२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मलेसियामा किन हराउँछन् नेपाली ?

२०८०, १८ आश्विन बिहीबार ०६:५१

असोज १८, काठमाडौँ | पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयांै नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।

यस्तै, त्यहाँ क्रियाशील संस्था जनउद्धार केन्द्र मलेसियाले एक सूचना जारी गर्दै धरान उपमहानगरपालिका–६ सुनसरीका मनोज खड्का गत २१ सेप्टेम्बरदेखि घरपरिवार र आफन्तसँग सम्पर्कविहीन रहेको भन्दै खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको छ ।

केही दिनअघि सेलेंगर राज्यको पुचुङ एरियाको सडकमा रित्तो खुट्टा हिँडिरहेका र भिडियो हेर्दा उनी अलिकति मानसिक पीडामा रहेका जस्तो देखिएकाले उल्लिखित फोटो र भिडियोसँग मेल खाने व्यक्ति कहीँ कतै देखिएमा नियन्त्रणमा लिएर नेपाली दूतावास मलेसिया अथवा जनउद्धार केन्द्रलाई सम्पर्क गर्न भनिएको छ ।


यस्तै, चितवनका जयराम तामाङ पनि करिब १० वर्षअघि मलेसिया पुगेको र त्यहाँ पुगेको दुई वर्षसम्म घरपरिवारको सम्पर्कमा रहेकामा त्यसपछि कुनै पनि सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन उनको परिवारले अनुरोध गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायतका कारण नेपालीहरू जेल पर्ने गरेको र त्यस्ता नेपालीहरू परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन फोन आउने गरेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढथापाको भनाइ छ ।

‘हामी जुन मुलुकमा छौं, त्यस मुलुकको कानुनको पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार हुनुपर्ने अवस्थामा छौं,’ सचिव बुढथापाले भने ।

साथै कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसियामा नेपाली कामदार हराएका हुन् ।

परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजी कार्य हुने गरेको छ ।

विदेशी भूमिमा हराइरहेका कामदारका विषयमा पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजी कार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ रहेको छ ।

वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका यस्ता घटना धेरै छन् । अझ पछिल्लो समय युरोप, अमेरिकाको सपना देखेर लाखौं रकम खर्चेर भएका घटना र संख्या अझै डरलाग्दो छ । तर, यसको आधिकारिक तथ्यांक कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने