२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

भारतमा निसास्सिएर चार नेपाली कामदारको मृत्यु

४ आश्विन २०८०, बिहीबार ०७:३३

असोज ४, बैंगलुरु | भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए ।

मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन् । प्रहरीका अनुसार उनीहरू केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका थिए ।

उक्त परिवारलाई पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडी बनाइएको थियो । त्यहाँ उनीहरूले टिनको भाडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए । तर, उक्त झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमी उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ ।

यो घटना गत आइतबार बिहान पत्ता लागेको हो । पोल्ट्रीका मालिकले फोन गर्दा नउठेपछि उनले छिमेकीलाई त्यहाँ के भएको हो भनेर हेर्न पठाएका थिए । छिमेकीले घरमा हेर्दा उनीहरू सुतेकै अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृत्युको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान