२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा अलपत्र रोल्पाली युवाको उद्धार

२०८०, ११ श्रावण बिहीबार ११:३२

साउन ११, रोल्पा | वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी अलपत्र परेका रोल्पाका एक युवाको उद्धार गरिएको छ । कम्पनीले काम नलगाउँदा ८/९ महिनादेखि अलपत्र परेका त्रिवेणी गाउँपालिका–४ बुढागाउँका मोहन घर्तीलाई रोल्पाली युवाहरुले उद्धार गरी बुधबार नेपाल पठाएका हुन् । 

साउदीथित एक कम्पनीले तलब र सेवा सुविधा नदिएपछि उनी अलपत्र परेका थिए । उक्त खबर उनले परिवारमा पठाएपछि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले उनको उद्धारको नेतृत्व गरेको हो । संस्थाका अध्यक्ष डिलाराम वलीले साउदी शाखा र त्यहाँ रहेका पदाधिकारीहरुले घर्तीको उद्धारमा सहयोग गरेको बताए । साउदीस्थित नेपाली दूतावासले समेत सहयोग गरेको संस्थाका उमान घर्तीमगरले बताए । साउदीको जेद्दास्थित नेपाली दूतावास कार्यालयले घर फिर्ता हुने कागजात र अन्य सहयोग जुटाइदिएको हो ।

मोहनलाई घर फर्कन आवश्यक पर्ने रकमको जोहो उनका साथीहरुले गरिदिएका हुन् । साउदीमा रहेका संस्थाका पदाधिकारीहरु भीम मगर, क्षितिज मगर, हरिप्रसाद विष्ट, खुम रोल्पाली, राज विष्ट, टीका मगर र एचबी घर्तीमगरले १/१ सय साउदी रुपैयाँ प्रदान गरेका थिए । यस्तै साउदीस्थित वाजत मुसाफिर ट्राभल्स र टुर्स कम्पनीले ५ सय ५० साउदी रुपैयाँ दिएको हो । उक्त रकमबाट नेपाल आउने टिकट खर्च गर्ने प्रबन्ध मिलाइको संस्थाले जनाएको छ।

अध्यक्ष वलीका अनुसार विदेशमा पुगेर अलपत्र रहेका युवाहरुलाई उद्धार गर्न संस्थाले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने