२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

एनआरएनए मलेसियाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ (बिजयीहरु नामावली सहित)

१५ श्रावण २०८०, सोमबार ०६:५२

साउन १५, क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ। आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन । एनआरएनए मलेसियाको नेतृत्वमा फेरि विनोद थापा दोहोरिएका छन ।

अध्यक्षसहित अन्य सवै पदमा निर्विरोध चयन गरिएको न्यौपानेले जानकारी गराए। अध्यक्ष पदमै उम्मेदवारी दिएका राकेश महतोले अन्तिम समयमा थापालाई सहमतिमा समर्थन गरेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन ।

थापा र महतोबीच एक-एक वर्ष कार्यकाल बाँड्ने आन्तरिक सहमति छ। सोही सहमतिअनुसार महतोले अहिले अध्यक्षबाट पछि हटेर थापालाई समर्थन गरेका हुन्। महतोलाई अहिले प्रथम उपाध्यक्षको जिम्मेवारी दिइएको छ। मलेसियाबाट आइसीसी सदस्यमा शेर बहादुर गुरुङ, सन्तोष कार्की,सन्तोष रिजाल,मिरा पुरी गिरीलाई पठाइएको छ ।

यसैगरी, उपाध्यक्षहरुमा हेमराज सापकोटा, रंजित कुमार क्षेत्री, अरुण गिरी र दिल कुमार केरुङ चयन भएका छन्। युवा उपाध्यक्षको जिम्मेवारी नारायण अधिकारीलाई दिइएको छ भने लिला मगरलाई महिला उपाध्यक्ष बनाइएको छ।

महासचिव टेक बहादुर अधिकारी चयन भएका छन्। यस्तै, सचिवमा श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बराल चुनिएका छन । त्यस्तै, कोषाध्यक्षमा बाल ध्वज लिम्बू, सहकोषाध्यक्षमा विमल राना, युवा संयोजकमा राजु लामा र महिला संयोजकमा ईन्दु बस्नेत चयन भएका छन । कार्यसमिति सदस्यहरुमा विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेशराज ज्ञवाली (हरी), खेम राज खत्री र विजय मण्डल निर्वाचित भएका छन्।


महाधिवेशनको उद्घाटन मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज अधिकारी र एनआरएनए पदाधिकारीले गरेका थिए । महाधिवेशनमा उपाध्यक्ष आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी,सचिव खगेन्द्र न्यौपाने,सचिव प्रविन गुरुङ,एशिया प्याशिफिक डिआरसी हरि भट्टराई,एनसीसी कम्बोडियाका अध्यक्ष लालसिंह खड्का,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,इमेज टेलिभिजनका वरिस्ठ पत्रकार जगदीश खरेल,रोजगार मिडियाका सम्पादक ऊद्दव भट्टराई,प्रवासखवरका बिनेश खनाल,चर्चित गायक आनन्द कार्की,कलाकारहरु सोभा त्रिपाठी,एलिना रायमाझी,नम्रतालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य