२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

आमाबुवासँग भिडिओ कलमा कुरा गर्दै जापानमा रबिनाले गरिन् आत्महत्या

२०८०, ७ भाद्र बिहीबार ०७:३०

भदौ ७, काठमाडौँ | अध्ययनका लागि जापान पुगेकी एकजना नेपाली युवतीले घरमा आमाबुवालाई भिडिओ कल गरेर आत्महत्या गरेकी छन। 

घरमा भिडिओ कल गरेर बोलिरहेकै अवस्थामा ती युवतीले आत्महत्या गरेकी हुन्। 

जापानको फुकुओकामा बस्दै आएकी दोलखाकी २० वर्षीया रबिना बुढाथोकीले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ कल गरेर देखाउँदै लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

उनको आत्महत्याको कारण खुलेको छैन। तर पारिवारिक असमझदारीलाई कारण मानिएको छ। सोमबार साँझको यो घटना भएको हो। 


नेपालीहरुले उनको कोठा आधा घण्टामा पत्ता लगाएपछि प्रहरी बोलाएर उद्धार गरेका थिए। प्रहरीले अगाडि फोन राखेर झुण्डिएको अवस्थामा उनलाई फेला पारेका थिए। जहाँ फोनमा भिडिओ कल भएको पाइएको छ।

उनलाई तत्कालै अस्पताल लगिएको थियो। तर उपचारका क्रममा मंगलबार बिहान निधन भएको एनआरएनएका एकजना नेता सुपेन्द्र घिसिङले बताए। 

ती युवतीले सँगै पढिरहेका साथीलाई ५ दिनका लागि नेपाल जान लागेकाले जहाजको टिकट बुझिदिन भनेकी थिइन्। उनका भाइसमेत बिदामा नेपाल आएर फर्कन लागेका थिए।

रविनाको कोठामा आत्महत्या प्रयासअघि सुसाइड नोट फेला परेका छैनन्। कोठामा चुक्कुल लगाएर झुण्डिएपछि उद्धारमा पुगेका नेपालीहरु ढोका फोडेर पसेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा