विजय थापा  | चैत ३०, वाशिंगटन | गत अप्रिल ९ तारिख नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार /संस्थापक अध्यक्ष ,लेखक ,बहुआयामिक ब्यक्त्तित्व तथा वरिष्ठ पत्रकार कृष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा  | चैत ३०, वाशिंगटन | गत अप्रिल ९ तारिख नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार /संस्थापक अध्यक्ष ,लेखक ,बहुआयामिक ब्यक्त्तित्व तथा वरिष्ठ पत्रकार कृष्"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीसीमा वरिष्ठ पत्रकार तथा लेखक कृष्णप्रसाद सिग्ध्याल संग अन्तरक्रिया

२०७३, ३० चैत्र बुधबार ०१:५७

विजय थापा  | चैत ३०, वाशिंगटन | गत अप्रिल ९ तारिख नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार /संस्थापक अध्यक्ष ,लेखक ,बहुआयामिक ब्यक्त्तित्व तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद सिग्ध्याल संग डीसी क्षेत्रमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखियो |

छोटो समयको लागि अमेरिकाको डीसी महानगर क्षेत्रको भ्रमणमा रहनु भएका सिग्ध्याल संग नेपाल अमेरिका पत्रकार संघले आगामी मे ६ र ७ तारिखमा हुने साधारण सभा सम्बन्धी जानकारी दिने उदेस्यले राखिएको कार्यक्रममा सिग्ध्याल लाई निमन्त्रणा गरि बोलाईएको थियो | 

उक्त भेटघाट कार्यक्रममा नेजा को साधारण सभा बारेमा नेजाका वर्तमान उपाध्यक्ष गुणराज लुइँटेलले गतिबिधि तथा कार्यक्रम बारेमा जानकारी गराएका थिए |  उक्त भेटघाट तथा छोटो अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञासा समेत राखेका थिए | उक्त अन्तरक्रिया कार्यक्रममा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक सम्पादक योगेश उपाध्याय ,नेजाका संस्थापक अध्यक्ष गिरिस पोख्रेल, नेजाका पूर्व अध्यक्ष कृष्ण शर्मा नेजाका उपाध्यक्ष गुणराज लुइँटेल तथा अन्य संचारकर्मी सहित अतिथिहरुको उपस्थिति रहेको थियो |

अतिथि तथा लेखक कृष्णप्रसाद सिग्ध्यालले आफूले प्रकाशित गरेका पुस्तक नेपाल : छिमेक र बिश्व (२०७३ पुस्तकको बारेमा बोल्दै पहिला अंग्रेजीमा पुस्तक निकाल्छु भन्ने सोचेको बताए | तर पछि ८ कक्षा देखि का बिद्यार्थीहरुले समेत नेपाल र अन्तर राष्ट्रिय सम्बन्ध सम्बन्धी सरल संग बुझ्न सकोस भन्ने हेतुले पुस्तक ल्याएको बताए |


पत्रकार सिग्ध्यालका समकालीन पत्रकार पेशामा रहेका योगेश उपाध्यायले लामो समय पछि भेटघाट हुन् पाएकोमा हर्ष व्यक्त गर्दै पुस्तक को बारेमा आफूले अध्ययन नगरेकोले पुस्तक बारेमा बोल्नु भन्दा अमेरिकामा सिग्ध्यालका पुस्तक नेपाल : छिमेक र बिश्व (२०७३ ) उपलब्ध गराउन आग्रह गरे | 

सिग्ध्यालले ले भर्खर प्रकाशित गरेको पुस्तक नेपाल : छिमेक र बिश्व (२०७३ )को बारेमा संक्षिप्त चर्चा गरेका थिए | उनको यो समेत चौथो पुस्तक रहेको जानकारी गराए | यस अघिका उनका बर्दिया :एक चिनारी (२०५१) ,साना कुरा (२०६७ ) र एउटा पत्रकारको कानुनी दैनिकी (२०६८ ) प्रकाशित भएको बताएका थिए |

अर्थ-राजनीति-समाज-प्रविधिलाई (लोकल टु ग्लोबल "रुपमा मन्थन गरि सरल भाषामा प्रस्तुत गर्न निपुण  सिग्ध्याल व्यावहारिक अर्थशास्त्रका ज्ञाता पनि हुन् | अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक बिषयमा रिपोर्टिंग /सम्पादन/स्तम्भ लेखन /भ्रमण अनुभव हासिल गरेको बताए |

उनले वातावरण संरक्षण परिषद ,राष्ट्रिय विकास परिषद जस्ता नीतिगत संस्था एवं आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा )मा पनि आबद्ध रहेको इतिहास सुनाए | उनले नेपाल : छिमेक र बिश्व बारेमा चर्चा गर्दै पुस्तक इतिहासको यस्तो कालखण्ड मा लेखिदै छ ,जति खेर शताब्दियौ पछि युरोप र अमेरिका बाट शक्ति पुन :एसिया तर्फ फर्कदै छ भने |

चीन ,भारत ,जापान लगायत अन्य ठुलो क्षेत्रफल ओगटेको दक्षिण पूर्व एसियाका देशहरु र पूर्व सोभियत संघको भूभागका मुलुक को विकास पछि निश्चय पनि एसिया बलियो हुने भनि पुस्तकमा उल्लेख गरेको बताए | उनले चीनले आफ्नो लगानी बिश्व भर व्यापक बनाउदै गरेको समेत बताए |

पुस्तक बाहेक आफुले फिलिपिन्स कि पूर्व राष्ट्रपति कि पत्नी इमाल्दा मार्कोस ,भारतका स्व प्रधान मन्त्रि मोराइजि देशाई ,सम्राटअकिहितो तथा अन्य देशका विशिष्ट व्यक्ति तथा राष्ट्र प्रमुख संग अन्तर्वार्ता लिने अवसर पाएको बताए |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !