२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

सल्यानका न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप

१८ श्रावण २०७७, आईतवार ०८:३०

साउन १८, सल्यान। जिल्ला अदालतले गत आर्थिक वर्षमा ५८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव ०७६/७७ मा अदालतमा पेश भएका ३८४ विभिन्न प्रकृतिका मुद्दामध्ये २२४ मुद्दा फछ्र्योट गरिएको हो । 

अदालतले गत आवमा दर्ता भएका २९९ मध्ये १५१ मुद्दा फछ्र्योट गरेको स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आवदेखि जिम्मेवारीमा आएका ८५ मध्ये ७१ मुद्दा फछ्र्योट गरिएका छन् । 

यस्तै अदालतले मेलमिलापका लागि मेलमिलाप केन्द्रमा पठाएका ४१ ममध्ये १४ मुद्दा मेलमिलाप भइसकेको स्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । अदालतले छ महिनाका अवधिमा ७९ मुद्दा फछ्र्योट गरेको छ । लकडाउनका अवधिमा मुद्दाको खासै सुनवाइ नभए पनि तीन महिनाका अवधिमा ३० मुद्दा दर्ता भएको जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

स्थानीय तहमा रहेका न्यायिक समितिले मुद्दामा औपचारिकता बढी खोजेकाले न्यायिक समितिमा निरुपण हुने मुद्दा पनि अदालतसम्म आउने गरेको न्यायाधीश पाण्डेको भनाइ छ । समितिको कार्यसम्पादन प्रभावकारी बनाउन हरेक स्थानीय तहले कर्मचारीलाई अदालतमा खटाउन सक्ने उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान