२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कुर्दिस्तानमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर शव नेपाल पठाइयो

२०८०, २३ श्रावण मंगलवार १६:११

साउन २३, काठमाडौँ । कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर वाइवाको शब आज नेपाल पठाइएको छ । वाइवाको गत २६ जुनका दिन इदको छुट्टि मनाउने क्रममा कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएको थियो ।


गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, इराकका अध्यक्ष बिनोद श्रेष्ठका अनुसार गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, इराकको पहलमा सुलेमानिमा स्थापित संघ-संस्था नेपाल तामाङ घेदुङ कुर्दिस्तान कुर्दिस्तान, कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानी र नेपाल ख्रीष्टियन समाज सुलेमानीको सहयोगमा वाइवाको शव नेपाल पठाइएको हो । साथै वाइवाको शव नेपाल पठाउन अन्य सहयोग गर्ने बिभिन्न संस्थाहरुको अलावा अभियान्ता, नेपाली महिला समाज कुर्दिस्तान इराकको अभियान लगायतलाई धन्यवाद दिईएको छ ।

वाइवाको शव नेपाल पठाउन लाग्ने कुल खर्च ४ हजार ३०० डलरमा रोजगारदाता कम्पनिले २ हजार १५० डलर ब्यहोरेको छ । साथै मृतक वाइबाको साथमा भएको प्रहरी मार्फत प्राप्त भएको रकम ५२७ डलर र शव पठाउने अभियान चलाएर उठेको रकम २ हजार ९०४ डलरमा बाँकी रहेको एक हजार २८१ डलर इनारएनए इराकसँगनै रहेको र उक्त रकम एनसीसी इराकको बैठक बसि केही थप सहयोग रकम सहित मृतकको परिवारलाई पठाउने गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, इराकका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन् । 

अध्यक्ष श्रेष्ठले सम्पुर्ण सहयोगिहरुको नामावली र रकम सहित शुक्रबारको बैठक पछि फेसबुक पेज बाट पारदर्शी तरिकाले सार्वजनिक गरिने जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने