१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

रुसी सेनामा कार्यरत २४० नेपालीले दिए उद्धारका लागि निवेदन

११ फाल्गुन २०८०, शुक्रबार ०९:०५

फागुन ११, काठमाडौँ | रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् ।

उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । विभागमा महानिर्देशक प्रकाशमणि पौडेलले उद्धारका माग गर्दै निवेदन परेको बताए । रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । व्यक्तिगत पहल तथा सरकारको पहलमा उनीहरू सकुशल नेपाल फर्किन सफल भएका हुन् ।


रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ । सरकारले भने हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि गरेको छ । तीबाहेक अन्य नेपालीको पनि मृत्यु भएको अनुमान गरिएको छ । उनीहरूको रुसमै अन्त्येष्टि गरिँदै आएको छ । शवको अन्त्येष्टि गरिए पनि अस्तु भने नेपाल पठाउन गरिएको छ ।

रुसले मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार भएको छ । यसअघि मृत्यु भएका तथा सेनामा भर्ना नगर्न गरेको आग्रहबारे रुसले कुनै प्रतिक्रिया दिएको थिइन् । अथक प्रयासपछि रुसले मृत्यु भएका नेपालीहरूको अस्तु नेपाल पठाउने र क्षतिपूर्ति समेत दिन तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युक्रेन रुसबिचको युद्धका लागि नेपालीहरू समेत रुसी सेनामा भर्ना हुँदै आएका थिए । यतिबेला भने सरकारले श्रम स्वीकृति र रुस भ्रमणमा रोक लगाएको छ । जसले गर्दा नेपालीहरू पछिल्लो एक महिनादेखि जान नपाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ