२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

भारतमा निसास्सिएर चार नेपाली कामदारको मृत्यु

२०८०, ४ आश्विन बिहीबार ०७:३३

असोज ४, बैंगलुरु | भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए ।

मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन् । प्रहरीका अनुसार उनीहरू केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका थिए ।

उक्त परिवारलाई पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडी बनाइएको थियो । त्यहाँ उनीहरूले टिनको भाडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए । तर, उक्त झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमी उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ ।

यो घटना गत आइतबार बिहान पत्ता लागेको हो । पोल्ट्रीका मालिकले फोन गर्दा नउठेपछि उनले छिमेकीलाई त्यहाँ के भएको हो भनेर हेर्न पठाएका थिए । छिमेकीले घरमा हेर्दा उनीहरू सुतेकै अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृत्युको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने