२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मिर्गौला पीडितलाई विदेशमा रहेकाहरुको सहयोग

२०७५, १७ आश्विन बुधबार ०१:५८

असोज १७, म्याग्दी | मङ्गला गाउँपालिका–५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि प्रवासमा रहेका नेपालीले रु तीन लाख ४४ हजार सहयोग गरेका छन् । 

दुवै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका १९ वर्षीय छन्त्यालको उपचारका लागि ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको ‘सुरेश बचाउ अभियान’अन्तर्गत सो रकम सङ्कलन गरिएको हो । विभिन्न देशबाट सङ्कलन गरेर पठाइएको रकम कोषका अध्यक्ष राजेश शाक्य र सुरेशका आमा सीतालाई हस्तान्तरण गरिएको अभियानका समन्वयकर्ता लालकुमार रोकाले बताउनुभयो । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) आयरल्याण्डका कोषाध्यक्ष जङ्ग अधिकारी र सदस्य बल क्षेत्रीको पहलमा रु एक लाख ५६ हजार, हाल मलेसियामा रहेका मङ्गला–४ झाँक्रेपानीका टङ्क छन्त्यालको पहलमा रु ८४ हजार तथा टर्कीमा रहेका मङ्गला–५ सिरकुमका कमल बुढाथोकीको पहलमा रु २९ हजार सहयोग जुटेको हो । सुरेशको मिर्गौला प्रत्यारोपणका लागि कोषले २०७५ भदौ ५ गतेदेखि शुरु गरेको अभियानमार्फत हालसम्म रु २० लाख सङ्कलन भएको छ । उहाँको काठमाडौँस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते