२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

माल्टाको एयरपोर्टबाट तीन महिलासहित आठ जना नेपाली पक्राउ

२०८०, १५ आश्विन सोमबार ०६:३०

असोज १५, काठमाडौँ | माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट आठ जना नेपाली पक्राउ परेका छन् ।  आईडी कार्ड (टीआर कार्ड) नवीकरण नभएका, आईडी कार्ड (टीआर कार्ड) नै खारेज भएका, ब्लु पेपर र भिजा स्ट्याम्पिङ डकुमेन्ट्समा मात्र ट्राभल गर्न खोज्ने क्रममा अध्यागमन विभागको अनुसन्धानबाट पक्राउ परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जनाएको छ ।


पक्राउ परेका नेपालीलाई सोधपुछका लागी हाल माल्टाको हालसाफि डिटेन्सन सेल्टरमा नियन्त्रणमा राखिएको छ । पक्राउ परेका ९ जनामध्ये ५ जना पुरुष र ३ जना महिला छन् । १ जना महिला भने आफन्तहरुको सहयोगमा छुटेकी छन । पक्राउ परेका नेपालीलाई छुटाउन पहल भईरहेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिए ।

माल्टा आएर काम नगरी सेङ्गिङ कन्ट्रिज अथवा अन्य मुलुकतर्फ जान खोज्नेहरूलाई माल्टा प्रहरीले कडा निगरानी गर्दै पक्राउ गर्ने अभियान नै चलाएको जनाएको छ । त्यसैले पूर्ण कागजात र रोजगारदाताको स्वीकृतिबिना यो परिवेशको निर्णय नलिन सम्पूर्ण माल्टा एवं गोजोबासी नेपालीमा एनआरएनएले अनुरोध गरेको छ । एनआरएनएसँग पूर्ण डक कटा बेस हुँदाहुँदै पनि व्यक्तिगत गोपनीयताका कारण कसैको पनि नाम प्रकाशित नगरिएको जनाएको छ ।

यस्तै, विविधि मामला र अवैध अवस्थामा परेका नेपालीका लागि परामर्श दिने हेतुले एनआरएनएको कार्यालय प्रत्येक दिन खुला रहने जनाएको छ । पछिल्लो समय दुबईबाट माल्टा जाने क्रम बढेको र त्यहाँबाट पनि पोर्चुगल, पोल्यान्डलगायतका देशमा गैरकानुनी तरिकाले नेपाली जाने क्रम बढेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने