍याउँदै ६५ हजार साउदी रियाल जरिवाना गरिएको थियो ।

उक्त जरिवाना तिर्न नसकेका उनी विगत ८ वर्षदेखि नेपाल फर्किन पाएका छैनन् । पछिल्लो डेढ वर्षदेखि साउदीस्थित नेपाली महावाणिज्यदूतावासको सेल्टरमा बस्दै आएका छन् ।  दूतावासले आर्थिक सहयोग संकलन गरेर बन्धनमुक्त गराउन पहल थालेको छ । त्यसका लागि आर्थिक सहयोगको लागि अपिल गरेको छ ।

के भएको थियो ?

सन् २०१६ मा साउदी पुगेका सुनारको त्यही वर्ष सवारी दुर्घटनामा परेका थिए । गाडी उनी आफैंले चलाएका थिए । जहाँ तीन वटा सवारी एक आपसमा ठोक्किएका थिए । र अन्य दुई सवारीमा क्षति पुग्नुका साथै दोस्रो पक्षलाई चोटपटक समेत लागेको थियो । त्यसपछि सुनारको गल्ती ठहराउँदै प्राईभेट राईट अन्तर्गत ६५ हजार साउदी रियालको जरिवाना दोस्रो पक्षलाई तिर्नुपर्ने फैसला सुनाइएको थियो ।  

उनले चालक अनुमति पत्र विना सवारी चलाएको र त्यो बेला सवारीको बीमा समेत नरहेको अवस्थामा आफ्नै इच्छाले रोजगारदाताको अनुमतिविना सवारी साधन चलाएका थिए । जसले गर्दा रोजगारदातालाई कानूनीरुपमा जरिवाना तिर्नका लागि हकदार बनाउन मिल्ने अवस्था नरहेको फैसलामा उल्लेख छ । यद्यपी, महावाणिज्यदूतावासले रोजगारदातालाई भेटी पटक पटक जरिवाना रकम तिरिदिन अनुरोध गरेका थियो । तर, रोजगारदाताले आफू रकम तिर्न सक्ने आर्थिक हैसियतमा नरहेको बताउँदै आएको छ ।

महावाणिज्यदूतावासले पटक पटक साउदी सरकारका विभिन्न निकायहरुसँग अनुरोध गर्दा उनको गल्ती रहेका कारण देखाउँदै जरिवाना मिनाहा हुन नसक्ने जानकारी दिएको छ । महावाणिज्यदूतावासले दोस्रो पक्षसँग जरिवाना मिनाहाका लागि अनुरोध गरेको थियो । उक्त क्रममा दोस्रो पक्षले ४५ हजार साउदी रियाल तिरेमा २० हजार रियाल मिनाहा गरिदिने बताएको छ । तर, उनको आर्थिक अवस्था निकै कमजोर रहेकाले दूतावासले आर्थिक सहयोगको लागि अपिल गरेको हो ।

उनको उद्धार गरी नेपाल फिर्तीका लागि महावाणिज्यदूतावास साउदी अरेबियामा क्रियाशील विभिन्न संघ–संस्थाहरुसँग सहयोगको अपिल गरेको हो । सहयोग गर्न ईच्छुकहरुले महावाणिज्यदूतावासको ह्वाट्सएप नम्बर ००९६६०५३५१५०४०७ मा सम्पर्क गरी सुनारलाई आर्थिक सहयोग गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य