गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा पुनः चयन

Posted on: 22 Jul, 2023

साउन ६, एजेन्सी | गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको ८औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा रानाध्वज लामालाई पुनः चयन गरेको छ । यसअघिको कार्यकालमा पनि लामा नै अध्यक्ष थिए ।

शुक्रबार सम्पन्न परिषद्को महाधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि लामालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा मानबहादुर तामाङ र होमनाथ गिरि, महिला उपाध्यक्षमा रमिता तामाङ, उपाध्यक्षमा मोहन राई, दामोदर बटाला, विकाशबहादुर सिंह, निरन्जन सिंह ठकुरी, महासचिवमा मनिष केसी, सचिवमा विजय धामी, मनकुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जीवन निरौला चयन भएको निर्वाचन समितिले जनाएको छ ।

युवा संयोजकमा आङ नोर्बु शेर्पा, महिला संयोजकमा सजिना गुरुङ, युवा सहसंयोजकमा छेनाम तामाङ, महिला सहसंयोजकमा मायादेवी राई पाण्डे चयन भएका छन् ।

त्यस्तै, समितिको सदस्यमा सूर्यकुमार लामा, दुर्गा कुमारी ओली, मोहम्मद आलम्गिर अन्सार, राजु पुन मगर, रुपक थापा, , राजु धिमाल, प्रकाश राई, उमेश राई, अशोक साह सोनार, लालबहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ, पेमा दोर्जे लामा, चित्र बहादुर थापा रहेका छन् । आईसीसी सदस्यमा भने हरि लावती चयन भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!