Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १२ चैत्र बिहीबार
काठमाडौँ - KTM

जनसम्पर्क समिति बेल्जियमको बरबुझारथ कार्यक्रम सम्पन्न

२०७३, ३० चैत्र बुधबार ००:५२

- बिष्णु सापकोटा | बेल्जियम | नेपाली जनसम्पर्क समिति बेल्जियमले गत सोमबारका दिन लुभेन शहरमा अवस्थित बुद्ध हाउसको सभा हलमा एक कार्यक्रमका बीच बर्बुझारथ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै निबर्तमान अध्यक्ष सुवाश जोशीले सानो आकारबाट शुरु भएको संगठन बेल्जियममा रहेका नेपाली संगठनहरु मध्ये हाल आएर दोश्रो ठुलो संगठन हुन पुगेकोमा गर्व लागेको बताउदै नवनिर्वाचित समिति लाई बधाई तथा शुभकामना थिए र  आगामी दिनहरुमा संगठनले गर्ने हरेक रचनात्मक कार्यहरुमा आफ्नो सहयोग सदैव रहने बताए । नवनिर्वाचित अध्यक्ष सीता सापकोटा ले नेपाली जनसम्पर्क समिति बेल्जियम संसारका समिति हरुको तुलनामा एउटा उदारणीय संस्थाको रुपमा परिचित गरेकोमा अग्रज हरुलाई बिशेष सम्मान सहितको धन्यवाद दिदै निबर्तमान नेतृत्व को सफल कार्य कुशलता को समेत प्रसंशा समेत गरिन । 
उनले आफ्नो कार्यकालमा संगठन को बृहत्तर हितको निमित्त कार्य गर्ने योजना रहेको बताउदै सबैको सहयोग, सल्लाह र  सुझावको अपेक्षा राखेको बताईन ।  नेजस बेल्जियमका संस्थापक अध्यक्ष ध्रुबराज पौडेल ले हिजो आफूले संगठन विस्तार गर्दाको समय र आज संगठनको बिकाशमा धेरै सफलता प्राप्त गरेको मा खुशी व्यक्त गर्दै सबै बेल्जियममा रहेका काग्रेसीजन एउटै आगनमा रहनु नै संगठन को कुशल नेतृत्व को परिचय रहेको बताउदै शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी पुर्व अध्यक्ष तथा चौथो अधिवेशन अन्तर्गत निर्वाचन अधिकृत ईन्द्र क्षेत्री पकवान ले सबै लाई मिलाएर लान सक्नु नै निबर्तमान कार्यसमिति को महान कार्य रहेको बताउदै भोलिका दिन हरुमा पनि सबैको मनोभावना लाई बुझी संगठनको हितका हातेमालो गर्दै लान सकेमा संगठन अझै मजबुत हुने कुरा बताउदै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । पुर्व अध्यक्ष तथा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम ले मन्तव्यको क्रममा सम्पूर्ण नवनिर्वाचित साथीहरुलाई बधाई दिदै जनसम्पर्क समिति स्थापना कालदेखि नै संगठन बिस्तारको क्रममा लागी परेको अवगत गराए र आगामी दिनहरुमा संस्था को बिकाश तथा सकारात्मक कार्यहरुमा हातेमालो गर्ने बताए । हाल बेलायतमा बसोवास गर्दै आउनु भएका नेजस बेल्जियमका संस्थापक सल्लाहकार शेखर कडेल ले आफ्नो अतिथिको आसन बाट बोल्दै संस्थाको प्रगतिबारे प्रसंसा गर्दै भर्खर निर्वाचित भएको नेतृत्व लाई बधाई तथा शुभकामना दिएका थिए । नेजस पुर्व सल्लाहकार तथा चौथो अधिवेशन अन्तर्गत निर्वाचन समिति का सचिव झलक के सी ले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबै अग्रज तथा निबर्तमान समिति लाई बिशेष धन्यबाद तथा नव निर्वाचित समिति लाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्वार्तामान कोषाध्यक्ष दिनेश भण्डारीले नवनिर्वाचित कोषाध्यक्ष बिराट जोशी लाई संस्थाको आर्थिक हिसाव किताव बारेको खाता हस्तान्तरण गरेका थिए भने निवर्तमान महामन्त्री चिनिया दुवाल ले सस्थाको माईनेटिङ बुक तथा सस्थाको बिभिन्न दस्तावेज नव निर्वाचित महामन्त्री दिनेश भण्डारी लाई हस्तान्तरण गरेका थिए ।
नेपाली जनसम्पर्क समिति बेल्जियम को चौथो अधिवेशन मार्फत निर्वाचित अध्यक्ष सीता सापकोटा लाई पद तथा गोपनियताको सपथ पुर्व अध्यक्ष तथा निर्वाचन संयोजक ईन्द्र क्षेत्री पकवान ले दिलाएका थिए भने नवनिर्वाचित अध्यक्ष ले अन्य पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको  सपथ समेत दिलाएकी थिईन । उक्त कार्यक्रमको निबर्तमान महामन्त्री चिनिया दुवाल ले संचालन गरेका थिए ।
बर्बुझारथ कार्यक्रम सम्पन्न पश्चात अध्यक्ष सीता सापकोटा को अध्यक्षतामा बसेको  समितिको पहिलो बैठक ले  सदस्य पदमा बलिराम झा र माधव सापकोटा लाई  समेत मनोनित गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !