२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

पोर्चुगलबाट डिआरसी तिलक गैरेद्वारा एनआरएनए सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा

११ भाद्र २०८०, सोमबार १६:३०

भदौ ११, काठमाडौँ । पोर्चुगल,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)को आगामी १७-२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३-२५ कार्यकालका लागि पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले आईसिसि  सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली नारी समाज र  महिला समाज पोर्चुगलको आइतवार लिस्बनमा आयोजित संयुक्त अधिवेशनको अवसरमा गैरेले सह कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । गैरे हाल एनआरएनए युरोप क्षेत्रका उपसंयोजक(डिआरसी) रहेका छन ।


पोर्चुगलमा कृषि व्यवसाय र नेपालमा विभिन्न ब्यावसायमा संलग्न गैरेले  सयौं नेपाली लगायत श्रमिकहरुलाई रोजगारी दिएका छन । गैरेको नेपालमा हाइड्रोपावर र होटल व्यवसायमा ठुलो लगानी रहेको छ ।

गैरे १५ बर्षदेखि एनआरएनएको  अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका ब्यक्ति हुन । गैरेले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा समिती संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन भने हाल युरोप क्षेत्रको उपसंयोजक(DRC)को रूपमा क्रियाशील रहेका छन ।

गैरेले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन २०२३-२५ कार्यकालको लागि  आईसिसि सह-कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए । संघमा उनले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि आफूले खेल्ने भूमिकालाई मूल्यांकन गरी आफूलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन सम्पुर्ण अभियन्ता र गैर आवासीय नेपालीहरुमा आग्रह गरेका छन । नम्र र शालीन स्वभावका गैरे सफल व्यवसायी र समाजसेवीको रूपमा विश्वमा परिचित छन । गैरेले एनआरएनए अग्रज, अभियन्ता, शुभचिन्तक र गैर आवासीय नेपालीहरुको सहयोग, सद्भाव, समर्थनको   लागी  बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य