२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा नेपाली सुरक्षागार्डको मृत्यु: मृतकको पहिचान खुल्न समय लाग्ने

१४ असार २०८०, बिहीबार ०८:०३

असार १४, काठमाडौँ | साउदी अरबको जेद्दाहस्थित अमेरिकी महावाणिज्यदूतावासमा बन्दुकधारीको आक्रमणमा मारिएका नेपाली सुरक्षागार्डको परिचय खुल्न समय लाग्ने भएको छ।

जेद्दाहस्थित नेपाली वाणिज्यदूत भुवन पौडेलका अनुसार इदको सार्वजनिक विदा भएकाले मृतकका बारेमा विस्तृत जानकारी लिन समय लागेको हो।

पौडेलका अनुसार बुधबार साँझ पौने ७ बजे एक जना बन्दुकधारी गाडीमा अमेरिकी महावाणिज्यदूतावासमा आएका थिए।


उनले चलाएको गोली लागेर एक जना नेपाली सुरक्षा गार्ड घाइते भएका थिए। महावाणिज्यदूतावासमा खटिएका अरू सुरक्षा गार्डले आक्रमणकारीमाथि जवाफी कारबाही गरेका थिए।

आक्रमणकारीको मृत्यु भएको छ। घाइते नेपाली सुरक्षा गार्डको पछि मृत्यु भएको हो।

उनको शव अहिले अस्पतालमा राखिएको छ।

साउदीमा अहिले इदको विदा चलेकाले मृतकबारे औपचारिक जानकारी आउन समय लागेको पौडेलले बताए।

‘हामीले यहाँको परराष्ट्र मन्त्रालय र अमेरिकी महावाणिज्य दूतलाई औपचारिक र अनौपचारिक तरिकाले जानकारी मागेका छौं,’ पौडेलले भने,‘विदा भएकाले जवाफ आउन ढिलाइ भएको छ।’

अमेरिकी महावाणिज्यदूतावासमा अरू नेपाली पनि सुरक्षा गार्डका रूपमा कार्यरत छन्।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य