Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

युएईमा रहेका नेपालीबाट धुर्मुस-सुन्तली फाउण्डेशनलाई ९२ हजार सहयाेग

३१ चैत्र २०७३, बिहीबार ०८:१९

प्रज्वल पाैडेल/चैत ३१, काठमाण्डौ ।

युएईमा रहेका नेपालीहरूले एकिकृत नमुना मुसहर बस्ति निर्माणमा धुर्मस सुन्तली फाउनण्डेशनलाई ९२ हजार एक सय रकम सहयोग गरेकाे छ ।


मुसहरबस्ती हस्तान्तरण गर्नै लाग्दा युएईमा रहेका नेपालीहरुले साझा सद्भाव समूह युएई मार्फत उक्त रकम बिहिबार धुर्मुस सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरेको हो ।

विजय पाैडेल,गोबिन्द बास्तोला लगाएतकाे नेतृत्वमा युएईमा बसोबास गर्ने ९४ जना नेपालीले आफनो आम्दानिको केहि हिस्सा जम्मा गरि ३३ सय दिर्हाम अर्थात नेपाली ९२ हजार १ सय पठाएका हुन् ।

साझा सद्भाव समुह युएईमा अावद्द व्यक्ति र अन्य नेपालीले मुसहर बस्ती निर्माणमा सहयाेग गर्न रकम जुटाएर फाउनण्डेशनकाे काेषमा अाज हस्तान्तरण गरिएकाे साझा सद्भाव समूह दुबई इकाइका सह संयोजक विजय पौडेलले जानकारी दिनुभयाे ।
गरिब बस्तीका स्थानीयकाे मुहारमा खुसि ल्याउन फाउनण्डेशन मार्फत भएनि विदेशमा रहेर नेपालीलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेकाे बताउदै पाैडेलले अागामी दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
यसैबीच नेपालबाट बैदेशिक रोजगारीका लागि युएई पुग्नुभएका नेपालीहरुको समुहले संयुक्त रुपमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग प्रदान गरेकाे बताउदै युएईमा रहेको साझा सद्भाव समुह मार्फत पठाउने सहयोगी मनहरुप्रति कृतज्ञता ब्यक्त गरेकाे छ ।
फाउण्डेशनले निर्माण गरेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी समेत गराएकाे छ । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण सम्पन्न मुसहरबस्ति वैशाख १ गते स्थानीयलाई हस्तान्तरण गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध