२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कुवेतहुँदै साउदी अरेबिया पुगी अलपत्र परेका चार महिलाको उद्दार

२३ श्रावण २०८०, मंगलवार ०६:४२

साउन २३, काठमाडौँ | साउदी अरेबियास्थित नेपाली दूतावास रियादले अलपत्र परेका चार नेपाली महिलाको उद्दार गरेको छ  । छ वर्षअघि  अफिस किल्नरको रुपमा  कुवेत पुगेका यी चार महिला एक महिनाको बसाईंपछि उनीहरू घरेलु कामदारका रूपमा  कुवेतहुँदै साउदी अरेबिया पुगेका थिए । 

उद्दार गरिएका महिला भन्छन,'२०७४ साल अघि  गाउँमा एक एजेन्डले कुवेतमा राम्रो तलब सेवा सुविधाको लोभ देखाएर कुवेत पठायो तर हामीलाई काम गर्ने कम्पनीको बारेमा केही थाहा दिएन र कुवेतमा एक अफिसमा १ महिनासम्म राखेर एक साउदीसँग मोलतोल गरि महिनाको ७०० – ९०० रियल दिने सर्तमा साउदीमा घरेलु कामदारको रूपमा पठायो ।'


 छ वर्षसम्म काम गर्दा साउदीले एक वर्षको मात्र तलब दिएको र बाँकी सेवा सुविधाबाट बन्चित गरि आफूहरूलाई अवैधानिक रुपमा समेत राखेको उनीहरुले बताए।

दैनिक रूपमा १८ घण्टा सम्म काम गर्नुपर्ने ,मानसिक यातना दिने र  लामो समयसम्म काम गरेको  तलब नदिएकाले आफूहरू  दुतावाससँग सम्पर्क गरी दूतावासको  सहयोगमा साउदीको घरबाट भागेर आएको बताए । 

उनीहरू ३ महिनादेखि दूतावास सेल्टरमा बस्दै आएका  छन् ।  पीडित महिला अलग अलग एजेण्डको सहयोगमा कुवेत पुगेका थिए । पीडित महिलालाई  स्वदेश फिर्ताको लागि दूतावास रियादले बहिर्गमन भिसाको व्यवस्था समेत गरेको हो। पीडित हुनेमा मोरङ,झापा,नवलपरासी र दाङका रहेका छन् । 

उद्दार गरिएका ४ महिलालाई स्वदेश फिर्ताको लागि आवश्यक पर्ने हवाई टिकट व्यवस्थाको लागि दूतावास रियादले भातृसंगठन एमाले प्रवासी नेपाली मञ्चलाई आग्रह गरेको थियो। संगठनका अध्यक्ष अमर श्रेष्ठलगायत सदस्यहरूको  सहयोगमा  ४  हवाई टिकट उपलब्ध  गराई  सहयोग गरेका हुन्।

उद्दार गरिएका  चार  नेपाली महिला  यहि आउँदो  १० अगस्टका दिन  हिमालयन  एयरलाइन्सको उडानबाट स्वदेश फिर्ता हुने भएका छन्। बाणिज्य दूतावास जेद्दाले समेत पटकपटक अवैधानिक रुपमा कार्यरत रहेका नेपाली महिलाको उद्दार गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान