Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १२ चैत्र बिहीबार
काठमाडौँ - KTM

युएईमा रहेका नेपालीबाट धुर्मुस-सुन्तली फाउण्डेशनलाई ९२ हजार सहयाेग

२०७३, ३१ चैत्र बिहीबार ०८:१९

प्रज्वल पाैडेल/चैत ३१, काठमाण्डौ ।

युएईमा रहेका नेपालीहरूले एकिकृत नमुना मुसहर बस्ति निर्माणमा धुर्मस सुन्तली फाउनण्डेशनलाई ९२ हजार एक सय रकम सहयोग गरेकाे छ ।


मुसहरबस्ती हस्तान्तरण गर्नै लाग्दा युएईमा रहेका नेपालीहरुले साझा सद्भाव समूह युएई मार्फत उक्त रकम बिहिबार धुर्मुस सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरेको हो ।

विजय पाैडेल,गोबिन्द बास्तोला लगाएतकाे नेतृत्वमा युएईमा बसोबास गर्ने ९४ जना नेपालीले आफनो आम्दानिको केहि हिस्सा जम्मा गरि ३३ सय दिर्हाम अर्थात नेपाली ९२ हजार १ सय पठाएका हुन् ।

साझा सद्भाव समुह युएईमा अावद्द व्यक्ति र अन्य नेपालीले मुसहर बस्ती निर्माणमा सहयाेग गर्न रकम जुटाएर फाउनण्डेशनकाे काेषमा अाज हस्तान्तरण गरिएकाे साझा सद्भाव समूह दुबई इकाइका सह संयोजक विजय पौडेलले जानकारी दिनुभयाे ।
गरिब बस्तीका स्थानीयकाे मुहारमा खुसि ल्याउन फाउनण्डेशन मार्फत भएनि विदेशमा रहेर नेपालीलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेकाे बताउदै पाैडेलले अागामी दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
यसैबीच नेपालबाट बैदेशिक रोजगारीका लागि युएई पुग्नुभएका नेपालीहरुको समुहले संयुक्त रुपमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग प्रदान गरेकाे बताउदै युएईमा रहेको साझा सद्भाव समुह मार्फत पठाउने सहयोगी मनहरुप्रति कृतज्ञता ब्यक्त गरेकाे छ ।
फाउण्डेशनले निर्माण गरेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी समेत गराएकाे छ । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण सम्पन्न मुसहरबस्ति वैशाख १ गते स्थानीयलाई हस्तान्तरण गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !