१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

न्युजिल्याण्ड पठाइदिने भन्दै साढे ११ लाख ठगी, २ जना पक्राउ

२१ माघ २०८०, आईतवार १२:१६

माघ २१, काठमाडौँ | न्युजिल्यान्ड पठाइदिने भन्दै साढे ११ लाख ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको सारदा नगरपालिका-१ घर भई काठमाडौंको सामाखुशी बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही ठाउँका ३३ वर्षीय टोपबहादुर सेजवाल रहेका छन्। 


वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठादिने भनेर उनीहरूले दुई जनालाई प्रतिव्यक्ति १० लाख रुपैयाँ मागेका थिए। उनीहरूसँग पटकपटक गरी साढे ११ लाख लिएर दुवै जना सम्पर्कविहीन भएका थिए। 

रकम लिएर सम्पर्कविहीन भएपछि उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो। कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ